×

NMB BANK
NIC ASIA

सुदूरपश्चिम प्रदेश

जंगलमा राजधानी किचलो : सर्वाेच्चमा मुद्दा सँगसँगै जग्गा प्राप्तिको प्रक्रियाले ढिलाइ

भदौ १८, २०७६

NTC
Premier Steels

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेको असोज १२ गते १ वर्ष पुग्दैछ ।

Muktinath Bank

गोदावरी नगरपालिका–२ र ४ स्थित वनमा प्रदेश राजधानी तोक्न प्रदेश सभाले दुईतिहाइ बहुमतले निर्णय गर्‍यो तर कार्यान्वयन प्रक्रियामा भने अझै अन्योल छाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसदबाट राजधानीबारे निर्णय भएपछि तोकिएको स्थान चौतर्फी विवादको घेरामा तानियो । सडक र सदन दुवैबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद विरोधमा उत्रिए । विपक्षीको विरोध हुँदाहुँदै प्रदेश सरकारले हालसम्म कानूनी अड्चन समेत झेल्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा प्रदेश सरकारलाई नै विपक्षी बनाई २ वटा रिट निवेदन दायर भएका छन् । अधिवक्ता देवीकुमारी जोशी र मनिशकुमार श्रेष्ठ सहितको ९ जनाको समूहले रिट दायर गरेको छ तर कुनै पनि मुद्दाको अन्तिम फैसला भइसकेको छैन । प्रदेश सरकारले निर्णय कार्यान्वयनको लागि अदालतको फैसला पर्खिरहेको छ ।

Vianet communication

निवेदक जोशीको रिट माथिको पहिलो पेशीको सुनुवाइ गर्दै सर्वोच्चले गत असोज २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंसहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेश सभामुख अर्जुनबहादुर थापा र राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक तारालामा तामाङको नाममा कारण देखाउ आदेश जारी गरेको थियो । आदेशपछि विपक्षी पक्षबाट लिखित जवाफ पेश भइसकेको छ ।

प्रदेश सभाले आफ्नो लागि प्रदेश राजधानी चयन गर्न पाउने भएपनि प्रदेश राजधानी स्थापना गर्ने नाममा वन विनाश गर्न नपाउने भन्दै रिटमा अन्तरिम आदेश माग गरिएको थियो तर सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता कुलानन्द उपाध्यायले बताए । अधिवक्ता जोशीको रिटमाथिको अर्को पेशीको मिति अझै तोकिन बाँकी छ ।

मनिशकुमार श्रेष्ठ सहितको समूहले दायर गरेको रिटमाथिको पेशी असोज १ गते तोकिएको सरकारका मुख्य न्यायाधीवक्ता उपाध्यायले जानकारी दिए । कानूनी अड्चनका बाबजुद प्रदेश सरकारले राजधानी बनाउन केही प्रक्रिया शुरू गरेको जनाइएको छ ।

करीब ५ सय विघामा फैलिएको सो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको मुख्य न्यायाधीवक्ता उपाध्यायले बताए तर प्रतिवेदन संघीय सरकारको मन्त्रिपरिषद्बाट पारित हुन बाँकी रहेको बताउँदै उनले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी अवस्थामा छ । सम्माननीय प्रधानमन्त्रीज्यू स्वदेश फिर्ता भएलगत्तै प्रतिवेदनलाई क्याबिनेटमा छलफलको लागि लगिन्छ । सो पास हुने बित्तिकै जग्गा प्राप्ति पनि हुनेछ तर वनको सवाल हो । छलफल कस्तो हुन्छ भन्ने हो, अझै समय लाग्छ ।’

प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश राजधानीको लागि केही बजेट पनि विनियोजन गरेको छ । सरकारले आफ्नो बजेट वक्तव्यमार्फत् राजधानीको भौतिक पूर्वाधार विकासको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न, तटबन्ध र घेरबार तथा पर्खाल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको जनाएको छ ।

कार्यान्वयनमा ढिलाइ किन ?

सरकारकै निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि सत्ता पक्षकै सांसदले असन्तुष्टि जनाउन थालेका छन् । राजधानी तथा नामाकरण सम्बन्धमा गठित विशेष समितिका संयोजक तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङले निर्णय कार्यान्वयनमा निकै ढिलाइ भएको बताए । हालसम्म सरकारले राजधानी निर्माणको लागि वन क्षेत्रमा सर्वे गर्दैछ भन्ने कुरा मात्रै सुनेको बताउँदै उनले सरकारमा गाम्भीर्यता नपाएको असन्तुष्टि पोखे ।

सभामुख अर्जुन थापालाई पनि प्रदेशको राजधानी कार्यान्यनमा भएको ढिलाइप्रति चित्त बुझेको छैन । उनी भन्छन्, ‘अहिले त्यसको घेरबारको लागि बजेट छुट्याएको छ तर त्यतिले त पूरा हुने सम्भावना नै छैन ।

हाम्रो गत वर्षको त्यत्रो ठूलो रकम फ्रिज भयो । अहिले हामीले केन्द्र्रीय सरकारसँग हाम्रो नमूना राजधानी बनाउँछौ भन्ने पक्षमा अलिकति पहल गर्‍यौं भने मलाई लाग्छ राजधानी बनाउन २–४ अर्ब केन्द्र सरकारले सहयोग गर्छ होला तर त्यो पहलकदमी भएन । त्यसको विषयमा बैठक पनि बसेन । छलफल पनि चलाएन ।’

सभामुख थापाले राजधानीबारे आफ्नो अवधारणापत्र पनि सार्वजनिक गरेका थिए तर कसैले चासो नलिएपछि उनी निराश भएका छन् । ‘अवधारणाबारे कहीँकतै कसैले चासो दिएन । यो १ वर्षसम्म एउटा बैठक बस्नुपर्ने थियो । छलफल हुनुपर्ने थियो । छलफल नभएकोमा मलाई पनि मन परेको छैन । १ वर्षभित्र पनि त्यसको केही शुरूवात नहुनु राम्रो होइन,’ उनले भने ।

वनजंगल फडानी गरेर राजधानी बनाउन लागेको आरोप छ, सरकारले मुद्दा पनि खेपिरहेको छ नि भन्ने जिज्ञासामा सभामुख थापा भन्छन्, ‘जंगल फाँड्ने होइन, नयाँ सिर्जना गर्न हो । अझै राम्रो गर्ने हो । जो बुट्यान छन्, त्यसको ठाउँमा ठूलठूला रुखहरू लगाउने हो । अक्सिजनयुक्त बोटहरू उमार्ने हाम्रो लक्ष्य छ । त्यो उजाड गर्ने होइन थप हराभरा गराउने हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x