×

NMB BANK
NIC ASIA

पेचिलो बन्दै प्रधानन्यायाधीशको सुनुवाइ : समितिका सदस्यलाई ‘बोल्न निषेध’ !

साउन १४, २०७५

NTC
Premier Steels

काठमाडौं– न्याय परिषदको सिफारिसअनुसार संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशका लागि सिफारिस गरेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाइ पेचिलो बन्दै गएको छ । 

Muktinath Bank

जेठ २९ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा समेत रहेका जोशीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

असार २५ गते (सोमवार)को संसद बैठकले संसदीय सुनुवाई विशेष समितिका १२ सदस्य तथा राष्ट्रिय सभा बैठकले ३ जना सदस्यको नाम अनुमोदन गरेपछि जोशीको सुनुवाईको बाटो खुलेको थियो । 


Advertisment
Nabil box
Kumari

२६ असारमा बसेको समितिको पहिलो वैठकमै जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तका गर्न ‘अनुमोदनका लागि’ सुनुवाइ गर्न प्रस्ताव पेश भएको थियो ।  

Vianet communication

जोशीको सुनुवाइ भने गत विहीवार (साउन १० गते) भयो । समितिमा जोशीविरुद्ध उनले जारी गरेका आदेश र शैक्षिक योग्यताको विषय उठाएर ५ वटा उजुरी दर्ता भएका थिए । 

सुनुवाइका क्रममा समितिका सदस्य (सांसद)हरुले जोशीलाई ‘सरकारी जग्गा व्यक्तिलाई दिने’ गरी आदेश जारी गरेको, एसएलसीको प्रमाणपत्र नक्कली भएको, छोराको विहे भोजमा आचारसंहिता उल्लंघन गरेको लगायत विषयमा प्रश्न सोधेका थिए । 

जवाफमा जोशीले आफूप्रति लगाएका सबै आरोप गलत भएको सबै प्रश्नको जवाफ १३ मिनेटमा दिएर भ्याएका थिए । दोस्रो दिन (शुक्रवार) बस्ने भनेर बिहीवारको बैठक स्थगित भएपनि त्यसपछि सोमवार मात्रै सुनुवाइ समितिको बैठक बस्यो । तर सोमवारको बैठकमा पनि जोशीको सुनुवाइबारे कुनै निर्णय हुन सकेन । 

समितिका सदस्यलाई बोल्न निषेध

सोमवार २ बजे बस्ने भनिएको सुनुवाइ समितिको वैठक ४६ मिनेट ढिलो गरी २ बजेर ४६ मिनेटमा मात्रै शुरु भयो । बैठक शुरु भएको भनिएको १ घण्टा २४ मिनेटपछि अपराह्न ४ बजेतिर समितिका सदस्यहरु बैठकस्थलबाट बाहिरिए । 

वैठकमा भएको छलफलबारे सञ्चारकर्मीको जिज्ञासामा समितिका  ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले १६ गते (बुधवार) दिउँसो साढे ३ बजे अर्को बैठक बस्ने निर्णय भएको जानकारी दिए । 

‘आज के छलफल भयो, बताइदिनुहोस् न ?’ कर्णसँग सञ्चारकर्मीले थप जिज्ञासा राखे । 

‘यस्तै सामान्य छलफल भयो, अर्को वैठक पर्सी बस्ने भन्ने निर्णय भयो,’ सवाल टार्ने जवाफ दिएर कर्ण बाहिरिए । 

त्यसपछि सञ्चारकर्मीले समितिका अन्य केही सदस्यसामू जवाफको आशासहित सवाल राखे । तर उनीहरुको जवाफ थियो, ‘अर्को वैठक पर्सी बस्छ, त्यसपछि थाहा हुन्छ ।’

वैठकस्थलबाट बाहिरिँदै गरेका नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले ‘बाहिर भन्न मिल्ने गरी’ वैठकमा कुनै छलफल नभएको बताए । ‘सामान्य कुराकानी भयो । तर बाहिर भनिहाल्ने खालको केही कुरा भएन,’ प्रधानले भने । 

नेपाली कांग्रेसकै अर्का सांसद ज्ञानेन्द्र कार्कीले पनि समितिमा भएको छलफलबारे केही बोल्न नमिल्ने बताए । ‘हामीले भन्ने खालको कुरा केही छैन,’ कार्कीको भनाइ थियो । 

शीर्ष नेताको तहमा सहमति भएमात्रै प्रधानन्यायाधीश जोशीको सुनुवाइबारे निर्णय हुने समितिका सदस्यहरुको आशय थियो । कतिपय सदस्यहरुले अनौपचारिक कुराकानीमा यो विषय स्वीकार पनि गरे । तर, औपचारिक रुपमा भने उनीहरु बोल्न मिल्ने कुनै कुरा नै नभएको भन्दै टार्न खोज्थे । 

‘हाम्रो तहमा बोल्न मिल्ने गरी कुनै कुरा नै भएको छैन । शीर्ष नेताको तहमा छलफल भएको भन्ने सुनिन्छ । पार्टीले केही म्यान्डेड देला, त्यसपछि मात्रै समितिमा गहन रुपमा छलफल होला,’ सुनुवाइ समितिका सदस्य समेत रहेका सत्तारुढ दल नेकपाका एक सांसदले अप्रत्यक्ष कुराकानीमा लोकान्तरकर्मीसँग भने । 
 

याे पनि पढ्नुहाेस्,

कामु प्रधानन्यायाधीश जोशी सर्वोच्चमा अनुपस्थित, पर्‍याे राजीनामाको दवाव

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x