×

NIC ASIA

जनप्रतिनिधिमाथि नै अविश्वास

आन्दोलित जनताले पत्याएनन् सांसद लेखराज भट्टको आश्वासन !

चैत २१, २०७५

Prabhu Bank
NTC
Premier Steels

धनगढी – कैलालीको धनगढी–खुुटिया–गडसेरा–दिपायल सडकखण्ड कालोपत्रेको लागि १ सातादेखि आह्वान गरिएको आन्दोलन जारी राखिएको छ ।

प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता लेखराज भट्टले खुटिया–धनगढी सडकखण्ड तत्काल कालोपत्रे गरिने बताएपनि स्थानीयले आफ्ना संघर्षका कार्यक्रम जारी राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पूर्वमन्त्री समेत रहेका नेता भट्टले स्थानीयबासी एवं संघर्ष समितिसँग अन्तक्र्रिया गर्दैै तत्काल कालोपत्रे गरिने बताएका थिए । आफू सडकको अवस्थावारे जानकार रहेको र सुदूरपश्चिमका मुुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत जानकारी गराएको बताउँदै उनले सडक राष्ट्रिय गौरवको योजनामा पर्ने भएकाले केही ढिलाइ भएपनि ४ लेनको सडक बनाइने आश्वासन दिए । उनले स्थानीयलाई सडककै लागि आन्दोलन नगर्न समेत आग्रह गरेका थिए ।


Advertisment
Rupse Holidays
Nabil box

तर स्थानीयले सडकमा ठूला सवारीसाधन अझैसम्म चल्न दिएका छैनन् । जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले आ–आफ्नोे क्षेत्रमा पर्ने धुुलाम्य सडकखण्डमा पानी हाल्ने शर्तमा ट्रक, टिप्पर, बसलगायत ठूूला सवारीबाहेक साना सवारी मात्रै चल्न दिएका छन् ।

Vianet communication

धनगढी–खुटिया सडक संघर्ष समितिका संयोजक कुबेरबहादुर शाहीले तत्काल खुटिया सडक कालोपत्रेको काम शुरू गरेपछि आन्दोलन रोक्ने बताए । खुटिया–दिपायल सडकखण्डमा तत्काल ट्रयाक खोल्ने काम गर्नुपर्ने उनले माग गरे ।

‘हाम्रो पीडा कसले बुुझ्ने हो ? अब हामी उधारो आश्वासन पत्याउनेवाला छैनौं । काम शुुरू गर्नुुपर्यो । अनि मात्रै विश्वासको वातावरण बन्छ,’ शाहीले थपे ।

नेता र सरकारले फास्ट ट्रयाकबारे स्थानीयलाई गुुमराहमा राखेको आरोप समेत लगाएका छन् । नेताहरूले धनगढी–खुुटिया–दिपायलसम्म फास्ट ट्रयाक अन्तर्गत पर्ने भन्दै भोट मागेपनि फास्ट ट्रयाक अन्तर्गत धनगढी–खुटिया सडकलाई नराखिएको दावी गरे । सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयले माघ २४ गते जारी पत्रलाई इंगित गर्दै संयोजक शाहीले फास्ट ट्रयाक अन्तर्गत खुटिया–विपीनगर–गड्सेरा–दिपायल मात्रै परेकाले नेताहरूले जनतालाई गुुमराहमा राखेर राजनीति गरेको आक्रोश समेत पोखे ।

रुख कटानीको अनुमति नपाएपछि झण्डै १ वर्षदेखि अलपत्र अवस्थामा रहेको धनगढी–दिपायल सडक खण्डाको काम अगाडि बढाउनुपर्ने माग गर्दै स्थानीयबासी दबाबमूलक आन्दोलन गर्दै आएका छन् ।

स्थानीयले नेताहरूलाई सामूहिक म्यासेज पठाएर दबाब सिर्जना गर्दै आएका छन् । फास्ट ट्रयाक निर्माण दबाब संघर्ष समितिका संयोजक कुबेरबहादुर शाहीका अनुसार ११ जना नेतालाई दैनिक सयौं जनाले एउटै म्यासेज पठाएर दबाब सिर्जना गर्दै आएका हुन् ।

स्थानीयले नेताहरूलाई ‘धनगढी–दिपायल सडकखण्ड कहिले कालोपत्रे हुने ? के यी सडकखण्ड कालोपत्रे गर्र्ने लगायत एजेण्डा तपाईहरूको चुनावी नारा मात्रै हो ?’ भनेर गत बुधबारदेखि म्यासेज पठाएर दबाब सिर्जना गर्दै आएका छन् ।

प्रतिनिधिसभा सदस्य एंव नेकपा नेता लेखराज भट्ट, भीम रावल, नारदमुुनि राना, मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश अर्थ मन्त्री झपट बोहरा, सामाजिक विकास मन्त्री कृष्णराज सुुवेदी, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, सांसद डिल्लीराज पन्त, दीर्घ सोडारी, धनगढी उपमहानगरपालिकाका मेयर नृप वड, अत्तरिया नगरपालिकाका मेयर हरिसिंह साउँदलगायत नेतालाई म्यासेज पठाउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

जेठ ७, २०८१

नेकपा एमाले दाङको अध्यक्षमा शिवकुमार आचार्य चयन भएका छन् ।  एमाले दाङको १४औं अधिवेशनबाट आचार्यसहित सिंगो जिल्ला कमिटी निर्विरोध चयन गरिएको हो । उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी, उपसचिवमा ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x