×

NMB BANK
NIC ASIA

काठमाडौंको मुटुमा रहेको टुकुचा खोलाको सयौं रोपनी जग्गा व्यक्तिको पोल्टामा

कात्तिक २०, २०७४

NTC
Premier Steels
काठमाडौं, १८ फागुन — काठमाडौं उपत्यकाको मुटुमा रहेको इक्षुमती (टुकुचा) खोलाको सयौं रोपनी सरकारी जग्गा व्यक्तिको नाममा रहेको पाइएको छ । भूमिसम्बन्धी ऐन २०२१ तथा मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ अनुसार कुनै पनि खोला कसैले छोप्न वा मिच्न पाउँदैन ।

राजधानीको मुटुमै रहेको खोलाको जग्गा व्यक्तिको नाममा रहेको पाइएको हो । त्यो पनि कुनै एक ठाउँ विशेषमा मात्र होइन, तीन किलोमिटरभन्दा बढी ।

काठमाडौंको गैरीधाराबाट गायब भएको टुकुचा खोला खोज्दै जाँदा कमलादीमा पुगेपछि बल्ल भेटिन्छ । हुन पनि खोलालाई पुरेर बडेमानका घर ठडाइएका छन्, कम्पाउण्ड घेरिएको छ । विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएको छ ।

त्यसो त यो समस्या अहिले सृजना भएको भने होइन । पाँच दशकअघिदेखि खोला मिचिएको छ । यसरी दशकौंदेखि टुकुचा मिचिँदा पनि नियमनकारी निकाय भने मौन छन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्की खोला मिचिएको कुरा स्वीकार्छन् । तर कति स्थानमा खोला मिचिएको छ, खोलाको कति जमिन व्यक्तिले प्रयोग गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क भने महानगरपालिकास“ग छैन ।

नक्सामै गायब टुकुचा खोला

गैरीधारा, हात्तीसारदेखि कमलादीसम्म टुकुचा खोलो नक्सामै गायब छ । नापी कार्यालय काठमाडौंका प्रमुख मग्नु दत्त २०३३ सालामा नापी भएको र यस क्षेत्रमा नापीभन्दा पहिला नै भवनहरू भएकोले टुकुचा नक्सामा देखाउन नसकेको दाबी गर्छन् ।

मिचिएको खोला खोज्ने काममा सरकारी निकाय मौन छ । महानगरपालिका भने नक्सा देखाउने काम नापी विभागको बताउँछ । नापी विभाग आँखाले देखेको मात्र नक्सा बनाउने बताउँछ । एक अर्कालाई दोषारोपण गरेर
नियमनकारी सरकारी निकाय मूकदर्शक बनेका छन् ।

नियमानुसार खोलाको दायाँबायाँ चार मिटर वरपर संरचना बनाउन पाइँदैन । तर चार मिटरको मापदण्ड त धेरै परको कुरा हो । कतिपय ठाउँमा खोला पूरै नै गायब छ । नियमअनुसार पनि यदि कसैले हडपेको, छोपेको वा मिचेको भए खोला पहिलेकै अवस्थामा फर्काइनुपर्छ ।

खोला मिचिएको नियमनकारी निकाय काठमाडौं महानगरपालिका लगायत अन्य सरोकारवाला निकायहरूलाई राम्रैस“ग थाहा छ । तैपनि अहिलेसम्म सबै तैं चुप मै चुप बसेका छन् । ‘नियम मिचेर बनाइएका संरचना भत्काउने पहलकदमी लिन्छौ,’ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले भने ।

काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने टुकुचा प्रदूषणको नमूना बनेको छ । नजिकका घरले ढलदेखि फोहोरसम्म टुकुचामा फाल्ने गरेका छन् । विकसित देशका राजधानी शहरहरूमा यस्ता नदीलाई सफा र हराभरा बनाइएको हुन्छ । नेपालमा भने टुकुचा अतिक्रमणको शिकार बनेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x