×

NMB BANK
NIC ASIA

धनगढी – मुक्त भएको ५ वर्षपछि मुक्तकमलरीले परिचयपत्र पाउन थालेका छन् ।

Muktinath Bank

असार १ गतेदेखि जिल्ला मालपोत कार्यालयहरूबाट परिचयपत्र वितरण गर्न थालेपछि मुक्तकमलरीहरू उत्साहित भएका छन् । परिचयपत्र साउन १० गतेसम्म वितरण गरिने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७० साल असार १३ गते मन्त्री परिषदको निर्णयले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरूलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो । भने साउन २ गते मुक्त घोषणा गरेको हो । तर सरकारले घोषणा गरेपनि उनीहरूलाई परिचयपत्र भने वितरण गर्न सकेको थिए ।


Advertisment
Nabil box
Kumari

मुक्त घोषणा गरेको लामो समयपछि परिचयपत्र वितरण हुन थालेपछि पूर्वकमलहीहरूमा खुशीको सीमा नै छैन । उनीहरू काखमा बच्चा च्यापेर भएपनि जिल्ला मालपोत कार्यालय धनगढीमा दिनभरी लाइनमा बसेर भएपनि परिचयपत्र लिइरहेका छन् । हाल मालपोत कार्यालयमा जिल्लाका विभिन्न स्थानबाट परिचयपत्र लिन पुगेका पूर्वकमलरीहरूको भीड रहेको छ ।

Vianet communication

कैलालीको जानकी गाउँपालिका–९ दुर्गौलीकी मोनिका चौधरीले परिचयपत्र पाउँदा खुशी लागेको बताइन् । २ वर्ष जमिनदारको घरमा कमलरी बसेको बताउँदै उनले परिचयपत्रले आफ्नो पहिचान खुल्ने र राज्यको सेवा सुविधा हाँसिल गर्नमा सहज हुने भन्दै खुशी व्यक्त गरिन् ।

काखमा बच्चा च्यापेर मालपोत कार्यालय पुगेकी दुर्गौलीकै दिपु चौधरीले पनि परिचयपत्रले आफ्नो मात्रै नभई सन्तानको भविष्य निर्माण सहयोग गर्ने बताइन् ।

ढिलै भएपनि सरकारले परिचय वितरण गरेकोमा उनी पनि खुशी व्यक्त गरिन् ।

जिल्ला मालपोत कार्यालय धनगढीका कमैया/कमलरी फाँटका प्रमुख अमर चौधरीले असार १ गतेदेखि परिचयपत्र वितरण गर्न थालेको बताए । लगत संकलनमा परेका दैनिक सयौं पूर्वकमलरी परिचयपत्र वितरण गरिरहेको उनले जानकारी दिए । कैलालीमा मात्रै २ हजार ७६७ जना पूर्वकमलरीहरू रहेका छन् ।

असार १ गतेदेखि नै कैलालीसहित तराईका कञ्चनपुर, बर्दिया, बाँके र दाङ जिल्लास्थित मालपोत कार्यालयहरूबाट परिचयपत्र वितरण भैरहेको जनाइएको छ । मुक्तकमलरी विकास मञ्च कैलालीकी अध्यक्ष विष्णा चौधरीले ५ जिल्लाका १२ हजार ७ सय मुक्तकमलरीलाई परिचयपत्र वितरण भैरहेको जनाइन् ।

परिचयपत्रको आधारमा पूर्वकमलरी भएको पहिचान खुल्ने भएकोले परिचयपत्रको आधारमा पनि उनीहरू हरेक सेवा सुविधामा अग्रअधिकार पाउने जनाइएको छ ।

अध्ययन छात्रबृति, सरकारी सेवा सुविधामा प्राथमिकता, क्षमता अभिवृद्धि र सशक्तिकरणको कार्यक्रमलगायतमा कमलरी परिचयपत्रको आधारमा प्राथमिकतामा राखेर सहभागिता गराइने भएकोले परिचयपत्र महत्वपूर्ण रहेको कमैया फाँटका प्रमुख चौधरीले बताए ।

के हो कमलरी प्रथा ?

केही वर्ष अगाडिसम्म तराईका ५ जिल्लास्थित थारू समुदायका बालिकाहरूलाई अर्काको घरमा बँधुवा बाल मजदूर राख्ने गरिन्थ्यो । सो प्रचलनलाई कमलरी प्रथा भनिन्थ्यो । सो क्रममा कमलरी बालिकाहरू यौन तथा श्रम शोषणको सिकार भएका थिए । सो प्रथाको अन्त्य गर्दै राज्यले कमलरी मुक्तिको घोषणा गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x