×

NIC ASIA

आन्तरिक किचलोमा पार्टीहरु– नेतृत्वप्रति चरम असन्तुष्टि, गुटगत भेलादेखि अल्टिमेटमसम्म

मंसिर १२, २०७५

Prabhu Bank
NTC
Premier Steels
Marvel

काठमाडौं– प्रमुख राजनीतिक दलहरु यतिबेला आन्तरिक विवादमा रुमलिएका छन् । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीमा यतिबेला नेतृत्वसँग चरम असन्तुष्टि देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसका कारण पछिल्लो समय पार्टीभित्रको गुटबन्दी र असन्तुष्टिका स्वरहरू सार्वजनिक रुपमै छताछुल्ल भएका छन् । प्रमुख पार्टीमा समूहगत भेला, बैठक बहिस्कार, नेतृत्व परिर्वतनका लागि अल्टिमेटम दिने काम भएका छन् । 


Advertisment
Rupse Holidays
Nabil box

नेपाल कम्युनिस्ट पार्टी

Vianet communication

दुई ठूला वामपन्थी पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को एकता प्रक्रिया अझै टुंगिसकेको छैन । विभिन्न भातृ संगठनका साथसाथै तल्ला कमिटीहरुबीच एकता हुन सेकेका छैन भने केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन सकेको छैन । जसका कारण नेकपाका नेताहरुको असन्तुष्टि बेला बखतमा सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुमा आउने गरेका छन् ।

नेकपामा पार्टी बैठक नियमित नभएको भन्दै बैठक नियमित गर्न दबाब बढेको छ । पार्टी बैठक नबस्ने, सरकार–पार्टीबीच सम्बन्ध टुट्ने र सरकारदेखि पार्टीसम्म पनि नेतृत्वले स्वेच्छाचारी ढंगले निर्णय लिन थालेको भन्दै नेकपाभित्र असन्तुष्टि चुलिँदो छ ।

पार्टीको कार्यशैलीसँग असहती राख्दै मंसिर ५ मा २१ केन्द्रीय सदस्यले पार्टी र सरकार सञ्चालन व्यवस्थित गर्न माग गर्दै महासचिव विष्णु पौडेलमार्फत अध्यक्षद्वयलाई ६ बुँदे ज्ञापान बुझाए । उनीहरूले मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् र तिनै विषयमा असन्तुष्टि र ध्यानाकर्षण गराएका छन् । 

खुमलटारमा असन्तुष्टिसहित पुगेका केन्द्रीय सदस्यलाई प्रचण्डले सचिवालय बैठकमा तिनै एजेन्डामा केन्द्रित रहेर गम्भीर छलफल गर्ने आश्वासन दिएर फर्काएका छन् । 

नेताहरुलाई जिम्मेवारी दिने लगायका काममा दबाब बढेपछि सचिवालय बैठक नै प्रभावित भएको छ । केन्द्रीय सदस्यको कार्यविभाजनको एजेन्डामा अड्किएको सचिवालय बैठक पार्टी अध्यक्षले गृहकार्य गर्न नभ्याएको भन्दै दुई दिनयता लगातार स्थगित भइरहेको छ ।  

पार्टी एकता भएपनि पार्टीका प्रदेशदेखि तल्लो तह र जनवर्गीय संगठनहरूको एकता प्रक्रिया टुंगिएको छैन भने केन्द्रीय सदस्यहरु बिजनेशविहिन बनेका छन् । अर्को केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय विभाग र सल्लाहकार समिति गठन, जनवर्गीय संगठनहरूको एकता, सरकारको समीक्षा हुन पनि बाँकी छ ।

नेपाली कांग्रेस

दुई तिहाइ बहुमतसहितको नेकपा सरकारले आशातित काम गर्न नसकेको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरेको बेला प्रमुख प्रतिपक्षी दलले त्यसबाट राजनीतिक लाभ लिनुपर्ने राजनीतिक विश्लेषकहरुको मत छ । जनजीविका, सरकारका कामकारवाहीमाथि औंला उठाउनुपर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आन्तरिक किचलोमा फसेपछि प्रतिपक्षको भूमिका निकै कमजोर भएको छ । 

संसदमा सीट संख्याको हिसावमा कमजोर रहेको कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई चुस्त, जनतामाझ सक्रिय र सरकारका कमजोरी माथि ‘हमला’ गर्नुपर्नेमा गुटगत राजनीतिमा  डुव्दा कांग्रेसको आगामी दिनको यात्रा पनि त्यति सहज छैन । 

