×

NMB BANK
NIC ASIA

शिक्षालयमा अनियमितता

विद्यालयका कम्प्युटर शिक्षकहरूका घरघरमा : अख्तियार पस्यो, बिलायो !

असोज १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – कैलालीको भजनी नगरपालिका–४ खैलाडस्थित राष्ट्रिय माध्यमिक विद्यालयलाई आर्थिक वर्ष २०७४/०७५ मा ७ लाख ९० हजार रुपैयाँ आईसीटी अनुदान प्राप्त भयो ।

Muktinath Bank

अनुदान रकमबाट विद्यालयले टीकापुरस्थित एभरेस्ट कम्प्युटर सेल्स एण्ड सप्लायर्सबाट ६ वटा डेस्कटप कम्प्युटर, १ वटा ल्यापटप, १ वटा प्रोजेक्टर, १ प्रिन्टर र २ वटा सोलार ब्याट्री खरिद गर्‍यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालयको सामाजिक परीक्षण प्रतिवेदन अनुसार ७ लाख ९० हजार आईसीटी अनुदान रकम भएपनि ठीक ६ लाख रुपैयाँको मात्रै विभिन्न उपकरण खरिद गरिएको सप्लायर्सले २०७५ असार १० गते जारी गरेको बिलमा उल्लेख छ तर विद्यालयले २०७५ कात्तिक २६ गते उठाएको भौचर अनुसार ४ लाख ६७ हजार रकम उल्लेख गरी आईसीटी हिसाब मिलान गरेको छ ।  


Advertisment
Nabil box
Kumari

प्राप्त अनुदान, खरिद बिल र भौचरमा उल्लेख भएको कुनै पनि रकम मेल नखाएपछि विद्यालय प्रशासन विवादमा तानिएको छ । विद्यालयकै प्रधानाध्यापक, लेखापाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीमाथि लाखौं अनियमितताको आरोप समेत लागेको छ ।

Vianet communication
Laxmi Bank

विद्यालयको उपकरण शिक्षकको घरमा

अर्काे अचम्मको तथ्य के छ भने विद्यालयले आव २०७४/०७५ भन्दा पहिले पनि १३ वटा डेस्कटप कम्प्युटर खरिद गरेको पाइएको छ तर हाल सो विद्यालयमा पुरानो र नयाँ गरी जम्मा ४ वटा डेस्कटप कम्प्युटर, १ वटा ल्यापटप र १ वटा प्रिन्टरबाहेक सबै गायब गरिएका छन् । यति ठूलो परिमाणका उपकरणहरू गायब भएपछि स्थानीयमा आक्रोशको सीमा नै छैन ।

स्रोतका अनुसार गायब गरिएको उपकरणहरू केही विद्यालयकै शिक्षकको घरमा भेटिएको छ । पूर्व प्रधानाध्यापक बालासिंह खत्री र पूर्व लेखापाल जगदिश कुमार महतोको घरमा १/१ थान कम्प्युटर, प्लस टू संयोजक मथुरा चौधरीको घरमा १ थान प्रोजेक्टर र शिक्षक दलबहादुर चौधरीको घरमा १ थान डिजिटल तराजु भेटिएको स्रोतको दाबी छ । केही उपकरण बिलमा मात्रै देखिएको छ ।

विद्यालयमा मौज्दात जिन्सी सामग्री लगायत हिसाबकिताबमा गडबडी भएपछि विद्यालयका पूर्व प्रधानाध्यापक खत्रीले नयाँ प्रधानाध्यापक सुरेशकुमार कठरियालाई विद्यालयको दायित्व र जिम्मेवारी हालसम्म बरबुझारत गर्न सकेका छैनन् ।

विद्यालयका नयाँ प्रअ कठरियाले भने, ‘म गत जेठ १३ गते विद्यालयमा हाजिर भएँ । विद्यालयको खातापाता हेर्दा विद्यालय सकिएको जस्तो लाग्यो । सबै ठाउँमा आर्थिक अनियमिता छ । कहीँ बक्यौता देखिन्छ । कहीँ पेश्की बेरुजु देखिन्छ । कुनै काम नीति र प्रक्रियागत भएको छैन ।’ 

विद्यालयको सामाजिक लेखा परीक्षण प्रतिवेदन अनुसार विद्यालयलको हालसम्म २२ लाख १४ हजार ५ सय ८९ रुपैयाँ बक्यौता र ११ लाख ६५ हजार २ सय रुपैयाँ विभिन्न व्यक्तिको नाममा पेश्की असूली गर्न बाँकी देखिएको छ ।

प्रअ कठरियाले विद्यालयको लागि सामान खरिदको भुक्तानी देखिएको तर सामान केही पनि नभएको जनाउँदै विद्यालय पूरै डामाडोल भएको दाबी गरे । आर्थिक अनियमिता भएको थुप्रै आधार देखिएको समेत ठोकुवा गर्दै प्रअ कठरियाले विद्यालयको दूरावस्थाको जिम्मेवारी विद्यालयका पूर्व प्रधानाध्यापक, लेखापाल र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले लिनुपर्नेमा जोड दिए ।

उनले विद्यालयकै शिक्षकका घरमा कम्प्युटर र प्रोजेक्टर प्रयोग गरेको भेटिएपनि इन्भर्टर, फोटोकपी मशिन भने फेला पार्न नसकेको जानकारी दिए ।

