×

NMB BANK
NIC ASIA

बस दुर्घटना

फक्रिन नपाउँदै कुल्चिए २ मूना : सुनुवाई नगरे सडकमै शव तेर्साउने चेतावनी

कात्तिक १६, २०७६

NTC
Premier Steels

धनगढी –  कैलालीको घोडाघोडी नगरपालिका–८ दिपनगरका वर्ष १२ का लक्ष्मण चौधरी बर्दगोरिया गाउँपालिका–१ मुडा गाउँमा रहेको आफ्नो मामा घर तिहार मनाउँन गएका थिए । मामा घर गएका उनी अझै घर फर्केका थिएनन् ।

Muktinath Bank

बिहीवार साँझ भाइ (मामाको छोरा) वर्ष ८ का अंशु चौधरीलाई साइकलमा बसाएर बौनिया बजारतिर निस्किए । तर साइकल सफारीको मज्जा लिइरहेका दाजुभाइलाई विपरित दिशातर्फ आएको बसले हुत्यायो । जीवनको मजा लिन सिकिरहेका २ मूनालाई बसले सदाको लागि हुत्यायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय प्रत्यक्षदर्शीलाई उदृत गर्दै मृतकका आफन्त इन्द्र चौधरी भन्छन्, ‘पश्चिमबाट पूर्वतर्फ गैरहेको बसले सडकको कालोपत्रे भन्दा बाहिरको भागमा साइकलमा सवार बच्चाहरुलाई ठोकेको छ । यो सरासर अततायी घटना हो । हत्या हो । क्षम्य हुदै होइन ।’


Advertisment
Nabil box
Kumari

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको यात्रु बाहक बसले बर्दगोरिया गाउँपालिका–१ साझाचोकमा साइकलमा सवार बच्चाहरुलाई ठक्कर दिएको हो ।

Vianet communication

बसको ठक्करले गम्भिर घाइते भएका बच्चाहरूको समान्य उपचारपछि नेपालगञ्ज रेफर गरिएको थियो । तर लक्ष्मणको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा र अंशुको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

 मृतक अंशु चौधरी (बायाँ) र मृतक लक्ष्मण चौधरी (दायाँ)

उपचारको क्रममा ज्यान गएपछि आफन्तसहित स्थानीयले केही माग अगाडी सारेर शुक्रबार करिब दिनभर पूर्वपश्चिम राजमार्ग अन्तरगत बौनिया र सुखड खण्ड अवरुद्ध पारे । २ पटक पीडित परिवार, यातायात व्यवसायी र प्रशासनबीच भएको छलफल बिना निष्कर्ष टुंगियो । अबरुद्ध राजमार्ग भने सुचारू गरियो ।

यात्रुहरूको अवस्थालाई मध्येनजर गरि यातायात सुचारू गर्न दिएको बताउँदै मृतकका आफन्त रामकुमार कठरियाले अझैसम्म कुनै पनि आफुहरूको माग पूरा नभएका बताए ।

बदनियतपूर्ण ढंगले बच्चाहरुको हत्या भएको बताउँदै कठरियाले प्रति मृतक १५ लाख क्षतिपूर्ति र दोषीलाई हदैसम्मको कारवाहीको माग गरेको बताए । तर अझैसम्म कुनै सहमति नभएको र शनिबार दिउँसोसम्म सहमति नजुटे घटनास्थलमै बच्चाहरुको लास तेर्साएर आन्दोलन चर्काउने चेतावनी आफन्तले दिएका छन् ।

‘माग पूरा नभएसम्म हामी लास कुनै हालतमा बुझ्नेवाला छैनौ । यो दुर्घटना होइन । सडकमा आफ्नो साइडमा हिड्ने जो कोहिलाई मार्न पाइन्न । माग पूरा नगरिए लास तेर्साएर कडा आन्दोलन गर्छौ’, मृतकका आफन्त इन्द्र चौधरीले चेतावनी दिए ।

लामो समयसम्म अवरुद्ध राजमार्ग खुलेपछि अलपत्र परेका सवारी साधन र यात्रीहरु गन्तव्यतिर गएका छन् । ठक्कर दिने बस र बस चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x