×

NIC ASIA

विकासले बिजोक

रेल आउने कहिले ? उठिबास हुने भएपछि मुक्तकमैयालाई तनाव अहिले !

चैत २७, २०७५

Prabhu Bank
NTC
Premier Steels

सुुखड (कैलाली) – कैलालीको घोडाघोडी नगरपालिका–२ आस्थानगर मुुक्तकमैया शिविरका पूूर्वकमैया कुुकुुलाल चौधरीले ओट लाग्ने झुपडी बनाएको झण्डै ९ वर्ष भयो । ज्याला मजदूरी गरेर जीविका टार्दै आएका उनले यसै ठाउँमा सुुन्दर महल सजाउने सपना बुुनेका थिए ।

तर मेची–महाकाली विद्युुतीय रेल विभागबाट आएको एक सर्वे टोलीले उनकै घर वारपार हुुने गरी फित्ता तेर्साउँदै रेल छिर्ने बताएपछि उनको महल सजाउने सपना क्षणभरमै भंग भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिलौना गर्दै उनले भने, ‘हेर्नू न हामी भर्खर त आफ्नै घरमा चयनको निद्रा सुुत्न पाएका थियौं । तर अब यो ठाउँमा पनि बस्न नपाउने भयौं । यो ठाउँमा केही नबनाउन भनेर गएका छन् । रेल कहिले आउने हो, थाहै छैन । तर हाम्रो सपना छिन्नभिन्न भयो । अझै कतिको दुुःख पाइने हो ? राम जाने ।’


Advertisment
Rupse Holidays
Nabil box

अर्का पूर्वकमैया सतराम चौधरीको बिलौना कुकुलालभन्दा खासै फरक छैन । बाबुबाजेको पूरै जीवन जमिनदारको महल ठड्याउनमै खर्चेको बताउँदै उनले भने, ‘यतिको स्वतन्त्रताको लागि हामी धेरै संघर्ष गरेका छौं । बडो मुस्किलले सुखको सास फेर्न थालेका थियौं । तर बाधा अड्चन आउन शुरू भयो । यसलाई भन्छन् – जो होचो उसैको मुखमा घोचो ।’

Vianet communication

२०५७ सालको कमैयामुुक्ति आन्दोलनपछि सरकारको कमैया पुुनस्र्थापना कार्यक्रम अन्तर्गत २०६४ सालमा सोही स्थानसहितका स्थानमा शिविर बसाएको हो । ५–५ कठ्ठाका दरले जग्गा पाएका ७३ परिवार सोही ठाउँमा आफ्नै संसार सजाउन कस्सिएका थिए । बीच शिविरै भएर पूर्वपश्चिम रेलमार्ग बन्ने पक्कापक्की भएपछि शिविरका अधिकांश पूर्वकमैयाहरू भयभित देखिएका हुुन् ।

शिविरकी भलमन्सा माया चौधरीले शिविरका २४ परिवार मुक्तकमैयाको घरै भएर रेलमार्गको प्रारम्भिक सर्वेको भएको बताइन् । आफूहरूले पनि विकास चाहेको तर त्यहीँ विकासले विनाश गरे ठूलो अन्याय हुने उनको भनाई छ । 

निकै लामो संघर्षपछि आफूहरू बल्ल तंग्रिन थालेकाले विस्थापित भए जाने अर्को कुुनै ठाउँ नभएको भलमन्सा चौधरीले बताइन् । रेल विस्तार गर्दा राज्यले विस्थापित हुने परिवारको पूरै व्यवस्था गर्नुपर्ने र विस्तारको कार्यलाई तत्काल अगाडि बढाइ आफूहरूको अन्योललाई चिर्नुपर्ने पनि उनको माग छ ।

शिविरकी वयोवृद्ध गोहनीदेवी डंगौरा र सिंहबहादुर डंगौरालाई सर्वे टोली फर्केपछि रेलको बाटो हेर्ने रहर जागेको छ । तर बस्ती नै विस्थापित हुने चिन्ताले पनि सताएको छ । उनीहरू भन्छन्, ‘रेल आउनु राम्रो हो तर विस्थापित हुनेको पूरै ग्यारेन्टी राज्यले लिनैपर्छ ।’

रेल छिर्ने कुराले मुक्तकमैया बस्ती मात्रै होइन, जिल्लाको अन्य बस्तीमा पनि अन्योल छाएको छ । गन्यापधुरा गाउँपालिका–५ डडेल्धुराका रामचन्द्र फुलाराले स्थानीय प्राथमिक विद्यालयमा १९ वर्ष शिक्षण गरी कमाएको पैसाले गोदावरी नगरपालिकाको अत्तरियामा जमिन किनेका छन् । २ कठ्ठा जमिन किनेर सानो घर बनाउने र छोराछोरीलाई राम्रो शिक्षा दिने उनको सपना थियो । 