स्थानीयले विद्यालयका पूर्व प्रअ खत्री, पूर्व लेखापालद्वय जगदिश महतो र वीरबहादुर चौधरीमाथि आर्थिक अनियमिताको आशंका गरेका छन् । पूर्व लेखापाल वीरबहादुर चौधरीको नाममा हालसम्म ३९ हजार ९ सय र जगदिश कुमार महतोको नाममा ४ लाख २० हजार रुपैयाँ पेश्की देखिएको जनाइएको छ तर अनियमिता भएको थुप्रै तथ्यले प्रमाणित भएपनि असूलउपर तथा कारवाही नभएको गुनासो स्थानीयको छ । 
स्थानीय सुरेश महतोले भने, ‘स्कूल डुबाउने र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने भ्रष्टलाई कुनै पनि हालतमा छोडिनुहुन्न तर हालसम्म कुनैपनि कारवाही नहुनु बिडम्बना हो ।’

आर्थिक हिनामिनामा लेखापाल महतोको संलग्नता देखिएको भन्दै स्थानीयले दबाब दिएपछि विद्यालयका लेखापाल महतोलाई भने विद्यालय व्यवस्थापन समितिले २०७४ चैत्रदेखि विद्यालयबाट निष्कासन गरेको छ तर उनको पेश्की न त फर्छ्यौट गरिएको छ, न त असूली गरिएको छ ।

पूर्व लेखापाल महतोले आफूलाई पूर्व प्रअ खत्रीले प्रयोग गरेको आरोप लगाए । ‘हेड सरको आफन्त जस्तै थिए । विद्यालयको आवश्यकता भन्दै विश्वासको भरमा भनेको आधारमा रकम निकासामा सहयोग गरे । पछि बिल भरपाइ मिलाउने र भौचर उठाउने भन्नुहुन्थ्यो । मैले सोही बमोजिम काम गरे । मलाई फसाइयो,’ उनले भने ।

अख्तियार पस्यो तर बिलायो

आव २०७०/०७१ मा विद्यालयले २ तल्ले ४ कोठे पक्की भवन र १ वटा २ कोठे शौचालय निर्माणको लागि जिल्ला शिक्षा कार्यालयबाट २४ लाख अनुदान प्राप्त गरेको थियो तर न पक्की भवन बन्यो, न त शौचालय नै । हालसम्म काम अधूरै रहेको छ ।

उल्टै भवन र शौचालय निर्माणमा ४५ लाख खर्च देखाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेको छ । अख्तियारको टोली गत वर्षको पुुस महिनादेखि अनुसन्धान थालेको छ तर हालसम्म टुंगोमा पुग्न नसक्दा स्थानीयले निराशा व्यक्त गरेका छन् ।

विद्यार्थीको पैसामा ब्रह्मलूट

विद्यार्थीबाट शुल्क असूल गर्न नपाउने कानूनी व्यवस्था भएपनि विद्यालयले विभिन्न नाममा शुल्क असूली गरेको पाइएको छ । यहाँसम्मकी असुली गरिएको शुल्क समेत हिनामिना भएको विद्यालयका प्रअ कठरियाले बताए ।

प्रअ कठरियाले भने, ‘विद्यार्थी भर्ना, सहयोग शुल्कको नाममा विद्यार्थीबाट शुल्क लिइएको छ । विद्यालयको नगदी ठेली रसिदमा हस्ताक्षर विना विद्यार्थीबाट पैसा लिएको देखिएको भएपनि रसिदबाट संकलन भएको पैसाको कुनै हरहिसाब छैन ।’

सामाजिक लेखा परीक्षण हुन छाड्यो

विवादमा मुछिएपछि विद्यालयको पछिल्लो २ वर्षदेखि सामाजिक लेखा परीक्षण नगरिएको भेटिएको छ । आव २०७४/०७५ पछि विद्यालयले हालसम्म समाजिक लेखा परीक्षण नगरेको हो । विद्यालयको अभिभावक भेला समेत बस्न सकेको छैन । सामाजिक लेखा परीक्षण नगरिँदा स्थानीयले विद्यालयमा अनियमितता भएको दाबी गर्दै आएका छन् ।

शिक्षा नियमावली अनुसार हरेक विद्यालयले भदौ ७ गतेभित्र अनिवार्य रुपमा प्रत्येक शैक्षिक सत्रको सामाजिक लेखा परीक्षण गर्नुपर्ने प्रावधान छ । सामाजिक लेखा परीक्षण नगरिए विद्यालयको शिक्षकको तलब रोक्कादेखि लेखा परीक्षणसम्म गर्न नमिल्ने व्यवस्था छ । 

विद्यालयमा विवाद बढेपछि मोतीलाल विकको संयोजकत्वमा विद्यालय सुधार संघर्ष समिति समेत गठन गरिएको छ । समितिका संयोजक बिकले विद्यालयको सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिएर अध्ययन थालेको बताए । 

विद्यालयका पूर्व प्रअ खत्री र प्लस टू संयोजक मथुरा चौधरीलाई लोकान्तरले पटक–पटक सम्पर्क गर्न खोज्दा समेत सम्पर्क हुन सकेन । 

भजनी नगरपालिकाका मेयर शेरबहादुुर चौधरीले विद्यालय नगरपालिकाको निगरानीमा परेको बताए । विद्यालय सुधार संघर्ष समिति गठन गरिएकाले समितिको अनुसन्धान प्रतिवेदनबाटै निकास खोजिने उनको भनाइ थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x