×

NMB BANK
NIC ASIA

राजु परियार : दोहोरी गाएर नाम र दाम कमाए, रक्सीले सक्किए

कात्तिक २०, २०७४

NTC
Premier Steels
Marvel
काठमाडौँ -नेपाली लोक संगीतको क्षेत्रमा कुनै बेला चर्चाको चुचुरोमा पुगेका लोकगायक राजु परियार पछिल्ला केही वर्ष एकाएक हराए । केही पारिवारिक कारण र लोकसंगीतप्रतिको वितृष्णाले हराएको बताउने परियारको अहिले पुनरागमन भएको छ ।Raju 1 copy
आफ्नो स्वर आफैंलाई त्यति राम्रो नलागेको बताउने परियारको स्वर मन पराउने लोक पारखी भने लाखौं छन् । कुनै बेला यस्तो थियो राजु परियारले स्वर दिएपछि त्यो दोहोरी गीत चलिहाल्थ्यो । लोकदोहोरी गीतका पर्याय जस्तै बनेका राजु परियारको भित्री कथा भने फरक छ ।
बाल्यकालको आधा समय रोधीमा बितेको बताउने परियार सानो छँदा कार्यक्रममा भाग लिन्थे । त्यस्ता कार्यक्रममा सहभागी भएर प्रायः पुरस्कार पनि जित्थे । भन्छन्, ‘हामीलाई संस्कृतिले पनि गीत गाउन सिकाएको थियो ।’
उनी यस क्षेत्रमा बिना कुनै योजना प्रवेश गरेको बताउँछन् । लोकगीत भनेपछि हुरुक्क त हुन्थे तर यसरी चर्चित हुन्छु भन्ने उनलाई लागेको थिएन । ‘त्यतिबेला काठमाडौंको सुन्धारामा रहेको ‘पुकार दोहोरी साँझ’बाट आफ्नो औपचारिक गायनयात्रा शुरूआत गरेका परियारले गाएका गीत जसले सुन्थे, ती सबैले रुचाइदिन्थे,’ उनी भन्छन् ।
शुरूशुरूमा उनलाई केही व्यक्तिहरूले गाउन नसक्ने भन्दै हतोत्साही गर्न खोजेको उनी सम्झन्छन् । उनी भन्छन्, ‘तर उहाँहरूले हतोत्साही नगरेको भए यो क्षेत्रमा नलाग्न पनि सक्थें ।’Raju 2 copy
प्रशंसकले उनलाई अति रक्सी पिउने लोक गायकका रूपमा हेरेपनि आफू त्यस्तो स्वभावको नभएको र अहिले धेरै सुध्रिएको बताउँछन् ।
‘म त्यस्तै समाजमा हुर्केको मान्छे हुँ,’ उनी स्पष्टीकरण दिन्छन्, ‘हामीलाई न्वारन गर्ने बेलामै रक्सी चखाउने चलन छ । यस हिसाबले मैले थाहा नपाउने बेलादेखि नै रक्सी पिउन थालें । पिउँछु, तर अचेल अचेत हुने गरी पिउँदिन ।’
उनी थप्छन्, ‘बरू बीचमा केही समय म तनावमा थिएँ । त्यो समयमा अलि बढी नै पिएँ होला ।’
तपाईंलाई रक्सीले सक्यो भन्छन् नि भन्ने प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘यो सबै रक्सी खानेले भनेका हुन्, भन्नेले त मैले रक्सी नखाइकन गीत गाउन सक्दिनँ पनि भन्छन् ।’
कमाएको पैसाको सदुपयोग भएको भए उनलाई यतिबेला काठमाडौंमा घर र गाडी जोड्न समस्या पर्ने थिएन ।
के तनाव थियो ? उनी भन्छन्, ‘मेरो पारिवारिक जीवनमा केही समस्या आयो । श्रीमतीसँग विविध कारणले राम्रो सम्बन्ध रहन सकेन ।’
