×

NMB BANK
NIC ASIA

'पेट्टा' फिल्म समीक्षा : रजनीकान्तका प्रशंसकको जित्छ मन

पुस २७, २०७५

NTC
Premier Steels

काठमाडौं — पेट्टा फिल्मको अडियो सार्वजनिक हुने समयमा निर्देशक कार्तिक सुब्बाराजले रजनीकान्तका प्रशंसकको प्रेमका साथ बनेको फिल्म भनेका थिए र त्यो पूरै सत्य हो । पेट्टाले सुपरस्टार रजनीकान्तलाई पूजा नै गरेको छ । 
निर्देशकले हामीलाई सन् १९९० को दशकमा लग्छन् र त्यतिखेरका रजनीकान्तलाई हिजोआज खुबै मिस गरिएको थियो । धेरैजसो दृश्यहरू, हाउभाउहरू, संवादहरू र गीतहरूले हामीलाई उनका ब्लकबस्टर फिल्महरूको सम्झना दिलाउँछन् । 

Muktinath Bank

फिल्मका पात्रका नाम पनि रजनीकान्तका अघिल्ला फिल्महरूबाट प्रेरित छन् । रजनीकान्तको नाम काली राखिएको छ र उनी पेट्टाका एक छात्रावास सञ्चालक हुन् । रजनीलाई जे महेन्द्रनको फिल्म मुल्लुम मालारुममा काली नामक पात्र दिइएको थियो र त्यो फिल्म रजनीको करीयरको कोशेढुंगा मानिएको थियो । वास्तवमा त्यो फिल्मलाई क्रान्तिकारी नै भनिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पेट्टा फिल्मले विगतका धेरै सम्झनाहरू दिलाउँछ । धेरै वर्षपछि तपाईंले वाई जी महेन्द्रलाई देख्न पाउनुहुन्छ । उनी पहिलेपहिले रजनीकान्तको फिल्महरूमा बाक्लै भेटिन्थे । तर यो फिल्ममा महेन्द्र र रजनीको सँगै दृश्य छैनन् । 


Advertisment
Nabil box
Kumari

फिल्ममा हामी कालीको परिचय पाउँछौं । उनी कलेजको राजनीति र –यागिङलाई डील गर्छन् । फिल्मको पहिलो हाफ मज्जाको छ (तर शुरूआतमा हामीलाई फिल्ममा भिज्न समय लाग्छ) । खुशीले चुर रजनीकान्त फिल्मा नाच्छन्, हाँस्छन्, मुस्कुराउँछन् र के के मात्र गर्दैनन् ? कार्तिक सुब्बाराजले प्रत्येक शटलाई रजनीकान्तको उग्र प्रशंसकका रूपमा खिचाएका छन् । 

Vianet communication

रजनीकान्तले फिल्ममा यस्तो जादू देखाएका छन् जसलाई व्याख्या गर्न गाह्रो छ । कालो चश्मा घुमाउने, चुरोट उडाउने जस्ता रजनीकान्तका प्रत्येक स्टाइललाई फिल्ममा राखिएको छ । तर तपाईंले रजनीकान्तबाट यस्तो संवादको अपेक्षा पक्कै गर्नुभएको थिएन होला, ‘चुरोट पिउनु स्वास्थ्यका लागि राम्रो हैन र म आफ्नो अनुभवबाट यो कुरा भन्दैछु ।

महत्त्वपूर्ण कुरा के हो भने निर्देशकले सुपरस्टार रजनीकान्तको हैसियतलाई न्याय गर्ने पटकथा तयार पारेका छन् (जुन कुरा कबाली र कालामा थिएन) । अनि रजनीकान्तका इमान्दार प्रशंसकहरूको भावनालाई पनि उनले कदर गरेका छन् । तीव्र गतिका एक्सन दृश्य र छोटाछोटा अनि रमाइला कमेडी दृश्यहरूमा रजनीकान्त चम्किएका छन् । उनले अघिल्लो पुस्ताका दर्शकलाई स्वच्छ हास्यमार्फत दिएको मनोरञ्जनलाई यस फिल्ममा कायम राखिएको छ । 

पेट्टामा थुप्रै एक्सन र रमाइला दृश्यहरू छन् अनि रजनीका उग्र प्रशंसकहरूले खोज्ने पनि त्यही नै हो । फिल्मको कथा एक होस्टल वार्डेनको वरिपरि घुमेको छ जसको विगत अविस्मरणीय छ । उनको परिवारको हत्या गर्नेहरूमाथि

उनले लिएको बदलामा कथा केन्द्रित छ । रजनीकान्त निःसन्देह रूपमा आफ्नो स्टाइलमा फर्केका छन् । उनले मात्रै होस्टल वार्डेनको यस्तो चरित्र निर्वाह गर्न सक्थे । 

दोस्रो हाफमा कालीको जीवनको फ्ल्याशब्याक देखाइन्छ । सिंगार सिंह (नवाजुद्दीन सिद्दीकी) र जितु (विजय सेतुपति) का बारेमा यहाँ थाहा पाइन्छ । उनीहरू कसरी एकअर्कासँग जोडिएका हुन् भन्ने यहाँ थाहा लाग्छ । 

रजनीकान्तको फिल्ममा उनी नै हावी हुने भए तैपनि सेतुपतिले आफ्नो अभिनयमार्फत दर्शकको ध्यान खिच्न सफल भएका छन् । 

नवाजुद्दीनलाई अझै बढी भूमिका दिइनुपर्थ्यो जस्तो चाहिँ लाग्छ । अभिनेत्रीहरूलाई चाहिँ फिल्ममा खासै भूमिका दिइएको छैन । 

रजनीकान्त अहिले राजनीतिमा पनि आएका छन् र यस फिल्मका केही संवादले राजनीति झल्काएको पाइन्छ । संवाद र गीतका शब्दहरूमा राजनीतिको गन्ध भेटिन्छ । 

फिल्म : पेट्टा

कलाकार : रजनीकान्त, विजय सेतुपति, नवाजुद्दीन सिद्दीकी, शशीकुमार, सिमरन आदि

निर्देशक : कार्तिक सुब्बाराज

विधा : एक्सन

रेटिङ : ३/५


दी इन्डियन एक्सप्रेसमा प्रकाशित एस शुभकीर्तनको समीक्षाको भावानुवाद

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x