×

NMB BANK
NIC ASIA

७३ वर्षमा एसईईको जाँच, नातीनातिनासँग कलेज पढ्ने धोको

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ७ चैत –  सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) परीक्षा दिँदै गरेकी ७३ वर्षीया केदारकुमारी याक्खालाई आइतवार पेप्सीकोलास्थित घरमा भेट्न जाँदा उनी सोमवारको विज्ञान विषयको जाँचको लागि पढ्दै गरेकी थिइन् । उनको सुत्नेकोठाको छेउमा टेबुल राखिएको छ र टेबुलमाथि किताबकोे चाङ छ ।

Muktinath Bank
         आदर्श उच्च मावि केन्द्रमा परीक्षा दिँदै केदारकुमारी । तस्वीर : रासस


वृद्ध उमेरमा पनि एसईई दिएर उनले सबैलाई आश्चर्य पारेकी छन् । पढ्न उमेरले छेक्दैन भन्ने उदाहरण हुन् उनी । इलामको फिक्कलस्थित तीनघरेमा जन्मेकी याक्खालाई सानोमा पढ्न नपाएको अहिले खुब पढ्ने रहर छ ।
अझ उनलाई एसईई पास गरेर कलेजमा एकचोटि भएपनि नाम लेखाउने धोको छ । उमेरले ७३ काटेर आउने वैशाखमा ७४ लाग्दैछिन् तर उनको पढ्ने मेख मरेको छैन ।

दश नातिनातिनीको हजुरआमा याक्खाले तीन वर्षअघि नाति आमोद र एन्जिलासँग एसएलसी दिएकी थिइन् तर सफल हुन सकिनन् । अघिल्लो वर्ष चाहिँ फारम भर्न ढिला भएको कारण उनी परीक्षामा सामेल हुन सकिनन् । यसपाली जसरी पनि एसईई पास गर्ने अठोटका साथ उनी कम्मर कसेर लागिरहेकी छन् ।

उनी भक्तपुरको बोडे माविबाट एसईईमा परीक्षा दिइरहेकी छन् । यसपाली उनको परीक्षा सेन्टर थिमीको आदर्श उच्च माविमा परेको छ । बिहीवारबाट शुरु भएको परीक्षामा भाग लिने उनी सबैभन्दा वृद्ध विद्यार्थी हुन् । सोमवार गणित विषयको जाँच दिएर आएकी याक्खा जाँच हल्का बिग्रेकाले केही निराश थिइन् ।

‘प्रश्न निकै गाह्रो आएको थियो । वरिपरिका भाइबहिनीसँग एकछिन सोध्न पनि नपाइने,’ उनले भनिन्, ‘मिस निकै कडा ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND
                घरमा परीक्षाको तयारी गर्दै केदारकुमारी । तस्वीर : लोकान्तर



उनलाई गणित, विज्ञान र अंग्रेजी गाह्रो लाग्ने विषय हो । सामाजिक भने उनलाई निक्कै सजिलो लाग्छ । नेपालीमा जति राम्रो लेखेपनि नम्बर नआउने उनको गुनासो छ । ‘जति राम्रो लेखे पनि नम्बर थोरै आउँछ,’ उनले भनिन् ।
दश वर्षअघि कोटेश्वरमा सञ्चालित अनौपचारिक महिला शिक्षा पढ्न होइन हेर्न मात्रै गएकी थिइन् याक्खा । कक्षामा जाँदा मिसहरूले किताब र कापी थमाइदिए । त्यसपछि उनको पढ्ने मूड बनेको हो । नभन्दै त्यहीँबाट उनले तीन कक्षासम्मको अध्ययन पूरा गरिन् ।

पेप्सीकोलास्थित महिला चेतनशीलबाट उनले कक्षा पाँचसम्मको औपचारिक शिक्षा पूरा गरिन् । लगत्तै उनले  सानोठिमीबाट आठ कक्षा पास गरिन् । त्यो पनि सोचेभन्दा बढी नम्बर ल्याएर । सफलता मिल्दै गएपछि उनमा पढ्ने हौसला थप बढ्दै गएको हो ।

अब उनको धोको फलामे  ढोका मानिने एसईई परीक्षा पास गर्ने छ । बुढ्यौलीले गर्दा उनलाई पढेको कुरा छिट्टै बिर्सिने समस्या छ । तैपनि किताबमा मन लगाएर घोत्लिने बानी हटेको छैन । अनुहार चाउरी परिसकेको भएपनि एसईई पास गरेर क्याम्पस जाने रहर उनको छ ।


Advertisment
Nabil box
Kumari
                      केदारकुमारीको प्रवेशपत्र । तस्वीर : लोकान्तर



‘नाति आमोद एसएलसी पास गरेर इन्जिनियर पढ्न कलेज गएको छ, नातिनी नर्सिङ पढ्न कलेज गइरहेकी छन्,’ उनले हाँस्दै भनिन्, ‘मेरो यसपाली एसईई पास गरेर कलेज छिर्ने सोच छ ।’

कलेज गएर एकपटक नामसम्म लेखाउने धोको उनको छ ।

यो उमेरमा पनि निकै फुर्तिलो देखिन्छिन् उनी । अलिअलि प्रेसरको समस्या छ उनलाई । बिहान ४ बजे उठेर घरनजिकैको फूटबल मैदानमा दिनको १४ चक्कर लगाउन भ्याउँछिन् ।  

