विश्वकप यात्रा टुंगिएपछि नेपाली टोली भोलि स्वदेश फर्किँदै, सन्दीप र सोमपाल नआउने

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि छानिन असफल भएको नेपाली राष्ट्रिय क्रिकेट टीम भोलि स्वदेश फर्किने भएको छ ।

नेपाली टीम मलेसियन एयरलाइन्सको विमानबाट भोलि राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली टोलीका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए ।


Advertisement

शिवाकोटीका अनुसार सन्दीप लामिछाने र सोमपाल कामी भने स्वदेश फर्किने छैनन् । दुवै ग्लोबल टी-ट्वान्टीमा सहभागी हुन आज राति नै क्यानडा प्रस्थान गर्ने उनले जानकारी दिए ।


Advertisement

आफ्नो पहिलो खेलमा कतार र अन्तिम खेलमा सिंगापुरसँग पराजित हुँदै नेपाल विश्वकपको अन्तिम चरणको छनोटका लागि छानिन असफल भएको हो ।

कमेन्ट गर्नुहोस्