×

NIC ASIA

उद्यमी

मोटरसाइकलमा ‘जादुगरी’ सफलता : २२ सय तलबदेखि करोडौंको कारोबार !

चैत ३०, २०७५

Prabhu Bank
NTC
Premier Steels

धनगढी – शारीरिक सुगठन र व्यवसायमा ‘स्मार्ट ब्वाई’को रुपमा परिचित नाम हो – पुष्कर ओझा । 

कैलालीको धनगढी उपमहानगरपालिका–२ रामजानकी टोलको ३८ वर्षीया ओझा सुदूरपश्चिमको अटो मोबाइल्स् व्यवसायको दुनियाँमा एकछत्र राज गर्दैछन् । कम समयमा ३–३ वटा कम्पनी स्थापना गरी व्यावसायिक क्षेत्र तताइरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘व्यवसायमा केही गरेजस्तो लाग्दैन । धेरै गर्न बाँकी नै छ । मैले बुझेको व्यवसायमा लहड होइन, लगाव चाहिन्छ । व्यावसायिक प्रतिवद्धता र अनुशासन महत्त्वपूर्ण हिस्सा हो ।’


Advertisment
Rupse Holidays
Nabil box

सामान्य परिवारमा जन्मेका पुुष्कर २०५७ सालमा क्याम्पस अध्ययनताका व्यावसायिक घरानाको पृष्ठभूमि बनाएको धनगढीस्थित दिनेश ग्रुपको दिनेश मेटल उद्योग कम्पनीमा कामको शिलशिलामा आवद्ध हुन पुगे । सेल्स अफिसरको रुपमा काम गर्न थाले ।

Vianet communication

२२ सयदेखि ७२ हजार रुपैयाँको यात्रा

‘मेरो जीवनको पहिलो कमाई भनेकै २ हजार २ सय हो । त्यतिबेला यो नै धेरै लाग्थ्यो,’ हाँस्दै भने । उतिबेला जम्मा २० वर्ष उमेरका उनी आफ्नो खर्च जुटाउन पढाइसँगै काममा लागेका हुुन् । 

बिहान क्याम्पस जाने र दिनभरि काममा जुुट्नु उनको दिनचर्या थियो । तर पढाइमा अति नै डिस्टर्ब हुन थालेपछि १० महिनासम्म काम गर्न छाडेको उनी सुनाउँछन् ।

उनका बुुवा प्रयागराज ओझा सरकारी जागिरे थिए । तर आफ्नै कमाइको स्वाद चाखिसकेका पुुष्करको मनले मान्दै मानेन । फलतः उनी पुनः काममा फर्के । धनगढीको गार्डनर अफसेट प्रेसमा काम थाले । तर छोटो समयमा गार्डनरमा काम गरी उनी पुरानै ठाउँ दिनेश मेटलमै फर्किए ।

‘पढ्ने समय पनि दिन्छौ । काम पनि गर्नुुस् भनेपछि दिनेशमै फर्किए,’ उनले थपे, ‘ब्याक भएर गएपछि त्यहाँ ८ जना मात्रै मेनपावर थिए ।’

कामप्रतिको लगनशीलता र अनुशासनका कारण छोटो समयमा राम्रो कार्यसम्पादन गर्न सफल भएको उनी बताउँछन् । उत्साहका साथ आफ्नो विगत सुुनाउँदै उनले भने, ‘छोटो समयमा पब्लिक रिलेसन धेरै राम्रो भयो, गैससदेखि सरकारी कार्यालयसम्म । जहाँ हाम्रो सामान सप्लाई हुुन्थ्यो । म क्याम्पसमा हुुन्थें, सेवाग्राहीहरू बिल बनाउनको लागि कार्यालयमा पुुगेर मलाई कुर्थे ।’

पब्लिक रिलेसन र कार्यभार पनि बढ्दै गयो उनको । पछि उनी क्याम्पस जान छोडे । प्राइभेटबाट पढ्न थाले । उनको पूरै समय कम्पनीले पाएको उनी सम्झिन्छन् ।

२०५८ सालमा दिनेश ग्रूपले दिनेश ट्राभल्स् सञ्चालनमा ल्यायो । व्यवस्थापनको लागि जनशक्ति हेरफेर गर्यो । दिनेश ग्रूपका निर्देशक गोपी हमालले दिनेश मेटलका म्यानेजरलाई दिनेश ट्राभल्समा लगे । दिनेश मेटलमा म्यानजरको पद खाली भयो । पुुष्करको कामप्रतिको लगाव र विस्तार भएको सम्बन्धका कारण उमेरले सानै भएपनि उनलाई म्यानेजरको जिम्मेवारीको लागि प्रस्ताव आयो ।

