जात्रा हेर्न गएका वडा सदस्य मृत भेटिए

बैतडी –जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा शुक्रवार भेटिएका हुन् ।

पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उहाँको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए। 


Advertisement

गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएको वडा सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्