उनी विस्तृतमा कारण खोल्न चाहन्नन् । भन्छन्, ‘सबैले भाग्यमा लेखेको भोग्ने रहेछ । मेरो भाग्यमा शायद यस्तै लेखेको थियो ।’
उनलाई तनाव हुनुको अर्को कारण नेपाली लोकक्षेत्रमा राम्रा गीत सृजना हुन छोड्नु पनि हो । भन्छन्, ‘पहिले मेहेनत गरेर गीत बजारमा ल्याइन्थ्यो । अहिले जस्ता गीत पनि बजारमा आउन थाले ।’
लोकगीत संगीत क्षेत्रका अन्य कलाकार राजु परियारले ईश्वरबाट स्वरको वरदान पाएपनि उनले त्यसको सदुपयोग गर्न नसकेको बताउँछन् ।
कुनै बेला दिनमै पाँचवटासम्म गीतमा स्वर दिएका परियारको निजी जीवन भने भद्रगोल रहेको उनलाई नजिकबाट चिनेकाहरू बताउँछन् ।
यतिसम्म अस्तव्यस्त कि दिनमै दशौं हजार कमाउने उनको कोठामा धेरै वर्षसम्म खाना पकाउने ग्यास चुल्हो पनि थिएन, स्टोभमै खाना पकाउँथे । तर उनले यी कुरा खुलेर स्वीकार गर्न चाहेनन् ।
उनको प्रेमको किस्सा पनि गजबको छ । उनी आफ्नो पहिलो प्रेम युवावस्थामा भएको कुरा सम्झन्छन् । ‘लगभग चार वर्षजति एक युवतीसँग प्रेम भयो । त्यसबेलामा मेरो कमाइ थिएन । हामीले जूनतारा साक्षी राखेर सँगै जिउने मर्ने कसम खाएका थियौं ।’
उनी हाँस्दै भन्छन्, ‘तर लाहुरे माग्न आएपछि उनले बिहे गरिन् । पछि जूनतारा साक्षी राखेर नै हाम्रो बिछोड भयो ।’
के जिन्दगीमा प्रेम एकपटक मात्र हुन्छ ? उनलाई प्रेम पटक—पटक हुन्छ भन्ने लाग्छ । केही समयपछि उनी फेरि प्रेममा परे ।
उनीसँग भागी विवाह गरे । त्यो बिहे भने सफल हुन सकेन । त्यसपछि उनले अर्को बिहे गरे । उनी भन्छन्, ‘पहिले म सुकेको डाली भइसकेको थिएँ । अहिले म हरियो डाली भएको छु ।’
उनी अहिले जिन्दगीको लयमा फर्किसकेका छन् ।
उनलाई अहिले पनि नेपाली संगीतको स्थिति राम्रो छ भन्ने लाग्छ । नवगायकलाई इच्छाशक्ति भयो भने सदाबहार गायक हुन गाह्रो छैन । आज आएर भोलि जाने कलाकारलाई भने यो क्षेत्रमा नआउनका लागि उनी आग्रह गर्छन् ।
परियार लोकगायक नभएको भए कुनै न कुनै तरिकाले राष्ट्रसेवक बन्थें भन्छन् । उनलाई गीतियात्रा शुरू गरेपछि पछाडि फर्केर भने हेर्नुपरेन । जिन्दगीको अन्तिम समयसम्म गीत संगीतमा लागिरहने उनको योजना छ ।
‘भोलि म काम नपाएर भोकै बस्नुपर्छ भन्ने लाग्दैन । कलाकारको रिटायर जिन्दगी पनि हुँदैन । अन्तिम समयसम्म म यही क्षेत्रमा लागिरहनेछु ।’
उनी थप्छन्, ‘लोकसंगीत साहित्यको एउटा भाग हो । मैले केही कविता, कथा, मुक्तक पनि लेखेको छु । पाँच महिनादेखि मैले आफ्नो जिन्दगीका भोगाइलाई समेटेर आत्मकथा लेख्दैछु ।’
मान्छे मान्छे नै हुन्
मान्छेले मान्छेलाई किन छुँदैनन् ?