नेपाली कांग्रेसको महासमिति बैठक नजिकिदै गर्दा पार्टीभित्र तीव्र गुटबन्दी शुरु भएको छ । पार्टी विधानका प्रस्तावित नयाँ प्रावधानलाई लिएर कांग्रेसभित्र ध्रुवीकरण शुरु भएको हो । जसका कारण समूहगत भेलाका लागि नेताहरु पनि सक्रिय छन् । 

मंगलबार संस्थापनइतर पक्षको भेला नेतृ सुजाता कोइरालाको निवास मण्डीखाटारमा बस्यो भने सभापति शेरबहादुर देउवा पक्षको भेला बुधवार बसेको छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाको पक्षमा सामूहिक आवाज प्रस्तुत गर्न बुधबार आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यको भेला बोलाएका हुन् । 

पदाधिकारी संख्या बढाउने कि नबढाउने, तिनको निर्वाचन पद्धति के हुने, केन्द्रीय कार्यसमितिमा सभापतिलाई मनोनयन अधिकार कति प्रतिशत दिनेजस्ता विधानका प्रस्तावित नयाँ प्रावधानमा विवाद छ । १४ औं महाधिवेशनमा देउवाबाट नेतृत्व फुत्काउन संस्थापन इतरपक्षलाई एकजुट बनाउने रणनीतिस्वरूप पदाधिकारीको संख्या बढाउनै पर्ने पक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष छन् । तर, पदाधिकारीको संख्या नबढाउने रणनीतिमा सभापति शेरबहादुर देउवा लागेका छन् ।

कांग्रेसको संघीय संरचनासहितको विधान संशोधनको मस्यौदा आइतबारको केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइसकेको छ भने अहिले केन्द्रीय सदस्यहरुले विधान अध्ययन गरिरहेका छन् । विधानबारे बिहीबारको बैठकबाट छलफल शुरु हुँदै छ । विधानकै विषयलाई लिएर कांग्रेसका देशभरका जिल्ला सभापतिहरूको भेला बुधबार नुवाकोटको ककनीमा शुरु भएको छ । कोषाध्यक्षहरूको भेला शुक्रबारबाट धादिङमा हुँदै छ । दुवै भेलालाई समेत केन्द्रीय नेताहरूले आ–आफ्नो अनुकूल बनाउने कसरत थालेका छन् ।

राजपा नेपाल

तराई केन्द्रीत विभिन्न ६ दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको अवस्था पनि नेकपा÷कांग्रेसको भन्दा फरक छैन । तराई मधेस केन्द्रित अर्को दल संघीय समाजवादी फोरम सरकारमा रहेको बेला राजपामा विवाद देखिएको हो । 

अध्यक्ष मण्डल बनाएर सामूहिक नेतृत्वमा गएको राजपामा अध्यक्ष मण्डलका संयोजक फेरिएपछि समस्या उत्पन्न भएको छ ।  यसअघिका  अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतो संयोजक बनेपछि पार्टीमा दुई धार देखिएको छ । 

अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर पक्षले संयोजक परिवर्तन गर्ने निर्णय पुनर्विचार गर्न एक साताको अल्टिमेटम दिएको छ । ठाकुर पक्षले सर्वसम्मत् रुपमा संयोजक परिर्वतन गर्नुपर्ने अडानमा छ भने महतो पक्ष बहुमतका आधारमा परिर्वतन गर्न मिल्ने बताउँदै आएको छ । नेताहरुले विधानका बारेमा पनि आफू अनूकुल व्याख्या गरेका छन् । महतो अध्यक्ष मण्डलको संयोजक चयन भएपछि शुरु भएको विवादले सोमबार बोलाइएको बैठक बस्न सकेन । 

राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रीक)सँग एकताको तयारी गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि आन्तरिक विवाद चुलिएको छ । पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सन्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा समेत माग गरिएको छ । उपाध्यक्ष, महामन्त्री, केन्द्रीय सदस्यलगायत १८ नेताले थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन् । 

असन्तुष्ट पक्षले पशुपतिशमशेर जबरा नेतृत्वको राप्रपा प्रजातान्त्रिक राजसंस्था वा गणतन्त्रबारे प्रस्ट नभइकन एकताको प्रक्रिया शुरु गरेको भन्दै केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरे । पार्टीमा असन्तुष्टि बढेपछि दुई पार्टीबीचको एकता प्रक्रिया नै असफल भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

बाबुरामका एक्ला बृहस्पति ‘फणीन्द्र’– २१ वर्षअघिको त्यो क्षण र गण्डकीको ‘फ्लोर क्रस’

जेठ २९, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस'...

x