×

NMB BANK
NIC ASIA

संसदमा सांसद

सत्तापक्षीय सांसदको प्रतिपक्षी रुप ! सरकारी शैलीविरुद्ध नै आक्रामक अभिव्यक्ति

चैत २६, २०७५

NTC
Premier Steels

धनगढी – सुदूरपश्चिम प्रदेशसभा आफ्नो हिउँदे अधिवेशनको उत्तरार्धमा पुुगेको छ ।

Muktinath Bank

अधिवेशनको २१ औं बैठकसम्म पुुग्दा बैठकको काम कारवाहीबारे अवलोकन अथवा रिपोर्टिङ गर्न पुुग्ने जोकोही नयाँ अवलोकनकर्ता एवं संवाददातालाई आजभोलि एउटा अन्योलले सताउन थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको दुईतिहाइ बहुुमत रहेको प्रदेश सभामा बोल्ने प्रत्येक प्रदेशसभा सदस्यको बोली एउटै अर्थात् ‘सरकारको विरोध’ले को सत्तापक्ष वा को प्रतिपक्ष भनेर छुुट्याउनै नसकिने देखिएको छ ।


Advertisment
Nabil box
Kumari

सोमवारको बैठकबाट प्रदेशसभा सदस्य बाहिरिएपछि एक संवाददाताले सत्तापक्षीय प्रदेशसभा सदस्यलाई कटाक्ष गर्दै भने, ‘होइन माननीयज्यूू कहिलेदेखि हो जय नेपालको अभिवादन गर्न थालेको ?’ अनि जवाफ फर्काउँदै उनले भने, ‘हामी जनताको प्रतिनिधि हो । जनताको आवाज बोल्नुुपर्ने होइन र ?’

Vianet communication

शुरूवाती चरणमा सत्तापक्षीय प्रदेशसभा सदस्यले प्रदेश सरकार, संघीय सरकारको खुलेरै बचाउ गर्थे । तर आजभोलि सरकार तथा मन्त्रालयका गतिविधि, काम कारवाहीको खुलेरै विरोध गर्न थालेका छन् । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुुर शाहले समेत संघीय सरकारको विरोध गर्दै आएका छन् ।

उनले प्रदेश प्रहरीको सवाल र सीडीओको प्रदेश प्रहरीको कमाण्डको सवाललाई लिएर संघीय सरकारप्रति असन्तुष्टि जनाउँदै आएका हुुन् ।

सोमबार बसेको प्रदेश सभा बैठकमा पनि सत्तापक्षीय प्रदेशसभा सदस्यले प्रदेश सरकारको खुलेरै टिप्पणी गर्न भ्याए ।

बैठकको विशेष समयमा नेकपाका प्रदेशसभा सदस्य अक्कल रावलले भने, ‘राज्य केन्द्रकृत शासनतर्फ उन्मुख भएको आभास भएको छ । संघीयताको अभ्यासमा पनि विना हतियार युुद्ध लड्न पठाइएको छ । यहाँका बजेट तथा कार्यक्रम पनि कसैको निजी स्वार्थमा रुमल्लिएको छ ।’

नेकपाकी प्रदेशसभा सदस्य पू्र्णा जोशीले पनि प्रदेशभित्रैकै विभेद र उत्पीडनलाई नियाल्न नसकेको बताइन् । उनले भनिन्, ‘प्रदेश नम्बर २ मा भएको आँधीहुुरीले दुुःखदायी अवस्था सिर्जना गर्‍यो । जसमा प्रदेश सरकारले १ करोड राहत दिएर सहकार्यात्मक संघीयताको उदाहरण दियो । तर प्रदेशभित्र पनि गत वर्षकै चट्याङ, अग्नि, असिनापानी पीडित छन् । तिनीहरूलाई हालसम्म पनि उपेक्षा गर्न पाइन्छ ? सरकार मौन छ । तत्काल डेटलाइन तोकेर वितरण गर्नुुपर्छ ।’

चिरैचरै पर्वलाई सम्बोधन गर्न माग

नेकपाकी अर्का प्रदेशसभा सदस्य चुुनकुुमारी चौधरीले संघीय सरकारको अगाडि प्रदेश सरकार निरीह भएको आशय व्यक्त गरिन् । प्रमुख अस्पतालको रुपमा रहेको सेती अञ्चल अस्पताललाई प्रदेश सरकार व्यवस्थापन गर्न नसकेको उनको भनाई थियो ।

विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य चौधरीले आदिवासी थारु, रानाथारु समुदायमा महिला स्वतन्त्रताको प्रतीकको रुपमा चैत र वैशाखमा मनाइने चिरैचरै पर्वलाई प्रदेश सरकारले विशेष रुपमा लिनुुपर्ने धारणा राखिन् । उनले पर्वमा विशेष कार्यक्रम गर्नुुपर्नेका साथै स्थानीय बिदा उपलब्ध गराउनुुपर्ने समेत माग राखिन् ।

प्रदेश लोकमार्ग विधेयक पारित

भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहराले सुुदूूरपश्चिम प्रदेश लोकमार्ग विधेयकलाई दफावार छलफलको लागि पेश गरेका थिए । बैठकबाट सो विधेयक अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा पठाउने निर्णय समेत गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x