लामो सास फेर्दै कार्यअनुभव सुनाउँदै उनले भने, ‘तिमी म्यानेजरको काम गर्न सक्छौ ? भनेर सोधियो । मैले एक सासमा भन्दिए, सक्छुु । हालसम्म गर्दै त आएको छु नि ! म्यानेजरमा बढुवा भए ।’

त्यसपछि आफ्नो र दिनेश मेटलको मालिक श्याम हमालबीच सम्बन्ध प्रगाढ बन्दै गएको र नयाँ–नयाँ काम पनि गरेको बताउँछन् । तर कतिपय नयाँ प्रयोगले व्यवसायमा आँच पनि आउने गरेको उनले अनुभव सुनाए ।

‘एक पटक शोरुमको स्वरुप नै परिवर्तन गर्यौं । टायल्स् र मार्बल बिछ्यायौं । फल्स् सिलिङ लगायौं । भारतको बरेलीबाट कामदार ल्याएर गर्यौं । उतिबेला यो सब धनगढीमा करीब–करीब नयाँ प्रयोग नै थियो,’ गम्भिर हुुदै उनले भने, ‘तर सेवाग्राहीमा नकारात्मक असर परिरहेको अनुुभूति भयो । सेवाग्राहीहरू शोरुममा पस्न हिच्किचाउन थाले । जुुत्ताचप्पल खोलेर पस्न थाले ।’ विकास भन्ने कुरा एकैपटक नभएर क्रमिक रुपमा हुुने उल्लेख गर्दै उनले पछि शोरुममा सिसा चाहिँ नलाएको बताए ।

पुुष्कर ४ वर्षपछि कम्पनीको जनरल म्यानेजरमा बढुुवा भए । २ हजार २ सय तलबमा काम थालेको पुुष्करको तलब अन्य सुविधासहिन ७२ हजार पुुग्यो । उनी १२ वर्षसम्म दिनेशमै काम गरे । कम्पनीको उच्च पद, आकर्षक तलब सुविधा हुुदाहुुदै २०६९ सालमा कम्पनीको जागिरे यात्रा अन्त्य गरे ।

आफ्नै कम्पनी

सरकारी जागिरप्रति मोह नभएका र निजी कम्पनीको जागिर छोडेपछि उनले आफ्नै व्यवसाय थाले । २०६९ सालमा प्राप्ति इन्टरप्राइजेज अटो मोबाइल्स् कम्पनी सञ्चालनमा ल्याए । जसबाट सुुजुुकी मोटरसाइकलको शोरुम तथा डिलरशीपको व्यापार अगाडि बढाए ।

उनले भने, ‘१० महिनामा नेपालकै उत्कृष्ट डिलरको रुपमा अवार्ड पाए । १० महिनामा ३९८ थान मोटरसाइकल बिक्री गरे । जसले मलाई थप हौसला मिल्यो । ममा पनि केही क्षमता छ भन्ने आत्मविश्वास जाग्यो ।’

उनको व्यवसायको रफ्तार बढ्दै गयो । २०७० सालमा अर्को कम्पनीको डिलर शुुरू गरे । ‘हिरो मोटरसाइकलको कम्पनीले अफर गर्यो । हिरोको लागि यहाँका अन्य व्यवसायी पनि लागेका थिए तर मेरो नाम छनौट भयो ।’

नयाँमा छनौट भएपछि के उनले पुरानोको कम्पनीको डिलर छाडे त ? उनले भने, ‘अटो मोबाइल्स््को लाइनमा यो रियल केस हो । एउटा टू ह्वीलर कम्पनी हुँदाहुुँदै दोस्रो कम्पनीले डिलर दिनुु भनेको । हाल दुवै चालू अवस्थामा छन् ।’

अर्को कम्पनी विशेष अटो मोबाइल्स् कम्पनी स्थापना गरी हिरो कम्पनीको डिलर सम्हालेको बताउँदै उनले भने, ‘पहिलो वर्षमा ७५० थान मोटरसाइकल बिक्री गरेर टप टेनमा, दोस्रो वर्षमा ९ सय ९८ थान बिक्री गरी टप ५ मा र तेस्रो वर्षमा नेपालको ८२ वटा डिलरमध्ये टप १ मा परे । १ हजार १८० सय थान बिक्री गरेर बेस्ट डिलर अवार्ड पाए ।’ 

