कात्तिक २४, २०८०
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
नेपाली राजनीतिमा कहिलेकाहीँ पात्र र प्रवृत्तिहरू भयंकर बलिया भएर दृश्यपटलमा आइपुग्छन् । ती पात्रलाई राजनीतिक दलहरूले मलजल गरेर आफ्नो दलगत स्वार्थ पूरा गर्ने गरेका छन् । विधिको शासन ती पात्रहरूमा कहिले पनि लागू हुँदैन । उनीहरूका मस्तिष्कमा आउने वा केही थान अमुक व्यक्तिले विश्वस्त तुल्याइदिएपछि युद्धको मैदानमा राइफल पड्केजस्तो गरी चर्को आवाजमा आफ्नो महानता स्वयंले प्रमाण पेश गर्दछन् । यिनै पात्रले अहिले साधारण नागरिकलाई पनि भ्रमित गरिरहेछन् ।
लोकतन्त्रमा व्यक्तिको भूमिका हुँदै हुँदैन भन्ने आशय होइन । तर व्यक्तिहरूको सामूहिक निर्णयले लोकतन्त्र अझ धेरै सशक्त हुन्छ । लोकतन्त्रमा सामाजिक अभियन्ताहरूको महत्त्वपूर्ण भूमिका हुन्छ । कहिलेकाहीँ लोकतन्त्रको सहजीकरण सामाजिक अभियन्ताले गरेका प्रशस्त उदाहरण पनि छन् । पछिल्लो समयमा हाम्रो मुलुकमा सामाजिक अभियन्ताको खोल ओढ्दै आफ्नो दलगत चाहना पूरा गर्ने व्यक्तिहरूको संख्या बढ्दैछ । यसकारण सामाजिक अभियन्ता, नागरिक अगुवा र मानवअधिकारवादीहरूसँग जनताले विश्वास भन्दा शंकाको नजरबाट हेरिरहेका छन् ।
गणतन्त्र मुलुकमा आएपश्चात् शीर्ष तहमा रहेका ठूला, शक्तिशाली अनि धेरै आशा गरिएका नेतृत्वलाई समेत केही पात्रले सामान्यीकरण गर्ने प्रयास गरे । विगतमा ती पात्र यसरी प्रयोग भए, उसैले सरकार बनाउने र ढलाउने जिम्मा लिएर अमुक ठाउँबाट आएको जादूगर दूतको भूमिकामा उभ्याइयो । भूमिकामा उभ्याउने काम राजनीतिक रंगमञ्चमा कांग्रेसले गर्यो । केही व्यक्तिले अनावश्यक स्पेस पाए । त्यसकारण सरकारका नियमित प्रक्रियामा बाधा व्यवधान मात्र आएनन्, केही समय मुलुक नै अस्तव्यस्त बन्यो ।
नेपालको संविधानमा सरकारको गठन संसदीय मोडलअन्तर्गत कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था छ । लोकतन्त्र यसैलाई अर्थ्याइएको छ । लोकतान्त्रिक व्यवस्थालाई केही व्यक्तिले कांग्रेसका कारण धक्का दिने प्रयास गरेका छन् । ती पात्रको प्रयोगले कांग्रेस नेताहरूको दलगत मोहले गर्दा लोकतन्त्रको मूलभूत आशयबाट चिप्लिएका छन् ।
कांग्रेसले पूर्वप्रधानसेनापति रूकमाङ्गद कटुवाल र डा. गोविन्द केसी जस्ता पात्रको प्रयोग सामूहिकतामा आधारित लोकतन्त्रमा आफ्ना सिद्धान्तभन्दा माथि उठेर गर्नु दुर्भाग्य हो । विशाल संख्यामा रहेका कार्यकर्ताले नभई पहिले कटुवाल र अहिले डा. केसीले कांग्रेसको वैतरणी तार्ने जिम्मा पाएका हुन् र !
