कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
काठमाडौं – तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको घटना हाल चर्चामा छ ।
दुवैबीच यो विवादास्पद सम्बन्ध र अवस्था एकैक्षणमा आएको होइन । यसका पछाडि वर्षाैं पुरानो पृष्ठभूमि देखिन्छ ।
जनकपुरमा जन्मिएकी रोशनी शाही बुवासँगै रोल्पाको लिबाङ पुगिन् किशोरावस्थामै । बुवा स्वास्थ्यकर्मी भएकाले रोजगारीका क्रममा रोल्पामा खटिएका थिए ।
स्वास्थ्यकर्मी बुवासँगै रोशनी रोल्पाको लिबाङ–७ मेवाङस्थित कृष्णबहादुर महराको घरमा डेरामा बसिन् । महरा लिबाङ माध्यमिक विद्यालयमा शिक्षक थिए । बुवासँगै रोशनी महराकै घरमा लगभग ५ वर्ष बसिन् । उतिबेला महराका छोरा राहुल र निर्मल समेत सानै रहेका पारिवारिक स्रोतले जनाएको छ ।
महराको घरमा आफू ५ वर्ष बसेको रोशनीले आफ्नो फेसबूक स्टेटसमा लेखेकी छन् २०७४ वैशाख १६ ।
हेर्नुस् फेसबूक स्टेटस –
फेसबूक स्टेटसमा उनले ५ वर्षमा ‘मुटुमा, मनमा र पेटमा गाँसिएका सम्झनाहरू’ भनेर लेखेकी छन् ।
त्यसपछि महरा क्रान्तिका लागि जनयुद्ध गर्न जंगलतिर लागे । रोशनी समेत नर्सिङ पढाइतिर लागिन् । २०६३ सालमा तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा रोशनीले नर्सिङ पढिसकेकी थिइन् । रोशनी त्यतिबेलैदेखि माओवादी निकट रहेकी र स्वास्थ्यकर्मी संगठनका नेता चित्रजंग शाहीसँग यसबीच उनको विवाह भइसकेको थियो ।
माओवादी शान्ति प्रक्रियामा आएपछि नेता कृष्णबहादुर महरा लगातार सत्ता वरिपरि रहे । एकातिर पुरानो चिनजान र अर्काेतिर आफ्नै पार्टीको स्वास्थ्यकर्मी संगठनका नेताकी पत्नी भइसकेकी रोशनी र महराबीच काठमाडौंमा निकटता बढेको पारिवारिक स्रोतले बतायो । यसबारे महरा परिवारका सदस्यलाई जानकारी थियो तर कसैले सम्बन्धलाई रोक्ने आट गरेनन् । दुवैबीचको उतारचढावपूर्ण सम्बन्ध अगाडि बढ्दै गयो ।
अन्त्यमा महराको राजनीतिक भविष्य नै ध्वस्त पार्ने गरी रोशनीसँगको सम्बन्ध सार्वजनिक भएको छ । रोशनी र उनका पतिबीच समेत सम्बन्धविच्छेद गर्ने सम्झौता भएको छ । महराले यौन दुर्व्यवहार गरेको भनेर रोशनीले लगाएको आरोप र त्यसपछि आरोप फिर्ता गरेको घटना सार्वजनिक बहस, चासो र अनुसन्धानको विषय बनेको छ ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...