×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा म्यासेज आतंक : 'नेताज्यू फाष्ट ट्रयाक कहिले बन्छ ?'

चैत १५, २०७५

NTC
Premier Steels

धनगढी- गत बुधबारयता सुदूरपश्चिम प्रदेशका मन्त्री, सांसद एंव जनप्रतिनिधिलाई एउटा म्यासेजले हैरान बनाएको छ ।

Muktinath Bank

दिनमा सयौं मोबाइल प्रयोगकर्ताले एउटै म्यासेज पठाउन थालेपछि उनीहरु हैरान बनेका हुन् । त्यो म्यासेजमा न त कुनै अश्लीलता छ, न त कुनै गालीगलौज र माया प्रिती । बस् 'विकासको काम छिटो गर' भनिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभा सदस्य एंव नेकपाका नेता भीम रावल र लेखराज भट्ट लगायत नेताहरूलाई सम्प्रेषण गरिएको म्यासेजमा उल्लेख छ – ‘धनगढी–दिपायल सडकखण्ड कहिले कालोपत्रे बन्छ ? के यो सडकखण्ड कालोपत्रे गर्नेलगायत एजेण्डाहरु तपाईका चुनावी नारा मात्रै हुन् ?’


Advertisment
Nabil box
Kumari

रुख कटानको अनुमति नपाउँदा झण्डै एक वर्षदेखि अलपत्र अवस्थामा रहेको धनगढी–दिपायल फाष्ट ट्रयाकको काम अगाडि बढाउन माग गर्दै स्थानीयबासीले दवावमूलक आन्दोलन शुरु गरेका छन् ।

Vianet communication

धनगढी र दिपायल जोड्ने छोटो दूरीको आयोजना संघीय सरकारअन्तर्गत छ । यो आयोजना शुरू भएको दशक पुग्दा समेत ट्रयाक खोल्ने काम पूरा हुन सकेको छैन । फाष्ट ट्रयाक अगाडि बढाउन माग गर्दै संघर्ष समिति बनाएर स्थानीय आन्दोलन उत्रिएका हुन् ।

यसैबीच स्थायीयले नेताहरुलाई समूहिक म्यासेज पठाएर दवाव सिर्जना गरिरहेका छन् । फाष्ट ट्रयाक निर्माण दबाव संघर्ष समितिका संयोजक कुवेरबहादुर शाहीका अनुसार यहाँका ११ जना नेतालाई दैनिक सयौं जनाले एउटै म्यासेज पठाएर दबाव सिर्जना गरिरहेका छन् ।

प्रतिनिधिसभा सदस्य एवं नेकपा नेता लेनखराज भट्ट, भीम रावल, नारदमुनी राना, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश अर्थ मन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, सांसद डिल्लीराज पन्त, दीर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, अत्तरिया नपाका मेयर हरिसिंह साउदलगायत नेतालाई स्थानीयले म्यासेज पठाउन थालेका हुन् ।

दिनमा एउटै म्यासेज सयौंजनाले पठाउन थालेपछि नेताहरु हैरान भएका छन् । उनीहरूले अब चाँडै अगाडि बढ्ने समेत स्थानीयहरुलाई प्रतिक्रिया दिन थालेको संयोजक शाहीले जनाए ।

आवागमनमा रोक

यसैबीच स्याउलेका स्थानीयले फाष्ट ट्रयाकअन्तर्गत धनगढी–स्याउले खण्डमा ४ पांग्रे सवारीसाधन संचालनमा रोक लगाएका छन् । स्याउलेबाट धनगढीतर्फ आउने ट्रयाक्टर, ट्रकलगायतका सवारी साधन संचालनमा दुई दिनदेखि रोक लगाइएको संघर्ष समितिका संयोजक हेमबहादुर बिष्टले बताए ।

फाष्ट ट्रयाकको धनगढी–स्याउले खण्ड ठाउँठाउँमा भत्किँदा आवतजावत गर्न सास्ती भएपछि दबावमूलक आन्दोलन थालिएको उनले बताए । फाष्ट ट्रयाकअन्तर्गत यसअघि अत्तरियाको स्याउलेदेखि दिपायलसम्म सडक रहेकोमा गतवर्ष धनगढी हसनपुरदेखि स्याउलेसम्मको करीब ८ किलोमिटर सडक पनि फाष्ट ट्रयाकअन्तर्गत राखिएको हो । सरकारले काम अगाडि नबढाउँदा हसनपुर–स्याउले खण्डमा आवतजावत निकै सास्ती भएको स्थानीयको भनाइ छ ।

अहिले कम्तीमा उक्त खण्डको काम शुरू गर्नुपर्ने आफूहरुको माग रहेको बिष्टले बताए । ‘हामीले दैनिक यात्रा गर्नुपर्ने सडकमा ठूलाठूला खाल्डा छन् । सवारी साधन गुड्दा उड्ने धुलोले हिँड्नेलाई मात्र नभई सडक आसपास घर भएकाहरुले समेत सास्ती खेप्नु परिरहेको छ,’ स्थानीय मिना धामीले भनिन्, ‘कम्तीमा मर्मतसम्म गरिदिए सहज हुन्थ्यो ।’

अत्तरिया हुँदै जाने राजमार्गको बाटोभन्दा छोटो पर्ने भएकाले अधिकांश धनगढी हसनपुर–स्याउले सडक खण्ड भएर ओहोरदोहोर गर्छन् । करिब ८ वर्षअघि ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको यो खण्डको कालोपत्रे पुरै भत्किएको छ । ग्राभेल गरिएको ठाउँमा खाल्डाखुल्डी परेका छन् । फास्ट ट्रयाकको काम यो खण्डबाट अगाडि बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।

संघर्ष समितिका संयोजक बिष्टले फाष्ट ट्रयाकको काम अगाडि नबढ्दा धनगढी–खुटिया खण्डमा हिंडडुल गर्न आफूहरुले सास्ती व्यहोर्नु परिरहेको बताए । उक्त खण्ड फाष्ट ट्रयाकमा परेको भनेर स्थानीय तहले समेत मर्मत गर्न छाडेपछि समस्या बढेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x