फागुन ४, २०८०
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
बनेपा – जिल्लाको धनेश्वर महादेव प्राथमिक विद्यालय सञ्चालनका लागि आयोजना गरिएको महायज्ञबाट २० लाख रुपैयाँ नगद संकलन भएको महायज्ञ सञ्चालन समितिले जनाएको छ ।
साउन २० गतेदेखि शुरू भएर मंगलवार समापन भएको ‘स्वर्णिम श्रीमद्भागवत भक्ति सत्संग महायज्ञ’मा नगद २० लाख रुपैयाँ संकलन भएको र साट्न बाँकी चेक ८ लाख रुपैयाँ जति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका संयोजक अनिरुद्ध थापाले बताए ।
‘विद्यालय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको महायज्ञमा नगद रकमका साथै सहयोगी दाताहरूले बालुवा, सिमेन्ट, रोडा र ढुंगा आवश्यकताअनुसार उपलब्ध गराउने भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ उनले भने, ‘विद्यालय परिसरमा विद्यार्थीलाई खेल्नको लागि भलिबल र ब्याडमिन्टन खेल मैदानलगायत बालबगैंचा बनाउने सोच बनाएको छु ।’
पशुपति अन्नपूर्ण आश्रमका अन्तर्राष्ट्रिय समितिका अध्यक्ष डा. जगदीश वैद्यले विद्यालय सञ्चालन गर्नका लागि उपलब्ध गराउने भनेर प्रतिबद्धता जनाएको २७ लाख रुपैयाँ भने प्राप्त गर्न बाँकी रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका थापाले बताए ।
महायज्ञ सञ्चालन गर्न सबै गरी करीब ८ लाख ५० हजार रुपैयाँ खर्च भएको उनले बताए । स्वर्णिम श्रीमदभागवत भक्ति सत्संग महायज्ञमा कथा नारीविदुषी सुश्री अनुराधा शास्त्रीजी र देशव्यापी १०८ श्रीमद्भागवत सत्संकल्प अभियानकर्ता मुमुक्षु श्री उद्धव शर्माले कथावाचन गरेका थिए ।
विक्रम संवत् २०३८ मा स्थापना भएको सो विद्यालय २०७२ को भूकम्पपछि करीब बन्दजस्तै अवस्थामा पुगेको थियो । ४ शिक्षक दरबन्दी रहेको सो विद्यालयमा विद्यार्थी संख्या घट्दै गएपछि विक्रम संवत् २०७४ साउनबाट पूर्णरुपमा बन्द नै भएकोमा २०७६ वैशाखबाट पुनः सञ्चालनमा ल्याएर अहिले कक्षा नर्सरीदेखि २ कक्षासम्म सञ्चालन भइरहेको सो विद्यालयलाई आर्थिक सहयोगका लागि महायज्ञ सञ्चालन गरेको विद्यालयले जनाएको छ ।
१ दरबन्दी र ३ निजी स्रोतमा गरी ४ शिक्षकले अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै आइरहेको सो विद्यालयमा अहिले ४३ विद्यार्थी अध्ययन गरिरहेका छन् ।
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...