मंसिर २९, २०८०
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–११ की माया विकको सामूहिक बलात्कार र हत्या मुद्दाको फैसलामा ढिलाइ भएको छ ।
घटनाको मुद्दा अन्तर्गतको ९ औं पटकको पेशी स्थगित भएपछि बल्ल जिल्ला अदालत कैलालीले मंगलवार वादी र प्रतिवादी पक्षका वकिललाई लिखित बहस नोट पेश गर्न आदेश जारी गरेको छ ।
जिल्ला अदालत कैलालीका न्यायाधीश कृष्णप्रसाद नेपालको एकल इजलालले सो आदेश जारी गरेको हो । अदालतको श्रेस्तेदार भुवन गिरीका अनुसार मंगलवार तोकिएको १० औंं पटकको पेशीको सुनुवाइ गर्दै आदेश जारी गरेको बताए । मुद्दाको फैसला दशैंलगत्तै हुन सक्ने श्रेस्तेदार गिरीले बताए ।
गत वर्ष असार १२ गते कार्यालय जान घरबाट हिँडेकी विकको १५ गते गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा शव भेटिएको थियो । उनको सामूहिक बलात्कारपछि हत्या भएको थियो ।
बलात्कारमा संलग्न रहेको भन्दै प्रहरीले गौरीगंगा–११ का गणेश बडूवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र दीपेन्द्र बोगटीलाई पक्राउ गरेको थियो । पाँचै जनाविरुद्ध कर्तव्य ज्यान, जबरजस्ती करणी र अपहरण अन्तर्गत मुद्दा चलिरहेको छ । हाल उनीहरू पुर्पक्षका लागि थुनामा रहेका छन् ।
घटना भएको १ वर्षभन्दा बढी समय बितेपनि फैसला नहुँदा पीडित परिवारले अन्याय भएको अनुभूति गरेका छन् । बलात्कारजस्तो निकै संवेदनशील मुद्दालाई चाँडै टुंगो लगाउनुपर्ने भएपनि पटक–पटक सरेको पेशीले पीडित परिवारमा निराशा छाएको हो । मायाका बुवा खडक विकले विभिन्न नाममा फैसला लम्ब्याएर आफूहरूलाई पीडामाथि पीडा थोपारिएको दुःखेसो सुनाए ।
हालसम्म प्रतिवादीका कानून व्यवसायी र सरकारी वकिलबाट ४/४ पटक र १ पटक इजलास नै नबसेर मुद्दाको पेशी सरेको जनाइएको छ ।
जिल्ला अदालत कैलालीले गरेको थुनछेक आदेशविरुद्ध प्रतिवादीका तर्फका कानून व्यवसायीले उच्च अलदातमा रिट दायर गरेपछि सुनुवाइमा ढिलाइ भएको अदालतका श्रेस्तेदार गिरीले बताए ।
मुद्दाको प्रकृति अनुसार निरन्तर चल्ने मुुद्दा भएपनि उच्च अदालतमा परेको रिटका कारण र प्रतिवादी वकिल धेरै भएको कारण मुद्दाको सुनुवाइमा ढिला भएको श्रेस्तेदार गिरीको भनाइ छ ।
कुनै पनि मुद्दाको किनारा जिल्ला अदालतले १ वर्षभित्रै टुंग्याउनुपर्ने कानूनी प्रावधान रहेको छ । सोही अनुसार माया विकको मुद्दाको असारभित्रै अन्तिम फैसला आउनुपर्ने हो । एउटा मुुद्दामा १ जना वकिलले २ पटकसम्म मात्रै पेशी सार्न पाउने प्रावधान रहेपनि प्रतिवादी वकिल ५ जना हुनु र वादी तर्फबाट पनि केही मिसिल अपुग हुँदा पेशी सारिएर फैसलामा ढिला हुन गएको श्रेस्तेदार गिरीले बताए ।
यौन सम्पर्क गर्न नमानेपछि सामूहिक बलात्कार !
गत वर्ष असार १२ गते गौरीगंगा नगरपालिकाको सामाजिक परिचालकमा कार्यरत विक कार्यालय जान भनेर घरबाट हिँडेकी थिइन् । कार्यालयबाट घर नफर्किंदा माया कहाँ गइन् भनेर परिवारजनले सोधखोज शुरू गरे । भोलिपल्ट पनि सम्पर्कमा नआएपछि परिवारका सदस्यले प्रहरीमा हराएको उजुरी गरे ।
असार १५ गते कैलालीको गौरीगंगा नगरपालिका–११ कै चपथली सामुदायिक वनमा उनको शव भेटियो । १ साता लामो प्रहरीको अनुसन्धानले उनको सामूहिक बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
युवती हत्याको मुख्य योजनाकार भन्दै ३० वर्षका गणेश बडूवाल, घटनामा संलग्न २७ वर्षका मनोज बोगटी, २१ वर्षका सुरज चौधरी, २० वर्षको भुवन खाती र १९ वर्षका दीपेन्द्र बोगटीलाई असार २२ गते प्रहरीले सार्वजनिक गरेको थियो ।
गत वर्ष अभियुक्त सार्वजनिक गर्दै कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले ३ जनाले सामूहिक बलात्कारपछि हत्या गरेको बताएका थिए ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...