×

NMB BANK
NIC ASIA

‘बेपत्ता भएको’ ६ वर्षपछि फेला परे गंगामायाका छोरा, आमाकै आग्रहमा प्रहरी नियन्त्रणमा !

साउन २०, २०७५

NTC
Premier Steels

काठमाडौं – आफ्ना छोराको ‘हत्यारा’लाई कारवाहीको माग गर्दै आमरण अनशनमा बस्दै आएकी गोरखा फुजेलकी गंगागामाया अधिकारीका जेठा छोरा नुरप्रसाद अधिकारी ‘बेपत्ता भएको’ लामो समयपछि काठमाडौंमा फेला परेका छन् ।

Muktinath Bank

कान्छा छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति अनशनमै रहेका बेला नुरप्रसाद भने २०७० सालमा बेपत्ता भएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ असोज २०७१ सालमा अनशनमै रहेका बेला बुबा नन्दप्रसाद अधिकारीको मृत्यु हुँदा समेत नुरप्रसाद सम्पर्कमा आएका थिएनन् । 


Advertisment
Nabil box
Kumari

लामो समयदेखि बेपत्ता रहेका छोराको खोजी गरिदिन आग्रह गर्दै गंगामायाले प्रहरीलाई अनुरोध गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

Vianet communication

६ वर्षदेखि परिवार र आफन्तसमेतको सम्पर्कमा नरहेका अधिकारी ललितपुरको सानेपामा फेला परेका हुन् । उनलाई आइतवार साँझसम्ममा आमा गंगामाया अधिकारीसँग भेट गराउने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले लोकान्तरलाई जानकारी दिए ।

बुवासँग कुरा नमिलेपछि बेपत्ता भएका थिए नुरप्रसाद

कान्छा भाइ कृष्णप्रसाद अधिकारीको ०६१ सालमा तत्कालीन विद्रोही ‘माओवादीका कार्यकर्ता’ले ‘हत्या’ गरेपछि अधिकारी परिवारले चितवन प्रहरीमा किटानी जाहेरी दर्ता गरेको थियो । तर उजुरी दिएको लामो समयसम्म पनि ‘हत्यामा संलग्न’लाई पक्राउ नगरिएको भन्दै अधिकारी दम्पत्तिले आमरण अनशन शुरु गरेको थियो । 

आमा–बुवाले अनशन थाल्दा सँगै रहेका नुरप्रसाद बीचमा भने एक्कासि सम्पर्कविहीन भएका थिए । बेपत्ता भएकै अवस्थामा केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका अधिकारीले मानवअधिकारकर्मीहरूका कारण आफ्नो र आमा–बुवाबीचको सम्बन्ध बिग्रिएको बताएका थिए । 

नन्दप्रसादको मृत्युअगाडि मानवअधिकारकर्मीकै पहलमा अनशन तोडाउने प्रयास हुँदा नुरप्रसादले विरोध समेत गरेका थिए । अनशन तोडाउने प्रयास भए आफूले समेत विद्रोह गर्ने भन्दै उनले अधिकारकर्मीमाथि नै हतियार ताकेको विषय त्यतिबेला चर्चामा आएको थियो । 

अदालतले म्यादा टाँस्दा समेत उपस्थित भएनन्

कृष्णप्रसादका ‘हत्यारा’लाई कारवाही गर्न भन्दै जाहेरी दिनेमा नुरप्रसाद पनि थिए । चितवन जिल्ला अदालतले गत फागुनमा कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाका जाहेरवाला नुरप्रसादलाई अदालत उपस्थित हुन आदेश जारी गरेको थियो । तर नुरप्रसाद त्यतिबेला अदालतमा उपस्थित भएनन् । जिल्ला अदालत चितवनले गत फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो ।

आदेशअनुसार नुरप्रसाद नभेटिएपछि अदालतले गोरखाको गण्डकी गाउँपालिका– ३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी तामेली पत्र समेत टाँसेको थियो ।

तामेली पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन मिति तोकिएको थियो । तर नुरप्रसाद तोकिएको समयमा अदालतमा उपस्थित भएनन् ।

वि.सं. २०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएपछि मुद्दा अघि बढेको थियो ।

जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । पछि सर्वोच्च अदालतले १३ जना अभियुक्तमध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारवाही किनारा गर्नू भन्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार पौडेलले गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । आफैं अदालतमा उपस्थित भएका पौडेललाई सर्वोच्चले मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरेको थियो ।

पौडेल कारागार चलान भएपछि गंगामायाले केही दिनका लागि भन्दै आमरण अनशन स्थगित गरेकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x