×

NMB BANK
NIC ASIA

गाडीमै सुर्तीको धूलो र चुरोटको धूवाँ उडाउँछन् चालक सहचालक, विरोध गर्दा यात्रुलाई हप्कीदप्की !

साउन १४, २०७५

NTC
Premier Steels

काठमाडौं – आइतबार म भोटाहिटीबाट लगनखेल चल्ने माइक्रोबसमा चढेँ । पहिलो सिटमा ढोकाको छेउमै बसेको थिएँ । यात्रुहरू खचाखच थिए । मेरै छेउमा रहेको माइक्रोबसको ढोकामा सहचालक उभिएका थिए । 

Muktinath Bank

सिंहदरबारको पश्चिम गेटअगाडि ट्राफिक जाममा गाडी रोकियो । चालकले स्टार्ट बन्द गरेपछि सहचाकलले खल्तीबाट सुर्तीको प्याकेट निकाले । छेउमै रहेकाले मैले देखिहालेँ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सार्वजनिक यातायातमा सुर्ती खान पाइँदैन नि दाइ,’ मैले सहचालकलाई भनेँ ।


Advertisment
Nabil box
Kumari

‘खाने बानी छ, के गर्नु नखाइ त चित्त नै बुझ्दैन,’ उनले अटेर गर्दै सुर्ती हातमा लिएर मिच्न थाले । सुर्तीको गन्ध माइक्रोभरी छायो, यात्रुहरूले मुख बिगार्दै नाक थुने ।

Vianet communication

‘दाइ तपाईंलाई खान मन लागेपनि सार्वजनिक यातायातमा अरुलाई असर पर्ने गरी खान पाइँदैन, तपाईंले त गाडीमा खान खोज्ने यात्रुलाई समेत खान हुँदैन भन्नुपर्नेमा आफैँले खानुहुन्छ ?’ उनको जिम्मेवारी सम्झाउँदै मैले अर्को प्रश्न गरेँ ।

सुर्तीको गन्धले नाग खुम्च्याइरहेका यात्रुलाई बेवास्ता गर्दै ती सहचालकले सुर्ती मुखमा हालेर माइक्रोभित्रै थुके ।

‘दाइ यसरी भित्रै थुक्न त भएन नि !’ मेरो अगाडि रहेका एक यात्रुले झर्किए । उनको खुट्टामा सहचालको थुक परेछ । 

‘खानेबानी लागेको छ, छुट्टाउनै सकिँदैन के गर्नु ? तपाइहरू सचेत हुनुहुँदो रहेछ, अबदेखि तपाईंहरू चढ्दा चाँहि खाँदिन,’ उनले जवाफ दिए ।

माइक्रोमा रहेका यात्रुहरूले गाडीमा नखानुस् भनेर सल्लाह दिए । मेरो झर्ने समय आइसकेको थियो, म माइक्रोबाट ओर्लिएँ ।

ती सहचालक प्रतिनिधि पात्र मात्रै हुन् । सार्वजनिक यातायातमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने नियम भएपनि राजधानीमा चल्ने अधिकांश सवारीका चालक तथा सहचालकहरू सवारी साधनभित्रै सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् ।

यात्रुलाई सवारीभित्र सुर्ती सेवन गर्न हुँदैन भनेर सचेत गराउनुपर्ने चालक र सहचालकहरू आफैँ सवारीभित्रै बसेर सुर्तीचुरोट सेवन गर्ने गरेको यात्रुहरूको गुनासो छ । सधैँजस्तो सार्वजनिक यात्रा प्रयोग गर्ने यात्रुहरूले चाकल सहचालले खाने सुर्तीजन्य पदार्थको गन्ध मात्रै होइन, नखानुस् भनेर सचेत गराउँदा उल्टै गाली खान्छन् ।

सार्वजनिक यातायातमा चुरोट सुर्ती नखानु भनेर चालकलाई सम्झाउँदा उल्टै गाली खानुपर्ने गरेको लैनचौरमा बस्दै आएकी आकृति न्यौपानले बताइन् ।

‘सुर्ती नखानु भन्दा चलकले नै थर्काउँछन् । एकदिन म माइक्रोमा ड्राइभरको छेउमा रहेको सिटमा थिएँ । जाम भएको समयमा ड्राइभरले सुर्ती निकाले । मैले मलाई सुर्तीको गन्धले टाउको दुख्छ, नखानुस् भनेँ । उनले मलाई किन चढेको ट्याक्सीमा चढ्नुपर्छ नि भन्दै थर्काए,’ न्यौपानेले सुनाइन्, ‘जाम खुलेपछि ती ड्राइभरले रिसाउँदै गाडी यताउता हुने गरी हाकँे, म अगाडि हुत्तिएँ ।’

सार्वजनिक यातायातमा यात्रा गर्दा सुर्ती खाने चालक र सहचालकबाट आफू आजित भएको उनले सुनाइन् । खानु हुँदैन भनेर सचेत गराउँदा चालक सहचालकले यात्रुलाई नै दुव्र्यवहार गर्ने गरेको उनको गुनासो छ ।

धुम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक छ । यसको सेवनले आर्थिक र सामाजिक रूपमा असर पार्छ । सुर्तीजन्य पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र सेवनलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थको

नियन्त्रण र नियमन गर्ने ऐन र सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने नियमावली २०६८ जारी भयो । सोही नियम र नियमावलीबमोजिम २०७१ सालमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका लागू गरियो । 

उक्त निर्देशिकामा सार्वजनिकस्थल तथा सार्वजनिक यातायातमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने र उक्त कानूनको सबैले पालना गर्नुपर्ने उल्लेख छ । 

सार्वजनिक यातायातमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने भन्दै सचेतनाका कार्यक्रम पनि बर्सेनि हुने गरेका छन् । सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनका लागि भन्दै स्वास्थ्य मन्त्रालयले बर्सेनि करोडौं रकम खर्च गर्ने गरेको छ । तर सार्वजनिक यातायातमा चालक र सहचाकले नै यात्रुलाई असर पर्ने गरी सुर्तीजन्य पदार्थको सेवन गर्दै आएका छन् । 

जसका कारण निर्देशिका लागू भएको ४ वर्ष भइसक्दा पनि सार्वजनिक स्थान तथा यातायातहरूमा सुर्तीजन्य पदार्थको प्रयोगमा भने कुनै कमी आएको पाइँदैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x