कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
धनगढी- सरकारले चालू आर्थिक वर्षभित्रै मुलुकको विभिन्न जिल्लामा रहेका ६ सय ४८ मुक्तकमैया र १ हजार ४ सय ५० मुक्त हलियालाई पुन:स्थापना गर्ने रणनीतिक योजना अगाडि बढाएको छ ।
कर्मचारी समायोजनका कारण जिल्ला तहमा पुनःस्थापना कार्य प्रभावित भइरहेको अवस्थामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सो रणनीतिक योजना अगाडी बढाएको हो ।
यसैबीच पुनःस्थापनाका लागि सो मन्त्रालयले सुदूरपश्चिमका जिल्लामा पुनःस्थापना हुन बाँकी मुक्तकमैया र हलियाको पुनःस्थापनाबारे स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग रणनीतिक योजनाबारे छलफल समेत गरेको हो । तर कर्मचारी समायोजनले मालपोत कार्यालयहरुमा जनशक्ति अभाव देखिएकाले स्थानीय तहलाई प्रभावकारी बनाउने समेत रणनीति ल्याएको एक सहभागीले बताए ।
मन्त्रालयको चैतसम्मको तथ्यांक अनुसार हालसम्म ६ सय ४८ जना मुक्तकमैया पुनःस्थापना गर्न बाँकी देखिएका छन् । कैलाली जिल्लामा ३ सय ६४, कञ्चनपुरमा ९, बाँकेमा १ सय ९२ र बर्दियामा ८३ जना मुक्तकमैयालाई जग्गा खरिद अनुदानसहित पुनःस्थापना गर्न बाँकी देखिएको हो । सरकारले प्रति कमैया जग्गा खरिदको लागि २ लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।
त्यस्तै, अझैसम्म ४ हजार ७ सय ५० जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान रकम पाउन बाँकी देखिएको छ । कैलालीमा १ हजार २ सय ७९ जना, कञ्चनपुरमा ५ सय ९४ जना र बर्दियामा २ हजार ८ सय ७७ जना मुक्तकमैयाले घर निर्माण बापतको अनुदान लिन बाँकी देखिएको छ । सरकारले प्रति कमैयालाई १ लाख रुपैयाँ घर निर्माण बापत अनुदान रकम दिदै आएको छ ।
१ हजार ४ सय ५० जना मुक्त हलियालाई पुनःस्थापना गर्न बाँकी देखिएको छ । कैलालीमा ५३, कञ्चनपुरमा ३ सय ८०, डडेल्धुरामा ५ सय ३५, बैतडीमा ३९, सुर्खेतमा १ सय ९९ र डोटीमा २ सय ४४ जनालाई पुनःस्थापना गर्न बाँकी रहेको सो मन्त्रालयले जनाएको हो ।
चालूआवमैपुनःस्थापनाको कामसम्पन्नहुन्छ -मन्त्री अर्याल
यसैबीच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा कुमारी अर्यालले चालू आर्थिक वर्षभित्रै मुक्तकमैया र हलिया पुनःस्थापना कार्यले पूर्णता पाउने दाबी गरेकी छिन् ।
सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले विगत लामो समयसम्ममा पनि पूर्णता नपाएको पुनःस्थापना कार्य चालू आर्थिक वर्षभित्रै पूर्णता दिन सरकार लागिपरेको बताएकी हुन् ।
उनले भनिन्, 'पुनःस्थापनामा जान धेरै ढिलाइ भएको छ, जुन दुखद पनि हो । तर सरकारले जसरी पनि चालू आर्थिक वर्षमा पूर्णता दिन लागेको छ । सरकारले जति मुक्तकमैया र हलियाको संख्या छ, त्यही अनुपातमा पैसाको पर्याप्त व्यवस्था गरेको छ । त्यसैले छिटै पूर्णता पाउँछ ।’
अहिलेसम्म पनि सम्पर्कमा नआउने कमैया र हलियालाई भने नकुर्ने मन्त्री अर्यालको भनाई छ । राज्यले दिएको सुविधा लिन मुक्तकमैया र हलियालाई अनुरोध गर्दै उनले आउँदो दिनमा सरकारले कमैया र हलियाको जीवन बदल्न सीपमूलक तथा स्वरोजगारमूलक वृद्धि विकासको कार्यक्रम ल्याइने उल्लेख गरिन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...