एनआईसी एशिया बैंकमा ‘इ–सेवा काउन्टर डिपोजिट’ सेवा शुरू

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउन्टरबाट आफ्नो इ–सेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ ।

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ वा इ–बैंकिङबाट मात्र रकम जम्मा  गर्न सक्थे भने अब ‘इ–सेवा काउन्टर डिपोजिट’को सेवाबाट पनि इ–सेवाको एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउन्टरबाट नै इ–सेवामा रकम जम्मा गर्न सक्नेछन् ।


Advertisement

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालय, २९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ इकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचक अत्यन्त उत्साहप्रद रहेका छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्