×

NMB BANK
NIC ASIA

३० लाख धरौटीमा म्यानपावर खोलेर करोड ठगी, सञ्चालक भागेपछि तनावमा दर्जनौं पीडित !

साउन २४, २०७५

NTC
Premier Steels

काठमाडा‌ैं –‘म्याडम, हामीलाई ठग्ने मान्छे भेटियो त ?’

Muktinath Bank

‘हामीले एकवर्ष अघि नै प्रहरीलाई पक्राउ गर्न आदेश दिइसकेका थियौं । तर प्रहरीले फेला पारेको छैन । म्यानपावर सञ्चालक अलिहेसम्म बेपत्ता छन् ।’  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘कहिले समातिन्छ त हामीलाई ठग्ने मान्छे ?’


Advertisment
Nabil box
Kumari

‘प्रहरीले पनि खोजिरहेको छ । म्यानपावरवाला सम्पर्कमा आएपछि हामी तपाईंलाई खबर गर्छौं ।’ 

Vianet communication

वैदेशिक रोजगार विभाग उजुरी तथा अनुसन्धान शाखाकी अनुसन्धान अधिकृत इन्दु घिमिरेसँग यति सबालजवाफ गरेपछि सिन्धुलीका वीरबहादुर वाइबा मलिन अनुहार लिएर बाहिर निस्किए ।

उनको यस्तो नियति ४/५ पटक दोहोरिइसकेको छ ।

.....

वीरबहादुर दुबई पठाइदिन्छु भन्दै मेरिडिएन एसोसिएट्स प्रा.लि नामको म्यानपावर कम्पनीले ५० हजार लियो । २०७४ साल वैशाखमा नै विदेश उडाइदिन्छु भनेका म्यानपावर सञ्चालक इन्द्रकुमार राईले वाइबालाई सात महिनासम्म भिषा आउँदैछ  भनेर टारे । वाइबासँगै उनका अन्य ४ जना साथीहरू सिन्धुलीका विशाल चौधरी, रामबहादुर घलान र अन्य दुई जनाले पनि ५०/५० हजार बुझाएका थिए । 

भिषा आउँदैछ भनेर टार्दै आएका मेरिडिएनका सञ्चालक इन्द्रकुमार राई उनीहरूको सम्पर्कमा नै आउन छाडे । म्यानपावर कम्पनी सम्फर्कमा नआएपछि तीनै जनाले २०७४ साल वैशाखमा वैदेशिक रोजगार विभागमा म्यानपावर सञ्चालकविरुद्ध उजुरी दिए । विभागमा उजुरी गरेको एक वर्ष बितिसक्यो । तर विभागले म्यानपावर सञ्चालक अझै सम्पर्कमा नआएको बताएर फर्काउने गरेको वाइबाले बताए ।

‘वैदेशिक रोजगार विभागमा ५ पटकभन्दा बढी आइसकेँ हामीलाई ठगी गर्नेलाई समात्यो कि भनेर । सरहरूले मान्छे सम्पर्कमा आएको छैन, केस चलाउँदै छौं मात्रै भन्नुहुन्छ,’ वाइबाले निराश हुँदै भने, ‘विदेश जाने भनेर ऋण खोजेर पैसा बुझाए, अहिले न विदेश जान पाएँ, न त म्यानपावरले पैसा नै फिर्ता गर्‍यो ।’

विभागमा हरेकपटक आउँदा उनी यस्तै निराश भएर फर्किनुपरिरहेको छ ।

वाइबालाई विदेश पठाइदिन्छु भनेर ठगी गर्ने मेरिडिएन एसोसिएट्स प्रा.लि.विरुद्ध  अन्य १६ जनाको पनि उजुरी परेको छ । सो म्यानपावरले युवाहरूलाई दुबई, थाइल्याण्ड, कम्बोडिया, अस्ट्रेलियालगायतका देशमा पठाइदिने भन्दै प्रतिव्यक्ति न्युनतम ५० हजारदेखि पाँच लाखसम्म लिएको विभागमा उजुरी छ । 

मेरिडिएनको ठगी एक करोडभन्दा माथि !

