कात्तिक २४, २०८०
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
काठमाडौं- धितोपत्र बजारमा कारोबारमापक नेप्से परिसूचक बिहीवार पुनः थामिएको छ । मंगलवार र बुधवार बढेको नेप्से आज भने थामिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से ३.७ बिन्दुले घटेर एक हजार १९१.०७ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९६ बिन्दुले घटेर २५९.९० बिन्दुमा पुगेको छ ।
नेप्से घटेसँगै कारोबार रकमसमेत औसतमा सीमित भएको छ । कूल १६७ कम्पनीको नौ लाख ५७ हजार ८८१ कित्ता शेयर २९ करोड एक लाख ७७ हजार ३५७ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोबार भएको कूल ११ उपसमूहमध्ये दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर घटेको छ । निर्जीवन बीमा ०.१३ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ ३.०३, होटल ३६.११, विकास बैंक ३.३५, जलविद्युत् ९.४६, वित्त १.९२, उत्पादन ७.३६, अन्य ०.३५, लघुवित्त ३.३७ र जीवन बीमा १८.०७ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक करोड ५१ लाख ९३ हजार ७४५ रुपैयाँ बराबरको कारोबार भयो । सिटिजन बैंक एक करोड ४४ लाख १५ लाख ८३७, एनआइसी एशिया रु एक करोड ३० लाख ३७ हजार, नागरिक लगानी कोष एक करोड दुई लाख ७३ हजार, प्रभु बैंक ८६ लाख ८२ हजार ५८७ र शिखर इन्स्योरेन्स कम्पनीको ८३ लाख ४० हजार ८८८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.८७ प्रतिशतले कमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५.९७, एनआइसी एशिया ग्रोथ फण्ड ३.७९, दिव्येश्वरी हाइड्रोपावर ३.३९, छ्याङ्दी हाइड्रोपावर २.६० र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.४८ प्रतिशतले कमाए ।
यस्तै अरुण काबेली पावर ६.९१, कर्णाली डेभलपमेन्ट बैंक ४.५४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.८०, ङादी पावर ३.७० र महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.६ प्रतिशतले गुमाए ।
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...