×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक

ओलीले ५ वर्ष नै सरकार चलाउने, प्रचण्ड कार्यकारी अध्यक्ष

मंसिर ४, २०७६

NTC
Premier Steels

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ ।

Muktinath Bank

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

'अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताताक्रम यथावत हुनेछ,' बैठकपछि प्रवक्ता श्रेष्ठले भने, 'अध्यक्ष क. केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष क. प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने ।'

Vianet communication

बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने तर बैठक सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

'बैठक संयुक्त अध्यक्षतामा बस्नेछ तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन क. प्रचण्डले गर्ने,' बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले थपे ।

संसद्को यो कार्यकालमा सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्ने निर्णय भएको उनले बताए ।

यद्यपि पार्टी र सरकार दुई अध्यक्षबीचको सहमतिमै सञ्चालन हुने जानकारी उनले दिए ।

आजको बैठकले मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको थियो तर यससम्बन्धी कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने विषय भएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले छिट्टै निर्णय लिने विश्वास व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x