×

NMB BANK
NIC ASIA

तलबको तुलना

कर्मचारीको तलब २०१७ सालमा कति थियो, अहिले कति पुग्यो ? [सूचीसहित]

जेठ १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – निजामती कर्मचारी सेवाको इतिहासमा पटक–पटक कर्मचारीको तलब बढिरहन्छ । बुधवार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले तलब वृद्धि गरेका छन् ।

Muktinath Bank

वृद्धि तलब अनुसार निजामती सेवामा सर्वाधिक तलब खाने मुख्यसचिवको आधारभूत तलब आगामी साउनदेखि ६५ हजार १ सय ३६ रुपैयाँ पुगेको छ । निजामती सेवामा विगतमा कर्मचारीको तलब कति थियो ? तलब वृद्धिको इतिहास कस्तो छ ? सबैलाई जान्न मन लाग्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तर डटकमलाई २०१७ सालदेखि निजामती कर्मचारीको तलबमानको विवरण प्राप्त भएको छ । ‘निवृत्तभरण व्यवस्थापन दिग्दर्शन २०७५’ अनुसार निजामती कर्मचारीतर्फ कार्यालय सहयोगीको तलब विक्रम संवत् २०१७ सालमा ४५ रुपैयाँ थियो । त्यसयता २०२२ सालमा बढेर ७० रुपैयाँ पुगेको थियो । २०३० साल कार्यालय सहयोगीको तलब पहिलो पटक तेस्रो अंकमा पुग्दै १ सय १ रुपैयाँ ५० पैसा पुगेको थियो ।
दिग्दर्शन अनुसार २०१७ सालमा निजामती सेवा विशिष्ट श्रेणीका कर्मचारीको तलब ९ सय रुपैयाँ रहेको थियो । त्यतिबेला सहसचिवको तलब ७ सय रुपैयाँ थियो ।


Advertisment
Nabil box
Kumari

२०७३ सालमा बढेको स्केल अनुसार सचिवको तलब ५१ हजार ४ सय २० रुपैयाँ र मुख्यसचिवको तलब ५५ हजार २ सय थियो । २०१७ सालयता २०२२ साल, २०३० साल, २०३३ साल, २०३५ साल, २०३८ साल, २०४१ साल, २०४३ साल, २०४५ साल, २०४७ साल, २०४९ साल, २०५२ साल, २०५४ साल, २०५७ साल, २०६२ साल, २०६४ साल, २०६५ साल २०६६ साल, २०६८ साल २०७० साल, २०७१ साल र २०७३ सालमा सरकारी कर्मचारीको तलब वृद्धि भएको थियो ।

Vianet communication
Laxmi Bank

हेर्नुस् तलबको पूर्णविवरण :-

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले राजपत्र अनंकित श्रेणीका कर्मचारीको तलब २० प्रतिशत र राजपत्रांकित तहका कर्मचारीको तलब १८ प्रतिशत वृद्धि गरिने घोषणा गरेका छन् । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।

तलबमा भएको वृद्धिसँगै कार्यालय सहयोगीको तलब १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । यसअघि २०७३ सालमा कार्यालय सहयोगीको मासिक तलब १६ हजार २ सय ३० रुपैयाँ रहेको ‘निवृत्तभरण व्यवस्थापन दिग्दर्शन २०७५’मा उल्लेख छ ।

२०७१ सालमा कार्यालय सहयोगीको तलब १२ हजार ९ सय ८० रुपैयाँ रहेको दिग्दर्शनमा उल्लेख छ । २०७३ सालमा मुख्यसचिवको तलब ५५ हजार २ सय रुपैयाँ थियो । बुधवारदेखि वृद्धि भएको तलब अनुसार मुख्यसचिवको तलब ६५ हजार १ सय ३६ रुपैयाँ पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x