×

NMB BANK
NIC ASIA

ट्रकको ठक्करबाट युवतीको मृत्युपछि लम्कीमा तनाव, प्रहरीद्वारा हवाई फायर

बैशाख १७, २०७६

NTC
Premier Steels

धनगढी- लम्की चुहा नगरपालिका–१ की १९ वर्षीया सुनिता रावलको विभत्स ढंगले चालकले ट्रक नै ब्याक गराएर ज्यान लिएका छन् । 

Muktinath Bank

लम्की बहुमुखी क्याम्पसमा अध्ययनरत उनी क्याम्पसबाट साइकलमा बिहान करीब ९ बजे घर फर्किरहेकी थिइन् । पछाडिबाट आएको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनी लडिन् । लगत्तै ट्रक चालक सुनिल भण्डारीले ट्रक नै ब्याक गराएर किचेपछि उनको घटना स्थलमानै ज्यान गएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घटनापछि विद्यार्थी र स्थानीयले यातायात तथा बजार बन्द गराएर प्रर्दशन गरेका छन् । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म स्थानीयहरूले प्रदर्शन गरेको लम्कीका स्थानीय पत्रकार देवानन्द न्यौपानेले जानकारी गराए ।


Advertisment
Nabil box
Kumari

आक्रोशित विद्यार्थी र स्थानीयले सो ट्रकमा आगजनीको प्रयास गरेका थिए । सोही क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको हो । यसैबीच प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै १३ सेल अश्रु ग्यास फायर गरेको छ भने ९ राउण्ड हवाई फायर गरेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले जनाए । तर स्थानीयले केही थान रबरको गोली समेत प्रहार गरिएको दाबी गरेका छन् ।

Vianet communication

झडपमा १३ जना घाइते भएका थिए । रवरको गोली लाग्दा लम्की बहुमुखी क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ भने स्थानीयको ढुंगा प्रहारबाट घाइते भएका ७ जना प्रहरीको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ । बाँकी घाइते उपचारपछि फर्केको प्रहरीले जनाएको छ ।

त्यस्तै घटनाबारे बसेको सर्वपक्षीय बैठकबाट ठप्प रहेको बन्द ४ बजेदेखि खुलेको छ । मृतक रावलको शव पोष्ट मार्टमको लागि टीकापुर अस्पताल लगिएको छ भने मृतकका परिवारजनलाई उचित क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कानून बमोजिम कडा कारवाही गराउने शर्तमा बन्द खुलाइएको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x