चालू वर्षमा पनि सबैभन्दा बढी १ हजार ५ सय थान मोटरसाइकल बिक्री गरेको जनाउँदै उनले उत्कृष्ट घोषणा हुन मात्रै बाँकी रहेको बताउँछन् । उनको व्यवसाय र सफलता जादुगरीझैं अगाडि बढिरहेको छ ।

उनको व्यवसाय यतिमा सीमित भएन । उनले डेढ वर्षदेखि विशेष मोटो कर्प कम्पनी पनि शुरू गरी रेनलाल्ट (रेनो) कम्पनीको कारको बिक्री शुुरू गरेका छन् ।

हालसम्म ७ हजार बढी मोटरसाइकल बिक्री गरिसकेका पुुष्करले रेनलाल्ट (रेनो) को औपचारिक उद्घाटन हुन नपाउँदै ६९ थान कार समेत बिक्री गरिसकेका छन् । १ करोड रुपैयाँबाट व्यापार शुरू गरेका उनको वार्षिक कारोबार ५० करोड नाघेको छ भने उनले तीनै कम्पनी गरी हालसम्म ३९ जनालाई रोजगारी दिन समेत सफल भएका छन् ।

उनको जादुगरी सफलताको राज के हो ? उनी भन्छन्, ‘पहिलो त सेल्फ डिसप्लिन र प्यासन नै हो । अध्ययनशीलता, टेक्नोलोजीको प्रयोग पनि हो । सफल व्यक्तित्वहरूको अनुुशरणसँगै म मेरो सिस्टममा विश्वास गर्छुु ।’

भावी योजना

हालको उदाउँदो व्यवसायसँगै उनी नयाँ व्यवसायबारे सोच बनाउन थालेका छन् । भावी दिनमा व्यवसायको सम्भावना र माहोलको हिसाबले पर्यटन क्षेत्र उत्तम रहेको निष्कर्षमा पुुगेका उनी पर्यटन व्यवसायमा हात हाल्ने योजनामा छन् । एउटा राम्रो र सम्भाव्य ठाउँमा रिसोर्ट सञ्चालन गर्ने उनको भावी योजना छ ।

सामाजिक क्षेत्रमा उत्तिकै अब्बल

पुष्कर व्यवसायमा मात्रै अब्बल छैनन्, उनी सामाजिक क्षेत्रमा उत्तिकै अब्बल मानिएका छन् । उनी कैलाली उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष हुुन् भने रोटरी क्लब धनगढीको अध्यक्ष पनि ।
रोटरीमार्फत निःस्वार्थ भावले सेवामूूलक कार्य गर्दै आएको उल्लेख गर्दै उनले भने, ‘खासगरी अनाथ बालबालिकाको शिक्षादीक्षा, बाढी पीडितलगायत प्राकृतिक प्रकोप पीडितको सेवामा तन, मन, धनले समर्पित हुुँदै आएका छौं ।’

रोटरीमार्फत ठूलो परोपकारी कार्यको थालनी गरेको सुुनाउँदै उनले भने, ‘कैलालीको ओलानीमा झण्डै २ करोड रुपैयाँको लागतमा ६ सय घर परिवारको लागि खानेपानी ट्यांकी निर्माण गरी घरघरमा शुुद्ध खानेपानी पुर्याउने योजनामा छौं । जहाँका स्थानीय हालसम्म खोलाको दूषित पानी पिउन बाध्य छन् ।’

उनी नेपाली युवा उद्यमी मञ्च कैलालीको अध्यक्ष पनि हुुन् । जुन मञ्चले युवालाई उद्यमी बनाउन अभिप्रेरित गर्दै विदेश पलायन हुुनबाट रोक्ने अभियान चलाउँदै आएको छ । सँगै सामाजिक सचेतनामूलक कार्य पनि ।

उनी भन्छन्, ‘धनगढी शहरको धुुलोसँगै हुुर्केको छुु । यहाँको लागि केही गर्ने सोच छ । सानो–सानो काम भएपनि राम्रो काम गर्ने हो । हामी नेपाली विदेश घुुम्न जाँदा चुुइगम खाँदा प्लास्टिक खल्तीमा राख्छौं । तर यहाँ जहाँ पनि फाल्छौं । आफ्नो बानीमा सुधार गरी धनगढीलाई सफा र समृद्ध बनाउने अभियान हाम्रो छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x