ए हजुर, भानुभक्तको
बिर्खे टोपी धेरैले लगाउँछन्
तर बिर्खे टोपी लाउँदैमा
कोही भानुभक्त हुँदैनन्
उनले यो सृजनाको पूरा अंश आफ्नो आत्मकथामा समेटिने बताउँछन् तर उनी आफैंलाई आत्मकथा प्रकाशन कहिले हुन्छ भन्नै थाहा छैन । उनी सुनाउँछन्, ‘लेख्दैछु । अग्रजले राम्रो छ भनेको दिन प्रकाशन गर्छु ।’
उनी कार्यक्रमका दौरानमा देश तथा विदेशका थुप्रै ठाउँ घुमिसकेका छन् । उनलाई आफैंले कति गीत गाएँ भन्ने थाहा छैन । ‘कतिपय गीत त बजारमा आएपछि मात्र मैले गाएको गीतको बोल यो रहेछ भन्ने थाहा हुन्छ,’ उनी सुनाउँछन् ।
कुनै जमानामा उनले दिनमा आधा दर्जनभन्दा धेरै गीत पनि रेकर्ड गर्थे तर आजभोलि भने आफूलाई मन पर्ने गीत पाए मात्र स्वर दिने उनी बताउँछन् । भन्छन्, ‘मलाई समाजका मुद्दा बोकेका गीतहरू गाउन मन लाग्छ । जातीय र चेतनामूलक गीत मेरो रोजाइमा पर्छन् ।’
आजभोलि पनि आफूलाई दिनको एउटाजसो गीतमा स्वर दिनका लागि प्रस्ताव आइरहने उनी बताउँछन् ।
‘रुमाल धोको छु’, तथा ‘सुनपानीले छर्क मायालु’ लगायतका छुवाछुतविरुद्धका गीत परियारका चर्चित गीत हुन् । यस्ता गीतहरू समाजका लागि आवश्यक छ भन्ने उनलाई लाग्छ । उनी भन्छन्, ‘जातीय छुवाछुत मान्छेले बनाएको कुरा हो । सभ्य मान्छेले जातको कुरा गर्दैन । हाम्रो समाज बिस्तारै सभ्य बन्दै गएको छ । यो जात भन्ने कुरा नेपाली शब्दकोशमा कसले राख्यो मलाई थाहा छैन ।’
परियारलाई लोक संगीतमा पनि स्थान विशेष गीतहरूले चर्चा नपाएको महसुस हुन्छ । देउडा, हुर्क्यौली, ठाडो भाका, लमजुङे गीतहरू, पूर्वतिरका लोकभाका ओझेलमा परेको उनको धारणा छ ।
स्रष्टाले आफ्नो संस्कृतिका गीतलाई जगेर्ना गर्न जरूरी छ भन्ने उनलाई लाग्छ । उनले नेपाली लगायत हिन्दी र मैथिली गीतमा समेत आफ्नो स्वर दिएका छन् ।
यो क्षेत्रमा अझ धेरै काम गर्न बाँकी छ भन्ने परियारलाई लाग्छ । उनलाई ठाउँ अनुसारका फरक भाका गाउन पाए हुन्थ्यो भन्ने लाग्छ । भन्छन्, ‘म एकैछिनमा गीतको भाव बुझेर गाउन सक्छु । जस्ता खाले गीत गाउन पनि मलाई सजिलो हुन्छ ।’
त्यसो त यस्ता ओझेलमा परेका गीतलाई स्थान नदिँदैमा गीत नै लोप भएर जान्छन् भन्ने पनि उनलाई लाग्दैन । ‘लोकगीत मर्दै मर्दैन । हामी अग्रजहरूले सिकाएको बाटोमा हिँडेका छौं । भोलिका पुस्ताले अग्रजबाट लोकभाका गाउन सिक्छन्,’ उनी भन्छन् ।
अन्त्यमा,
राजु परियारलाई खोज्दै दिनभर...
सयौं लोकदोहोरी गीतमा स्वर दिएका गायक राजु परियारलाई भेटन कैयौं दिन कुर्नुप—यो । बल्लतल्ल एक दिन भेट्ने मौका जु—यो । फोनवार्तामा भएको कुराकानी अनुसार गायक परियारलाई भेट्नका लागि उनी बस्ने ठाउँमा म गएँ । तोकिएको समयमा त्यहाँ पुग्दा उनी थिएनन् ।
मोबाइल स्विच अफ गरिएको थियो । म उनलाई खोज्दै उनको एरियामा जाँदै थिएँ । चोकमा बसेका एक व्यक्तिले उनको सम्भावित भाडामा बस्ने घर बताइदिए । म उनको घर पछ्याउँदै थिएँ । उनीसँग एउटा चोकको भट्टीमा भेट भयो ।Raju 3 copy
हामीले एक घण्टाभन्दा लामो कुराकानीपछि धेरै कुराहरू उनले साटे । होटलकी दिदीका अनुसार उनी पहिले अलि बढी नै रक्सी पिउँथे । अहिले भने उनी सुधारको बाटोमा छन् ।
अन्तर्वार्ताकै अर्की एकजना महिला आइन् । उनी गायक परियारको सानैदेखिको फ्यान रहिछन् । राजु परियारका अगाडि उनले भनिन् – ‘मैले तपार्इंलाई म १३ वर्षकी हुँदा आमालाई टिभीमा देखाउँदै मलाई यही केटासँग बिहे गर्दिनुस् भन्थें । अहिले मेरो १३ वर्षको छोरो भएपछि तपार्इंसँग भेट भयो ।’
कुराकानीका क्रममा आफूले रक्सी खान छाडेको बताएपनि अन्तिममा एक गिलास लगाइहाले । कुनैबेला सिनेमा खेल्ने बताएका परियारले यसपटक भने आत्मकथा लेख्न लागेको बताए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x