×

NMB BANK
NIC ASIA

किसानलाई दुःख

धानको समर्थन मूल्य : किसानका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ !

कात्तिक २१, २०७६

NTC
Premier Steels

धनगढी – सरकारले कात्तिक ५ धानको समर्थन मूल्य तोक्यो । मोटा धानप्रति क्विन्टल २ हजार ५३२ रुपैयाँ र मध्यम धामको मूल्य प्रतिक्विन्टल २ हजार ६७३ रुपैयाँ तोकेको हो ।

Muktinath Bank

तर सरकारी समर्थन मूल्य दूरदराजका जनतामा प्रभावहीन बनेको छ । सरकारी दररेटमा धान खरिद गरिदिने सरकारी निकायको टुंगो छैन । मूल्यको नियमन नभएपछि किसान सस्तो दररेटमा धान बेच्न बाध्य छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको कैलारी गाउँपालिका–९ गदरियाका स्थानीय सुमी रानाले गदरिया बजारकै गल्ला व्यापारी कहाँ प्रतिक्विन्टल २ हजारमा धान बिक्री गरेको सुनाए । ‘किसानको बाध्यता कसले बुझ्छ र ? यसै धान बेचेर हिउँदे सिजनको लागि मल किन्नु छ । डिजेल किन्नु छ । घरको गर्ज पनि यसैबाट टार्नुछ । बाध्यताले पनि हामीले सस्तोमा धान बेच्नुपर्छ,’ रानाले भने, ‘सरकारले त मूल्य मात्रै तोक्छ । खरिद गर्छ/गर्दैन हामीलाई फरक पदैन ।’


Advertisment
Nabil box
Kumari

कैलारी गाउँपालिका–५ बेनौलीका स्थानीय सोमलाल डंगौराले मल किन्नलाई प्रतिक्विन्टल १ हजार ९ सय रुपैयाँ धान बिक्री गरेको जानकारी दिए । उनले १ क्विन्टल मल किन्नलाई करीब ३ क्विन्टल धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए । धान उत्पादनको लागत मूल्य किसानले कहिल्यै नपाएको गुनासो पोख्दै उनले हालसम्म कुनै पनि सरकारले किसानको मर्म नबुझेको दुःखेसो सुनाए ।

Vianet communication

सस्तोमा धान बिक्री गर्न बाध्य भएका राना र डंगौरा प्रतिनिधि किसान मात्रै हुन्, किसानको यो नियति नौलो होइन । उत्पादित धानको मूल्य नपाउनु, समयमा मल, बिउबिजनको अभाव झेल्नु किसानलाई सामान्यजस्तै भएको छ ।

सरकारले बर्सेनि तोक्ने धानको मूल्यले किसानलाई उत्साही बनाउने गरेको छ तर बिडम्बना ! तोकिएको मूल्य अर्कै र बेच्नुपर्ने मूल्य अर्कै भएपछि किसानलाई सरकारी समर्थन मूल्य ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’झै भएको हो । 

सरकारले मोटो धानको मूल्य प्रतिक्विन्टल २ हजार ५३२ रुपैयाँ तोकेपछि मेहनत अनुसारको मूल्य पाइने भनेर धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटानका किसान राजेन्द्र राना उत्साहित भए तर रानाले गाउँकै गल्ला व्यापारी कहाँ प्रतिक्विन्टल २ हजार १ सय रुपैयाँमा ११ क्विन्टल धान बिक्री गर्नुपर्‍यो ।

‘सरकारले मूल्य निर्धारण गरेकाले श्रम, मेहनत र लागत अनुसारको मूल्य पाइएला भन्ने आशा थियो तर धेरै ठाउँ बुझ्दा २१ सयभन्दा बढीमा खरिद गर्न कसैले पनि मानेनन्,’ रानाले गुनासो पोखे, ‘नियमित वर्षा नहुँदा यस वर्ष धान फलेन, फलेको धान पनि लागत अनुसारको मूल्य पाइएन ।’ 

मूल्य निर्धारण गरेपनि सरकारले धाम खरिद नगर्दा र व्यापारीले सरकारले तोकेको मूल्य लागू नगर्दा कैलालीका किसान सस्तोमा धान बेचिरहेका छन् । श्रम अनुसारको मूल्य नपाएको किसानको गुनासो छ । धनगढी उपमहानगरपालिका–११ भादागाउँका किसान जग्नु चौधरीले सरकारले तोकेको मूल्य गल्ला व्यापारीले लागू नगर्दा आफूहरू मारमा परेको बताए । सरकारले खरिद नगरेकाले पनि व्यापारीले भनेको मूल्यमा धान बेच्नु परिरहेको उनले गुनासो गरे ।

धान खरिदकर्ता कम्पनीको पुरानै कार्यशैली

कात्तिक ५ गते नै मन्त्रिपरिषद्को बैठकले धानको मूल्य तोकेपनि धान खरिदकर्ता सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी (साविकको नेपाल खाद्य संस्थान) हालसम्म कुनै तयारी नगरेको पाइएको छ । कम्पनीको अञ्चल कार्यालय धनगढीका प्रमुख अनिलकुमार श्रेष्ठले धान खरिदको लागि केन्द्रीय कार्यालयको निर्देशन पर्खेर बसेको बताए ।

अञ्चल प्रमुख श्रेष्ठले जिल्ला स्तरमा धानको मूल्य निर्धारणको लागि कैलाली उद्योग वाणिज्य संघसँग धानको मूल्यसूची मागेको बताउँदै सरकारले तोकेको समर्थन मूल्यमा धान खरिद गर्न नसकिने पनि आशय व्यक्त गरे । चालू वर्ष ७० हजार धान खरिद गर्ने कोटा रहेको बताउँदै उनले खरिद डिपो सञ्चालन गर्न अझै हप्तौं दिनसम्म लाग्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x