×

NIC ASIA

प्रदेश सरकारले तत्कालै हसनपुर–स्याउले सडकखण्ड कालोपत्रे गर्ने

बैशाख ८, २०७६

Prabhu Bank
NTC
Premier Steels

धनगढी- कैलालीको धनगढी–खुटिया सडकखण्ड कालोपत्रेको काम सुदूरपश्चिम प्रदेश सरकारमार्फत तत्कालै  अगाडि बढाइने भएको छ । स्थानीयबासीको तीव्र दबाबपछि सो सडक खण्डको कालोपत्रेको काम प्रदेश सरकारमार्फत अगाडि बढ्ने भएको हो ।

स्थानीयबासीले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य लेखराज भट्टसहित यहाँका दर्जनौं नेताहरुलाई महिनौंदेखि दबाब सृजना गर्दै आएका थिए । तत्पश्चात कैलालीका सांसदहरुको एक टोलीले आइतबार सडक कालोपत्रेको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारी र चुनकुमारी चौधरी नेतृत्वको टोलीको ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सडकको लागत इस्टिमेट तयार भइसकेकोले चालू आर्थिक वर्षभित्रै प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए । तत्काल प्रदेश सरकारको ६० लाख बजेटबाट काम अगाडि बढाइने बताउँदै मुख्यमन्त्री भट्टले कालोपत्रेको कामले चाँडै पूर्णता पाउने समेत जनाए ।


Advertisment
Rupse Holidays
Nabil box

ध्यानाकर्षण पत्र बुझाउँदै पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सोडारीले सडकमा खाल्डाखुल्डी, धुलो, आवश्यक चौडाइ नभएकोले आवतजावत गर्नमा अत्यन्तै कठिनाइ भएकाले चालू आर्थिक वर्षभित्रै सडक कालोपत्रे गर्नुपर्ने बताए ।

Vianet communication

 मोहना–अत्तरिया ६ लेन सडकको निर्माण भइरहेका बेला हसनपुर स्याउले सडकखण्डलाई वैकल्पिक ४ लेनको सडकको रुपमा विस्तार गर्नुपर्ने माग समेत गरिएको छ । स्थानीयबासीले पूर्वमन्त्री समेत रहेका नेकपा नेता भीम रावल, लेखराज भट्टसहितका यहाँका मन्त्री, सांसद एंव जनप्रतिनिधीको मोबाइलमा म्यासेज पठाएर चैत १२ गतेदेखि दबाब सृजना गर्दै आएका थिए ।

स्थानीयहरुले आफ्नो म्यासेजमा भनेका छन्, ‘धनगढी–दिपायल सडक खण्ड कहिले कालोपत्रे हुन्छ ? के यो सडकखण्ड कालोपत्रे गर्ने लगायत एजेण्डा तपाईहरुको चुनावी नारा मात्रै हो ?’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x