×

NMB BANK
NIC ASIA

मोहना-अत्तरिया ६ लेन सडकको दुर्दशा : सम्झौता सकिन डेढ महिना बाँकी, प्रगति जम्मा ३० प्रतिशत

चैत २४, २०७५

NTC
Premier Steels

धनगढी- बहुप्रतिष्ठित अत्तरिया-मोहना ६ लेन सडक आयोजनाको निर्माण अवधि आउँदो जेठ १० गते सकिँदैछ । तर हालसम्म ३० प्रतिशत मात्रै कार्यप्रगति देखिएको छ ।

Muktinath Bank

आयोजना अन्तर्गत मोहना पुलदेखि अत्तरिया चोकसम्मको लम्बाई १४.२ किलोमिटर रहेको छ । जसको तीन चरणमा निर्माण भइरहेको छ । तर २ वर्षसम्ममा पनि आधा प्रगति नहुँदा स्थानीयबासीहरुलाई निकै सास्ती खेपिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच निर्माणमा देखिएको ढिला सुस्तीबारे प्रेस क्लब धनगढीले सडक आयोजना कार्यालयसहित सरोकारवाला निकायसँग आइतवार छलफल गरेको थियो । तर सरोकारवाला निकायले एक अर्कालाई दोष दिएर पन्छिएका छन् ।


Advertisment
Nabil box
Kumari

आयोजना सूचना अधिकारी खगेन्द्रबहादुर सिंहले क्षेत्राधिकार खाली नहुनु, विद्युतका पोल सार्न ठेक्का प्रक्रियामा ढिलाइ हुनु, खानेपानीको पाइप लाइन नसारिनु र सडकमा परेका रुख कटानीमा भएको ढिलाइले आयोजनाको काममा शुरूदेखि ढिलाई भएको बताए । उनले आयोजना प्रमुखहरू फेरिइरहने हुँदा काम प्रभावित भएको उल्लेख गरे ।

Vianet communication

सडकको बीच भागमा हालसम्म खानेपानीका पाइप लाइनहरु छन् । जसको व्यवस्थापन अझैसम्म हुन नसक्दा पनि निर्माणमा ढिलाई भएको छ । संस्थानका प्रमुख अरबिन्द कुमार कर्णले खानेपानीलाई वेवास्ता गरिएकाले काम नभएको आरोप लगाए ।

त्यस्तै, सडकखण्डमा हालसम्म विद्युतका पोलहरू हटाउने कार्य प्रभावकारी भएको छैन । तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवले आफ्नो तर्फबाट कुनै अवरोध नभएको जिकिर गरे । पोल हटाउने कार्य जारी रहेको उनको भनाई थियो ।

१ अर्ब ६८ करोडको लागत रहेको आयोजना निर्माणको लागि ३ खण्डमा ठेक्का दिइएको छ । भन्सार रोडदेखि बोराडाँडीसम्म साढे ४ किलोमिटर पहिलो खण्डको प्रगति २४ प्रतिशत, बोराडाँडीदेखि मोहनपुरसम्मको साढे ४ किलोमिटरको दोस्रो खण्डमा सबैभन्दा कम साढे २३ प्रतिशत र मोहनपुरदेखि अत्तरियासम्मको ५.२ किलोमिटरको तेस्रो खण्डको प्रगति २५ प्रतिशत छ ।

समझौता सकिनै लाग्दा समेत कार्यप्रगति न्यून हुँदा आयोजनाको म्याद थपको प्रक्रिया थालिएको छ । सुरुमा काम गर्न नपाएकाले आयोजनाको अवधि डेढ वर्षसम्म थप गर्न माग गर्ने तयारीमा आयोजना कार्यालय र निर्माण कम्पनी लागेका छन् ।

आयोजनाको दोस्रो र तेस्रो खण्डको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले सडक क्षेत्रमा परेका घर हटाउन नहुने माग गर्दै स्थानीय सर्वोच्च अदालतमा पुगेपछि अदालतको आदेशमा करीब डेढ महिना काम गर्न नपाएको, दोस्रो र तेस्रो खण्डमा ४० प्रतिशत भौतिक प्रगति भएको दाबी गर्दै उनले निर्माण सम्पन्न हुन अझै १ देखि डेढ वर्षसम्म लाग्ने बताए ।

आयोजनाको पहिलो खण्ड निर्माणको ठेक्का शर्मा/अमर/नागार्जुन जेभीले पाएको छ । शर्मा/अमर/नागार्जुन जेभीका कार्यकारी प्रमुख विशेम्बर यादवले निर्माण सामग्री उत्खनन् गर्न नपाउँदा आफूहरु समस्यामा परेको बताए । उनले भने, ‘ठेकेदारको  समस्या कसैले बुझेको छैन । हामीलाई अवैध क्रसर उद्योग भन्दै क्रसर चलाउन दिएका छैनन्, जसले गर्दा आफूहरु चौतर्फी दबाबको सामना गरिरहेको उनको गुनासो थियो । निर्माण व्यवसायीले बर्षातको समयमा पनि नदीजन्य पदार्थ उत्खनन् गर्न पाउनुपर्ने समेत माग गरेका छन् ।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले आयोजना निर्माणको लागि सबैसँग समन्वय गरेर जाने बताए । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले आफुले आयोजनालाई नजिकबाट हेरेको बताउँदै आयोजना प्रमुखको बहालीको लागि पहल गरिरहेको बताए । निर्माण व्यवसायीहरुको समस्या समाधान गर्न पनि सम्बन्धित निकायसँग छलफल गरिने रानाको भनाई थियो ।

३ पूलको टेन्डरै भएन

आयोजना अन्तर्गत ३ वटा पुल निर्माण हुने भएका छन् । धनगढीको मोहना नदी, गेटाको मनहरा खोला र सुमी नालामा पुल निर्माणको डिजाइन गरिएको छ । तर हालसम्म ती पुल निर्माणको टेण्डर आहृवान हुन बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख टिक्दैनन्

आयोजना कार्यालयका प्रमुखको स्थायित्व नहुँदा पनि निर्माण कार्यमा गतिरोध उत्पन्न भएको छ । आयोजनाको झण्डै २ वर्षको अवधिमा ३ जना प्रमुख फेरिएर हाल आयोजना प्रमुखविहीन बनेको छ । आयोजना कार्यालयमा आएका नविनमान श्रेष्ठ निर्माण शुरू नहुँदै ३ महिनामै सरुवा भए । त्यसपछिका आयोजना प्रमुख मनिशकुमार शाह १ वर्ष बसेर सरुवा भए । पछिल्लो पटक आएका प्रमुख राजेशप्रसाद पौडेल ४ महिनामा सरुवा भएपछि हाल आयोजना कार्यालय प्रमुखविहीन बनेको हो ।

निर्माण कार्यले गति लिन नसक्दा हाल सो निर्माणाधीन सडक धुलाम्य भएको छ । जसले गर्दा आवतजावत गर्नेहरुले निकै सास्ती भोग्नु परेको छ भने सडक छेउछाउमा रहेका बासिन्दा पनि धूलोले हैरान भएका छन् । त्यस्तै, धुलो र निर्माण सामग्री जताततै थुप्रिदा स्थानीय व्यापारीहरुको व्यापार घाटा चुलिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुवरले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x