×

NMB BANK
NIC ASIA

'मेड इन चाइना' फिल्म समीक्षा : नौलो विषयवस्तुमा बनेको रमाइलो फिल्म

कात्तिक ८, २०७६

NTC
Premier Steels

हामी सबैले ग्राहक नै राजा हो भन्ने भनाइ पहिलेदेखि नै सुन्दै आइरहेका छौं । तर यो साँचो हो त ? राजकुमार राव र मौनी रोयको फिल्म मेड इन चाइनाले त्यो प्रश्नको उत्तर दिएको छ । 

Muktinath Bank

फिल्ममा राव रघुवीर मेहताको भूमिकामा छन् । रघु भारतको अहमदाबादमा रहेको पसले हो र ऊ आफूलाई व्यापारी भन्न मन पराउँदैन । उसका अनुसार, व्यवसायीहरू अवधारणा निकाल्छन् अनि व्यापारीहरू त बेच्छन् मात्र । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नै शर्तमा सफलता हात पार्ने दाउमा रहेका यी स्वघोषित व्यवसायीले पारिवारिक व्यापार भइकन पनि व्यापारका नयाँ अवधारणाको परीक्षण गरिबस्छन् र त्यसमा विफल हुन्छन् । पछि उनलाई जबर्जस्ती ती व्यापार त्याग्न लगाइन्छ र चीन पठाइन्छ । 


Advertisment
Nabil box
Kumari

मन नलागी नलागी उनी डेढ अर्ब जनसंख्या भएको चीन पुग्छन् र त्यहाँ एउटा नयाँ आइडिया उनको दिमागमा फुर्छ । ग्राहकहरूमा कामोत्तेजक औषधिको चर्को माग रहेको उनी पाउँछन् । उनी तुरुन्तै भारत फर्किन्छन् र कामोत्तेजक औषधिको व्यापार थाल्छन् । तर त्यो व्यापार सोचेजति सहज छैन । उनले विभिन्न अवरोधको सामना गर्नुपर्ने हुन्छ । 

Vianet communication

राजकुमार राव फिल्ममा एकदमै सरल रूपमा प्रस्तुत भएका छन् । पोहोर साल आएका उनका फिल्महरू सफल भएपछि उनका घमण्ड आएर अभिनय बिगारेको पाइँदैन । फिल्मको पात्र रघुले उनको पुरानो फिल्म सिटीलाइट्सको याद दिलाउँछ । उक्त फिल्ममा राव दीपक सिंह बनेका थिए । रघुले सामना गर्नुपरेको परिस्थिति दीपकको भन्दा अलि कम कठोर छ तर रुघुको निर्दोषपनमा दीपकको प्रतिबिम्ब पाइन्छ । 

फिल्मका अन्य कलाकारहरूको भूमिका उम्दा छ र मीठो कथामा उनीहरूले थप मसला हाल्ने काम गरेका छन् । 

रुघुकी पत्नीका रूपमा मौनी रोयले आश्चर्यमा पार्छिन् । सानो भूमिका भएपनि मौनीको अभिनय शक्तिशाली छ र स्क्रीनमा देखिएपिच्छे उनी प्रभाव पार्न सफल छिन् । पोहोर साल आएको गोल्डपछि मौनीको यो दोस्रो बलिउड फिल्म हो । 

अमीरा दस्तुर, परेश रावल, गजराज राव र सुमीत व्यासको भूमिका छोटोछोटो भएपनि दर्शकको ध्यान तान्न सफल छन् । डा वर्धीका रूपमा बोमन इरानी चाहिँ फिल्ममा पूरै हावी भएका छन् । 

डा वर्धीको पात्रमा बोमनका दुई प्रमुख चरित्र थ्री इडियट्सका वीरु सहस्त्रबुद्धे र मुन्नाभाई एमबीबीएसका डा अस्थानाको मिश्रण पाइन्छ । उनको अभिनयले स्क्रीनमा अरू सबैलाई छायाँमा पार्छ । 

मेड इन चाइनामा यदाकदा तार्किकता भंग गरिएको देखिन्छ । मिखिल मुसालेले निर्देशन गरेको फिल्मको दोस्रो हाफ अलि सुस्त छ । तर फिल्म समग्रमा झूर भन्द मिल्दैन । 

व्यापारमा अघि बढ्नका लागि रघु टाइकूनदेखि लिएर आफ्नी पत्नीसम्मको सल्लाह लिन्छन् । कथानकलाई दामी संवादहरूले थप उचाइमा पुर्‍याएका छन् । 

यस फिल्मले यौन शिक्षा कसरी दिनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ र त्यसक्रममा रूपक अलंकार वा अप्ठ्यारो स्थिति आएको छैन । 

बलिउडमा आजै साँड की आँख र हाउसफुल ४ पनि आएका छन् र ती फिल्मले जति प्रचार मेड इन चाइनाले पाएको छैन । तर प्रचार नपाएपनि फिल्म उम्दा छ ।

फिल्म : मेड इन चाइना
कलाकार :राजकुमार राव, मौनी रोय, बोमन इरानी, परेश रावल, गजराज राव आदि
निर्देशक  : मिखिल मुसाले
रेटिङ : ३/५

 

इन्डिया टुडेमा प्रकाशित विभा मारुको समीक्षा 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x