×

NMB BANK
NIC ASIA

अर्पण, जो फूटबल खेलाडी बन्ने सपना त्यागेर चलचित्रमा होमिए

कात्तिक २०, २०७४

NTC
Premier Steels
नेपाली चलचित्रमा अब खाइलाग्दो ज्यान भएको, एकैपटकमा दर्जन गुण्डालाई हावामा उडाइदिने ‘नायक’ को एकाधिकार हुन छोड्यो । बिस्तारै फिल्ममेकर र दर्शकले फिल्ममा पात्रको भूमिका र प्रस्तुतिलाई पनि रुचिमा राख्न थाले ।arpan

लेखक, निर्देशक तथा अभिनेता अर्पण थापा चरित्रको माध्यमबाट आफूलाई ‘नायक’ बनाएका अभिनेता हुन् । चलचित्र ब्याच नं. १६, धन्दा, मुखौटा, छड्के लगायतका चलचित्रमा अभिनय गरिसकेका थापाको चलचित्र ‘आधा लभ’ उनकै निर्देशनमा तयार हुँदैछ ।

तर सपना चलचित्र क्षेत्रमा आउने थिएन भन्छन् उनी ।

उनलाई फूटबल खेलाडी बन्न मन थियो । काठमाडौंको डिल्लीबजारमा हुर्केका थापाले उच्च माध्यमिक तहसम्म भारतको दार्जिलिङमा पढे । फूटबल राम्रो खेल्थे । सँगसँगै पढाइ पनि राम्रै चलिरहेको थियो । भविष्यका स्पष्ट खाका भने अझै बनिसकेका थिएनन् ।

बाह्र कक्षा पास भएपछि उनी थप अध्ययनका लागि मुम्बई पुगे । त्यसपछि एक्कासि कलाकार बन्ने रहर जाग्यो उनलाई ।

‘म कलाकार बन्छु भन्ने कहिल्यै सोचेको थिइनँ,’ उनी सम्झन्छन्, ‘दार्जिलिङबाट करीअरको खोजीमा मुम्बई गएको थिएँ । एक्कासि अभिनय सिकेर कलाकारिता गर्न मन लाग्यो ।’

कलाकारले अभिनय तालीम लिन जरूरी छ ? लोकान्तरको यो प्रश्नमा उनी भन्छन्, ‘राम्रो अभिनयका लागि तालीम लिनुपर्छ । हामीलाई सैद्धान्तिक र अभ्यासमूलक दुवै ज्ञान हुनु जरूरी हुन्छ ।’

सन् २००२ मा अभिनय सिकेर उनी काठमाडौं फर्के । तर त्यसपछि लामो समय उनले आफ्नो कलालाई सदुपयोग गर्ने मौका पाएनन् । काठमाडौंमा चिनेका निर्माता र निर्देशक कोही थिएनन् ।

‘एकजना निर्देशकसँग एकपटक भेट्ने कुरा त भएको थियो, तर भेट भएन ।’ आफूले शुरुमा कामको खोजीमा हुँदाको समय सुनाउँछन् थापा ।

त्यतिबेला थापाको खासै काम हुँदैनथ्यो । काठमाडौं बौद्धमा साथीको सीडी पसल थियो । दिनभरि उनी त्यहीँ बस्थे । त्यसो गर्दा फिल्मका सीडी किन्न आउनेसँग चलचित्रका कुरा पनि हुन पाउने, नयाँ चलचित्र समयमै हेर्न पनि पाउने ।
‘लगभग डेढ वर्ष साथीको पसलमा बस्दा मैले थुप्रै विदेशी फिल्म हेरेको थिएँ,’ उनी मन्द मुस्कानसहित सुनाउँछन्, ‘त्यतिबेला नै मैले पात्रको चरित्र विकास कस्तो हुनुपर्छ भन्ने कुरालाई अझ धेरै अध्ययन गर्न पाएँ ।’

दिनभरि सीडी पसलमा बस्नु काम नभएर सिकाइ भएको उनलाई लाग्थ्यो । फिल्म बुझेका मान्छे नै फिल्म किन्न आउँछन् भन्ने उनले बुझेका थिए ।

सानैदेखि उनी लजालु थिए । लाजकै कारणले विद्यालय तहमा केटीसँग बोल्न पनि सारै धक मान्थे । ‘केटीसँग बोल्न लाज लाग्थ्यो । लभ पर्ने त कुरै भएन,’ उनी हाँस्दै भन्छन् ।

मुम्बईको पढाइपछि काठमाडौं आएर करीअरको खोजी गर्दै गर्दा उनले करीअरभन्दा पहिले जीवनसाथी भेटे । ‘उनी स्कुलमा पढाउँथिन् । चिनजान भयो, बोलचाल भयो । लभ प-यो ।’

‘त्यसपछि तीन महिनामै हामीले बिहे ग-यौं । पहिलो प्रेम भने पनि, अन्तिम प्रेम भनेपनि त्यही एउटा प्रेम हो,’ लामो हाँसो हाँस्दै भन्छन् ।