सरसापट र ऋण काढेर उनले घरको जग हाले, पिल्लर ठड्याए । घरको छत ढलानको तयारी गर्नै खोज्दा रेल विभागबाट आएको सर्वे टोलीले रोकेको छ ।

‘रेलको लिक आउने भन्दै घर बीचमा पारेर फित्ताले नाप्दै टोलीले निर्माण कार्य अब अगाडि नबढाउन भन्यो,’ उनले भने, ‘घर ढलानको तयारी थाल्दै गर्दा अलमलमा परें ।’

एकएक पैसा जोडेर किनेको जमिनमै रेल आउने भएपछि अब कहाँ घर बनाउने भनेर अलमलमा परेको बताउँदै उनले भने, ‘भए भरको पैसाले जग्गा किनियो, जग हालियो, अब अर्को ठाउँमा जग्गा किन्न र जग हाल्नलाई पैसै छैन ।’ जीवनभर कमाएको पैसाले तराईमा बल्लतल्ल जग्गा किनेको उनले बताए ।

‘जीवनभर कमाएर तराईमा बल्लतल्ल जग्गा किने,’ उनले भने, ‘त्यहीँ जग्गामा रेल आउने भएपछि घर न घाटको भएको छु ।’ रेल आउने भएपनि चाँडै ल्याउनुपर्ने, नभए घर बनाउन दिनुपर्ने उनी बताउँछन् । ‘रेल ल्याउने नै भए सरकारले एउटा ‘डिसिजन’ दिनुपर्थ्यो,’ उनले भने, ‘नभए हामीलाई अलमलमा पारेर घर न घाटको बनाउनु राम्रो हैन ।’

सोही ठाउँका दिलिपकुमार भट्टले पनि युवावस्थामा भारतमा मजदूरी गरे । भारतमा कमाएको पैसाले घडेरी किने । ‘२ वर्षअघि घडेरी किने र लगत्तै घर पनि बनाए,’ उनले भने, ‘घरमा बस्न नपाउँदै अहिले घर भएकै ठाउँमा रेल आउने भयो ।’ 

आफ्नै कमाइमा घर बनाएर खुशी साथ बस्ने सपना रेलले उडाउन थालेको उनले बताए । रेल विभागको सर्वे टोलीले उनको टोल भएर नापजोख गर्दा २२ परिवार विस्थापित हुने देखिएका छन् । 

रेलमार्ग डीपीआरको तयारी

मेची–महाकाली विद्युतीय रेल विभागका सूचना अधिकारी अमन चित्रकारले हालसम्म पूर्वपश्चिम विद्युतीय रेलमार्गको लागि प्रारम्भिक सर्वे मात्रै भएको जानकारी गराए । मुलुकको पश्चिम क्षेत्रमा करीब ४ सय किलोमिटर रेलमार्ग विस्तार हुुने बताउँदै उनले जसलाई ४ प्याकेजमा निर्माण गरिने बताए ।

सूचना अधिकारी चित्रकारका अनुसार बुुटवलदेखि लमही, लमहीदेखि कोहलपुुर, कोहलपुुरदेखि सुुखड र सुखडदेखि गड्डाचौकी गरी ४ प्याकेजमा निर्माण गरिने भएको छ । प्रारम्भिक सर्वे भई हाल डीपीआर तयारीको काम भइरहेको उनले बताए ।

सरकारले रेल प्रभावितलाई दिइने मुुआब्जाबारे केही निर्णय अगाडि सारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले माघ २४ गते जारी प्रेस विज्ञप्ति अनुुसार रेलमार्गमा पूरै जग्गा परेका जग्गाधनीलाई ७५ प्रतिशत, सोभन्दा कम परेकालाई ६५ प्रतिशत र घर, टहरा, पर्खालको हकमा जिल्लाको दररेटको अनुसार क्षतिपूर्ति उपलब्ध गराउने स्वीकृति प्रदान गरिएको छ ।

स्वीकृति अनुसार क्षतिपूर्ति उपलब्ध गराए थोरै जग्गामा बडो मुस्किलले पुनस्र्थापना भएका पूर्वकमैयामाथि अन्याय हुुने निश्चित छ । राष्ट्रिय योजना आयोगले तयार पारिरहेको र आगामी आर्थिक वर्षदेखि गणना हुने पञ्चवर्षीय योजनामा सुदूरपश्चिममा रेलमार्ग निर्माण गर्ने लक्ष्य दिइएको छैन ।

योजनाको मस्यौदामा आगामी ५ वर्षभित्र ५ नम्बर प्रदेशको तराईसम्म मात्रै रेलमार्ग पुग्नेछ । ५ वर्षपछि निर्माण हुने रेलमार्गका कारण मार्गमा पर्ने घरपरिवार अहिल्यैदेखि तनाव लिन थालिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x