काठमाडौं, ७ चैत – विश्व बाल रंगमञ्चको अवसरमा जर्मनका कलाकारले नेपालमा नाटक प्रस्तु गरेका छन् ।
काठमाडौंको थिएटर मलमा प्रदर्शन गरिएको क्लाउन ड्रामा अन्तर्गतको नाटकमा जर्मनीका चार कलाकारले अभिनय गरेको थिए । जर्मनीका कलाकारको हाउभाउले चार्ली चाप्लिनको अभिनयलाई समेत याद दिलाएको थियो । विभिन्न हाउभाउ तथा अभिव्यक्तिको माध्यमबाट कलाकारले दर्शक तथा स–साना बालबालिकालाई मनोरञ्जन दिएका थिए ।

नेपालमा यस्तो खालको नाटकको अभ्यास भने त्यति भएको पाइँदैन । जर्मनीका कलाकारले गरेको अभिनयले दर्शकको ध्यान केन्द्रित गरेको थियो । थिएटर सेन्टर फर चिल्ड्रेन र असितेज नेपालले थिएटर मलको सहकार्यमा नाटक मञ्चन भएको थियो । नाटक सकिएपछिको कार्यक्रममा जर्मनी कलाकारले नेपाल आफूहरुलाई मन परेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रममा लेखक तथा साहित्यकार शान्तदास मानन्धर र थिएटर मलका अध्यक्ष तथा निर्देशक केदार श्रेष्ठले कथा समेत सुनाएका थिए ।
