×

NMB BANK
NIC ASIA

सार्वभौम संसद्को हुर्मत नलेऊ, निकास देऊ

साउन १६, २०७६

NTC
Premier Steels

जनप्रतिनिधिको सर्वोच्च निकाय प्रतिनिधिसभा तीन सातादेखि अवरुद्ध छ । साउन ८ गते जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफलका लागि एकदिन सदन चलेपनि गएको असार २४ देखि अवरुद्ध छ । महत्त्वपूर्ण विषयमा छलफल हुनुपर्ने प्रतिनिधि सभा विगत २४ दिनदेखि अवरुद्ध रहँदा जनताका आवाज मुखरित हुने निकाय निष्प्रभावी बनेको छ ।

Muktinath Bank

सर्लाहीमा भएका गोली काण्डमाथि संसदीय छानबिनको माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले नियमित रूपमा संसद् अवरुद्ध गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको प्रहरी इन्काउन्टरमा भएको भनिएको मृत्यु तथा सर्लाहीमै बालकको मृत्यु सम्बन्धमा विरोध प्रदर्शनमा उत्रिएका स्थानीय सरोजनारायण सिंहको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि संसदीय छानबिन गर्नुपर्ने प्रतिपक्षी दलको अडान छ । 


Advertisment
Nabil box
Kumari

यी घटना छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्ने विवादका कारण संसद् अवरुद्ध छ । सर्लाही घटना सम्बन्धमा गृहमन्त्री रामबहादुर थापाले संसद्को बैठक र संसदीय समितिको बैठकमा स्पष्टीकरण दिँदै प्रहरीसँगको मुठभेडमै मृत्यु भएको दाबी गरेका छन् ।

Vianet communication

स्वयं सत्तापक्षका सांसदहरूले सर्लाही इन्काउन्टरमा प्रश्न उठाएपनि सरकार र सत्तापक्ष संसदीय छानबिन समिति गठन गर्न राजी देखिएको छैन । घटना सम्बन्धमा सरकारको पर्याप्त ध्यानाकर्षण भएको र आफ्नो समेत ध्यान गएको सभामुख कृष्णबहादुर महराले संसद्को बैठकमा रुलिङ गरिसकेका छन् । तर सदनमा भइरहेको विरोधप्रति सरकार बेखबर जस्तै देखिएको छ ।

संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने सभामुखको विशेषाधिकार हो, तर सभामुख ‘सत्तामुख’ बनेको प्रतिपक्षी आरोप छ । सभामुख सत्तामुख बनेको भन्दै प्रतिपक्षी सांसदले नाराबाजी गरेपछि सभामुखविरुद्ध बोल्न मनाही छ भनेर रुलिङ गर्नुपर्ने अवस्था सिर्जना भयो । 

संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादका कारण जनप्रतिनिधिमूलक संस्था संसद् यति लामो समयदेखि बन्धक बनेको छ ।

गैरन्यायिक हत्याको संसदीय छानबिन गर्नुपर्ने मागलाई गलत त भन्न सकिँदैन तर अन्य कयौं विषय सदनमा उठन सकेका छैनन् । हालैका सातामा देशका विभिन्न स्थानमा गएको बाढी पहिरोको र डुबानपीडितहरूले राहत पाउन सकेका छैनन् । देशमा बढ्दो महंगी र भ्रष्टाचारका विषयले सदनमा प्रवेश पाएका छैनन् । यी विषयमा सदनमा पर्याप्त छलफल हुनुपर्ने हो, त्यसो हुन सकिरहेको छैन । 

पछिल्ला दुईदिन संसद्‍मा केही अनौठा दृष्य देख्न पाइयो । संसदीय सर्वोच्चताको पाठ सिकाउँदै सभामुखले प्रतिपक्षी सांसदलाई लामो समयसम्म संसद्को वेलमा उभ्याए ।

प्रतिपक्षी सांसदहरूले अदालतमा विचाराधीन विषय र सभामुखविरुद्ध नाराबाजी गर्ने तथा सभामुखले आफूविरुद्ध बोल्न मनाही गरेको रुलिङ गर्ने काम भयो । जनताले तिरेको करबाट सुविधा लिएका सांसद र संसद् यस्तै हर्कत गर्ने ठाउँ हो ? हाम्रो संसद् कहिले रचनात्मक बन्ने ? जनताका समस्याको विषयमा कहिले छलफल गर्ने ? संसद् अवरुद्ध गर्ने उही पुरानै शैलीको अनुसरण गर्ने ? 

प्रतिपक्षको कुरा सुन्नै नचाहने सरकारको असहिष्णु चरित्र र जे कुरामा पनि संसद् अवरुद्ध गर्ने प्रतिपक्षी शैली दुवै घातक छन् । जनप्रतिनिधिमूलक संस्था संसद्लाई सधैँभरी अनिर्णयको बन्दी नबनाऊ, संसद्मै निकास खोज, सार्वभौम संसद्को हुर्मत लिने काम बन्द गर । संसद्‍मा भइरहेका भद्दा क्रियाकलापले राजनीतिक प्रणालीप्रति नै आम जनतामा वितृष्णा जगाउने काम गरिरहेकोतर्फ कहिले ध्यान जाने ?

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

पुस ११, २०८०

कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x