बौद्धमा सीडी पसलमा काम गर्ने क्रममा एकदिन उनको भेट फिल्ममेकर मरे करसँग भयो । फिल्मसम्बन्धी धेरै कुरा भए । एकदिन उनीसँगै मिलेर नयाँ फिल्म गर्ने योजना पनि बन्यो ।

फिल्मको नाम थियो – ‘सिक सिटी’, अर्थात् बिरामी शहर ।’

फिल्म बनाउने उद्देश्यले चारजनाको समूह तयार भयो । तर उनीहरूसँग धेरै पैसा थिएन । जोश चाहिँ थियो ।
‘पैसाले मात्रले फिल्म नबन्ने रहेछ । केही गर्छु भन्ने भावनाले पनि फिल्म बनाउन सकिने रहेछ,’ उनी त्यो बेलाको स्मरण सुनाउँछन्, ‘हामीसँग जोश थियो, आइडिया र टिमवर्क थियो ।’

तर फिल्मको लोकेसनका लागि तिर्ने पैसा थिएन । कतिपटक त लोकेसनको पैसा तिर्नुपर्छ भनेर लुकेर पनि शूटिङ गर्नुपरेको थापा स्मरण गर्छन् ।

उनी एउटा रमाइलो घटना सुनाउँछन्, ‘फिल्म निर्माणकै क्रममा केही युवा आएर लोकेसनको पैसा माग्न थाले । हामीसँग थिएन,’ उनी थप्छन्, ‘विवाद हुँदा हामीलाई पुलिसले हनुमानढोका पु-यायो ।’
उनी हाँस्छन् ।

जोशैजोशले जम्मा साढे ३ लाखमा फिल्म बनाउँदा भने उनीहरूले एउटा युद्ध जितेको महसूस गरेका थिए । सबैका लागि त्यो चुनौती पनि थियो ।

पछि उक्त फिल्मले विभिन्न देशमा भ्रमण गर्ने मौका पायो । प्रतिक्रिया सकारात्मक पायो । ‘सिक सिटी’ रिलिज नहुँदै मैले ‘ब्याच नं. १६’ मा पनि काम गर्ने मौका पाएँ,’ उनी भन्छन्, ‘व्यावसायिक हिसाबले यो मेरो पहिलो फिल्म पनि हो ।’

अभिनय र भूमिकामा आफैंलाई मन परेको फिल्म ‘सिक सिटी’ भएको थापा बताउँछन् । जोड्छन्, ‘सहजताका हिसाबले भने मलाई ‘छड्के’को भूमिका निर्वाह गर्न सहज भएको थियो ।’

आफू हलिउड अभिनेता ड्यानियल डे लिविसबाट प्रभावित भएको बताउँछन् थापा । ‘उनको काम गर्ने तरिका र कलाले मलाई सधैं लोभ्याउँछ’, उनी भन्छन् ।

नेपालमा कलाकारको ‘स्टारडम’ नहुनुको कारण स्वयं कलाकारले नचाहेर मात्र होइन, हाम्रो दैनिक जीवनसँग जोडिएको आर्थिक पाटो र समग्र फिल्म क्षेत्रको स्तरोन्नति नहुनुले पनि हो भन्ने उनको तर्क छ ।

‘समाजले पनि हामीलाई फरक तरिकाले तुलना गरिदिन्छ,’ उनी भन्छन् ।

‘शाहरुख खानले पब्लिकमा पानीपुरी खाए भने समाजले वाह भन्छ । नेपाली कलाकारले खाए भने त्यही समाजले पैसा नभएर सडकमा पानीपुरी खाँदैछ भन्दिन्छ, उनी भन्छन् ।

कलाकारको स्टार भ्याल्यु बढ्नका लागि सबै पक्षले प्रभाव पार्छ, अभिनय मात्र होइन भन्ने थापाको तर्क छ ।
आठ वर्षसम्म कामको मौका नपाएपनि पछिल्लो समय भने उनले फिल्ममा काम गर्ने प्रशस्त मौका पाएका छन् । अभिनय मात्र नभएर लेखन र निर्देशनमा पनि उनी उत्तिकै सक्रिय छन् ।

चलचित्र ‘धन्दा’ बाट लेखन र अभिनयका हिसाबले चर्चा बटुलेका थापाको ‘लप्पन छप्पन’ अहिले सिनेमाघरमा चलिरहेको छ ।

तीनै पक्षलाई एकसाथ लगेपनि अहिले भने उनी कलाकारकै रूपमा स्थापित हुन चाहन्छन् । ‘अभिनयका हिसाबले सबै काम उत्तिकै गाह्रा छन् । सबै सृजनात्मक काम नै हुन् ।’

भविष्यको योजनाबारे लोकान्तरको प्रश्नमा उनी भन्छन्, ‘अहिले म अभिनयलाई नै प्राथमिकतामा राख्छु, बिस्तारै लेखन र निर्देशन पनि सँगसँगै जानेछ ।’

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x