उनका नातिनातिनाले वृद्ध उमेरमा पनि पढ्नको लागि हौसला दिएका छन् । ‘हामीसँगै पढेका नियमित स्कूल आउने विद्यार्थीहरू त परीक्षामा फेल भइरहेका हुन्छन्,’ नातिनातिनाहरू सुनाउँछन्, ‘परीक्षा दिनुहोस्, हामी तपाईंलाई सहयोग गर्छौं ।’

उनलाई नातिनातिनाले  गणित र अंग्रेजी सिकाउँछन् ।

उनी बोडे माविका शिक्षक रुद्रकुमार धमलाको प्रेरणाले एसईई परीक्षामा सामेल भइरहेकी छन् । धमलाले निष्फिक्री भएर परीक्षामा लेख्न हौसला दिइरहन्छन् उनलाई । ‘छिटो लेख्न त मलाई पनि खुब रहर छ,’ उनी भन्छिन्, ‘तर हातै चल्दैन ।’

Vianet communication
                 स्कूले साथी र शिक्षिकाहरुसँग केदारकुमारी । तस्वीर : लोकान्तर



आठ वर्षअघि उनका श्रीमान् बितेका थिए । अस्पतालको शैय्यामा मृत्युसँग संघर्ष गरिरहेका उनका पतिले निको भएपनि तिमीलाई पढाउँछु भनेर आश्वासन दिएका थिए ।

उनका तीन छोरा छन् । तीनवटै विदेश । अहिले जेठी बुहारी विमकुमारीसँगै घरमा बस्दै आएकी छिन् । जेठी बुहारीले परीक्षाको बेला सासूलाई कहिल्यै काम गर्न दिँदैनिन् ।

‘उहाँ पढ्न बस्नुभयो भने कोठाबाट बाहिर निस्कनुहुँदैन,’  उनले भनिन्, ‘ खाना खान समेत बिर्सनुहुन्छ । गएर बोलाइरहनुपर्छ ।’

एकपटक अनुत्तीर्ण भएपछि यसपाली परीक्षामा सामेल हुने सोच बनाएको कुरा कसैलाई बाएकी थिइनन् । छरछिमेक तथा आफन्तहरूले खिसी गर्ने डरले उनले कसैलाई नभनेको बताइन् ।

              घरमा परीक्षाको तयारी गर्दै केदारकुमारी । तस्वीर : लोकान्तर



पढाइका कारण घरबाट बाहिर ननिस्केको देखेर छिमेकीले यसपाली एसईई दिन लागेको मेसो पाए । घरमा एक्लै के गरेर बसिरहेको भनी सोध्ने गरेको र जाँचको तयारीको लागि पढ्न जाँदा छिमेकीले मेसो पाएको उनी बताउँछिन् । कतिपयले स्कूल जाँदा जिस्काउँछन् तर उनलाई स्कूल पुगेर साथीसँगी नभेटेसम्म नियास्रो लागिरन्छ । सँगै पढ्नेहरू आमा भनेर सम्बोधन गर्छन् । उनको इच्छाशक्तिको पनि सबैले तारिफ गर्छन् ।

कमजोर आँखालाई सहज पार्न २२ वर्षअघि चश्मा लगाउन शुरु गरेकी उनको घोरिएर किताबमा घोत्लिने बानी चाहिँ हटेको छैन । इलामको सामान्य परिवारमा जन्मेकी उनको परिवार ठूलो थियो । तीन दाजुभाइ र पाँच दिदीबहिनीमा उनी काइँली हुन् ।

                             घरमा परीक्षाको तयारी गर्दै केदारकुमारी । तस्वीर : लोकान्तर



त्यसबेला छोरी मान्छेलाई पढाउने चलन थिएन । परिवारबाट सबैभन्दा जेठो दाइले मात्रै स्कूल गएको उनी सम्झिन्छिन् । पढ्ने उमेरमा घरको काम र खेतबारीको काम गर्नुपर्थ्यो ।

अहिले उनको पढ्ने रहरलाई तारिफ गर्दै दाइले उसबेलानै पढाउनुपर्दो रहेछ भन्छन् । आमाको पढ्ने रहर देखेर उनका माइला छोराले वर्णमाला किनेर दिएको उनी सम्झिन्छिन् ।

          पढ्ने किताब देखाउँदै केदारकुमारी । तस्वीर : लोकान्तर


छोराहरूले किनेर ल्याइदिएको कापीमा लेख्न नपुगेर वार्षिक क्यालेन्डरको खाली ठाउँमा समेत लेखेर पात्रो भर्ने गरेको उनले  रमाइलो किस्सा सुनाइन् ।

कोहीले बुढ्यौली उमेरमा दानधर्म तीर्थ जाने बेलामा किन बेकारको दुःख गरेर पढाइ गरेको भनेर पनि सोध्छन् । तर उनले कसैको कुरा नसुन्ने गरेको सुनाइन् । आफूले पढ्न नपाएकोले होला छोरीलाई पनि छोरासरह पढ्न लेख्न दिनुपर्ने उनले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x