मेरिडिएन एसोसिएट्स प्रा.लि.का सञ्चालक इन्द्रकुमार राई र निशान जोशी तथा उक्त म्यानपावर कम्पनीका एजेन्ट सूर्यबहादुर घर्ती क्षेत्री, सन्तबहादुर राई र गोपाल तामाङको नाममा वैदेशिक रोजगार विभागमा १ करोड १० लाख बराबरको ठगीको मुद्दा दर्ता भएको छ ।

वैदेशिक रोजगार विभागविरुद्ध उजुरी आएपनि सञ्चालक विभागको सम्पर्कमा समेत आएका छैनन् । विभागले सञ्चालकलाई पक्राउ  गर्न भनेर प्रहरीलाई पत्र समेत पठाइसकेको छ । तर प्रहरीले एक वर्षसम्म पनि ठगी गर्नेलाई पक्राउ गर्न सकेको छैन । 

वैदशिक रोजगार ऐनमा म्यानपावर कम्पनीले ठगी गरेमा बैंक ग्यारेन्टीबाट पीडितलाई क्षतिपूर्ति दिन सकिने व्यवस्था छ । तर ३० लाख धरौटीमा सञ्चालन भएको भएको उक्त कम्पनीले एक करोडको ठगी गरेकाले पीडितलाई क्षतिपूर्ति दिन नसकिएको उजुरी तथा अनुसन्धान शाखाकी इन्दु घिमिरेले बताइन् ।

उनले भनिन्, ‘धरौटी रकमभन्दा तेब्बर छ पीडितको ठगी रकमको दाबी । पीडितहरू दैनिक आउनुहुन्छ, हामीले पीडितलाई क्षतिपूर्ति दिलाउन सकेका छैनौं ।’

इनोभेटिभ र साकुराले ठगे ५० लाखभन्दा बढी

यस्तै इनोभेटिभ सर्भिस प्रा.लि र साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिका सञ्चालकहरू पनि विदेश पठाइदिने भनरेर लाखौं ठगी गरी फरार भएका छन् ।  

वैदेशिक रोजगार विभागमा इनोभेटिभ सर्भिस प्रा.लिले अमेरिका, क्यानडा, पोर्चुगल, जापान, मलेसिया पठाइदिन्छु भन्दै ११ जनालाई ठगी गरेको छ । उक्त कम्पनीबाट ठगीमा परेका युवाहरूले ६१ लाख बराबरको ठगी भएको रकम दाबी गरेका छन् । 

साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिबाट ठगीमा परेका १७ जनाको उजुरी परेको छ । उनीहरूलाई अमेरिका, पोल्याण्ड, चीन, बहराइन, क्यानडा, कतारलगायतका देशहरूमा रोजगारीका लागि पठाउनेभन्दै ५९ लाख बराबरको ठगी गरेको उजुरी परेको छ । सो कम्पनीले एउटै व्यक्तिसँग १० देखि १७ लाखसम्म ठगी गरेको उजुरी विभागमा परेको छ ।  

वैदेशिक रोजगार विभागले ठगीमा परेको उजुरीको आधारमा म्यानपावर कम्पनी सञ्चालकलाई कार्यलयमै बोलाएर पीडितलाई राहत दिन आदेश दिन्छ । ठगी गर्ने म्यानपावर सञ्चालकले पीडितलाई राहत नदिएमा उक्त कम्पनीको काम रोक्का गरी बैंक ग्यारेन्टीबाट पीडितलाई क्षतिपूर्ति दिने व्यवस्था छ । तर इनोभेटिभ सर्भिस प्रा.लिका सञ्चालक हरिबहादुर गुरुङ र साकुरा इन्टरनेसनल इम्प्लोइमेन्ट कन्सलटेन्सी प्रा.लिका सञ्चालक महेन्द्र राना तीन महिना अघिदेखि सम्पर्कविहीन रहेको विभागका अनुसन्धान अधिकृत शिशिर लामिछानेले बताए ।

म्यानपावर कम्पनी सम्पर्कमा नआएमा बैंक ग्यारेन्टीबाट क्षतिपूर्ति दिने व्यवस्था रहेपनि बैंक ग्यारेन्टीभन्दा दोब्बर रकम ठगीमा परेपछि विभागले पीडितलाई क्षतिपूर्ति उपलब्ध  नसकेको उनले बताए ।

‘दुवै म्यानपावर कम्पनी सञ्चालक तीन महिना अघिदेखि विभागको सम्पर्कमा आएका छैनन् । त्यसैले हामीले म्यानपावर कम्पनी रोक्का गरिदिएका छौं,’ उनले लोकान्तरसँग भने, ‘म्यानपावर कम्पनीको धरौटी रकम ३० लाख मात्रै छ, तर पीडितको उजुरीमा दोब्बर रकम दाबी छ । सोही कारण हामीले पीडितलाई क्षतिपूर्ति दिन सकेका छैनौं ।’

इनोभेटिभ र साकुरा दुवै म्यानपावर कम्पनीका सञ्चालक सम्पर्कविहिन भएकाले विभागले अदातलमा मुद्दा दर्ता गर्ने तयारी गरेको उनले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x