ट्रकको ठक्करबाट एक जनाको मृत्यु

बुटवल- बुटवलको ट्राफिकचोकमा शनिवार दिउँसो ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

लु २ ख ६८४ नम्बरको ट्रकले साइकलमा सवार पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरनबहादुर रासकोटीको मृत्यु भएको छ । 


Advertisement

दुर्घटनामा सोही स्थानका वर्ष ३६ का थम्मनबहादुर रासकोटी घाइते भएका छन् । उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरू बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।
 

कमेन्ट गर्नुहोस्