संसदीय व्यवस्था बहुमतको आधारमा चल्ने हुँदा २०६५ सालमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बहुमतको सरकारले आफ्नो मातहतका कर्मचारी तत्कालीन प्रधानसेनापति रूकमाङ्गद कटुवाल बर्खास्त गर्यो । बर्खास्तपश्चात् प्रधानसेनापति कटुवाल कांग्रेसको ढोका ढकढकाउन पुगे । कांग्रेसले तत्कालीन माओवादीलाई कमजोर बनाउन आफ्ना बफादार कार्यकर्ता तथा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवलाई प्रयोग गरे । सरकारले गरेको निर्णयविपरीत उभिएर डा. यादवले नागरिक सर्वोच्चतामा कालोपट्टी लगाईदिए । डा. यादवका कदमबारे इतिहासमा अझै धेरै बहस र छलफल हुनसक्छन् ।
यादवले सरकारको निर्णय उल्टाए । देश पुनः ठूलो द्वन्द्वमा फस्नसक्ने सम्भावनाका दृश्य देखेपछि प्रचण्डले राजीनामा दिए । यस घटनापश्चात् तत्कालीन राष्ट्रपति डा. यादवको कार्यकाल अवधिभरि सधैं प्रचण्डले विश्वासभन्दा संख्याको नजर नै रह्यो । त्यसपछि कटुवाललाई लागेको थियो होला, अबको हिरो म नै हुँ । तर उनी एउटा मशिनको नटबोल्ट अर्थात् औजार मात्र थिए । केही समयको अन्तरालमा पुष्टि भयो – कटुवाल क्यारमबोर्डको गोटी थिए । स्ट्राइकर अरू नै थिए । परिणामतः अहिले कटुवाल गुमनाम छन् ।
त्यस्तै अहिले केही वर्षयता कांग्रेसले डा. गोविन्द केसीलाई मोहरा बनाइरहेको देख्न सकिन्छ । संसदमा कांग्रेसको प्रभाव अपेक्षाकृत नभएपछि डा. केसीमार्फत आफ्ना माग पेश गरिरहेको छ । यसैकारण हुनुपर्छ, डा. केसीका आजकलका अभिव्यक्ति कांग्रेस नेताले बोल्ने जस्तै छन् । कांग्रेस नेताहरूले डा. केसीलाई केही उच्च ओहोदाको पदको अफर गरेका पनि हुन सक्छन् । डा. केसी कम्युनिस्ट सरकारविरुद्ध आन्दोलन गर्ने हुंकार गरिरहेछन् ।
डा. केसीको अनशन प्रधानमन्त्री केपी ओली सरकारले अपनाएका नीतिविपरीत छन् । वर्तमान समयमा डा. केसीका पछिल्ला अभिव्यक्ति र शैलीले उनी नागरिक अगुवाका रूपमा भन्दा पनि कांग्रेसका पक्षमा अनशन उन्मुख गरिरहेछन् । यतिबेला डा. केसीभित्र हिरोइजमको भूत सवार छ । तर कांग्रेसको उपयोगबारे विगत डा. केसीले बिर्सिएका छन् । कालान्तरमा औचित्य सकिएपछि परजीवी जुकाले मृत शरीर छोडे झैं कांग्रेसले पनि कटुवाल जस्तै डा. केसीलाई गुमनाम बनाएर छोडिदिनेछ ।
कांग्रेसले आफैंमा सक्षमतापूर्वक आफ्ना विचारको प्रतिनिधित्व गर्न नसक्दा नै अहिले समस्या उत्पन्न भएको छ । वैचारिक ह्रासका कारण कांग्रेसभित्र अन्तर्द्वन्द्व विद्यमान छ । पुरानो दल कांग्रेसले आफ्नो मार्गचित्र अझै प्रस्ट्याउन सकिरहेको छैन । कटुवाल र डा. केसीलाई लोकतन्त्रका खम्बाका रूपमा प्रस्तुत गर्नु तत्काललाई लाभ भए पनि प्रकारान्तरमा कांग्रेसको विचारमा ह्रास आइरहेको छ ।
कांग्रेस नेतृत्व सरकारमा सहभागी नहुँदैमा देशका आवश्यक एजेन्डाहरूमा विमति राख्दा नोक्सान आफैंलाई हुने हो । कांग्रेस नेतृत्वलाई चित्त बुझेको छैन भने आगामी दिनहरूमा केही अमुक पात्रलाई हिरो बनाएर उचाल्नु भन्दा सीधा वक्तव्य निकाले पुग्छ । कटुवाललाई उक्साउनु, डा. गोविन्द केसी अनशन बस्नु अनि अन्त्यमा जुस पिलाउन कांग्रेस नेताहरू आफैं पुग्नुले कांग्रेसले जप्ने लोकतन्त्रको मन्त्रको अर्थ छर्लङ्ग बुझ्न सकिन्छ ।
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...