×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेशमा रकमान्तर 'रोग' बन्दै, संसदीय समितिले लियो चासो

मंसिर १०, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेश सभाको सार्वजनिक लेखा समितिले रकमान्तर प्रकरणमा प्रदेश सरकारलाई बोलाएर छलफल गरेको छ ।

Muktinath Bank

सोमवार बसेको समितिको बैठकमा समितिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई बैठकमा बोलाई रकमान्तरको बारेमा जानकारी लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले उतिबेला नियम र कानून नहेरेरै काम गरेका कारण रकमान्तर बढी भएको हो,' मन्त्री केसीले भनिन्, 'उक्त बजेटको दुरुपयोग होइन सदुपयोग भएको छ । बजेट खर्च कम भएका कारण सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खर्च बढी देखाउन रकमान्तर गर्न आग्रह गरिएको थियो । सोही अनुसार हामीले रकमान्तर गर्दै मेसिनरी तथा गाडी खरिद गरेका हौं ।’


Advertisment
Nabil box
Kumari

मन्त्री केसीले अर्थ मन्त्रालयबाट अनुमति पाएका कारण आफूहरुले रकमान्तर गरेको र बढी रकमान्तर हुनु सरकारका लागि पहिलो सिकाइ भएको बताईन । ‘गत आर्थिक वर्षबाट पाठ सिक्दै चालू आर्थिक वर्षको दोश्रो चौमासिक भित्रै रकमान्तर गर्ने निर्णय सरकारले गरिसकेको छ,' उनले भनिन, ‘असारे विकासे प्रवृत्ति अन्त्य गर्न यो निर्णय गरेका हौं ।’

Vianet communication

प्रदेश सरकारका अर्का मन्त्री नरेश भण्डारीले आर्थिक नियमावली २०७४ मा २५ प्रतिशतसम्म रकमान्तर गर्न सकिने व्यवस्थामा टेकेर रकमान्तर गरिएको बताए । ‘हामीले रकमान्तर गर्दा आर्थिक नियमावली २०७४ मा टेकेर गरेका हौं,’ उनले भने, ‘आगामी दिनमा सीमाभित्रै रहेर हामी रकमान्तर गर्छौं ।’

यता समितिले गठन गरेको छानविन समितिका संयोजक करवीर शाहीले विनियोजन ऐनमा प्रष्ट रुपमा बढीमा १० प्रतिशतसम्म मात्रै रकमान्तर गर्न पाईने कानूनी व्यवस्था सरकारले लत्याएको बताए । ‘सरकारले सदनले पारित गरेको ऐनलाई उल्लंघन गर्ने अधिकार कहाँबाट पायो ?’उनले प्रश्न गरे, ‘सामाजिक विकास मन्त्रालयले १२ दशमलव २४ प्रतिशत अर्थात २० करोड ७५ लाख लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले १७ दशमलव ४८ प्रतिशत अर्थात १६ करोड ३५ लाख, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १६ दशमलव ४२ प्रतिशत अर्थात २९ करोड ४ लाख बजेट रकमान्तर गरेको हामीले पाएका छौं । नियम र कानूनको खिल्ली उडाउने गरी रकमान्तर गरिनु सरकारको गम्भीर लापरवाही हो ।’

समितिका सदस्य गोपाल शर्माले पनि जेठ महिनाको १ गते र १६ गते ठूलो मात्रामा बजेट रकमान्तर गरेको पाइएको बताए । ‘आर्थिक वर्ष २०७५/०७६को बजेटमा सबैभन्दा बढी बजेट यी तीन मन्त्रालयले रकमान्तर गरेको देखिएको छ,’ उनले भने, ‘हामीले उक्त बजेट कार्यान्वयन नहेरी कानूनी रुपमा मात्रै कसरी रकमान्तर भएको छ भन्ने हेरेका छौं ।’

उनले एक शीर्षकमा भएको बजेटलाई अर्को शीर्षकमा लिँदै रकमान्तर गरिनु मन्त्रालयले बजेटको पूर्वानुमान गर्न नसकेको भएको बताए । ‘मन्त्रालयलाई कति गाडी आवश्यक छ, कस्ता सामान चाहिन्छ भन्ने कुराको पूर्वानुमान हुनुपर्थ्यो,' उनले भने, ‘तर आर्थिक वर्षको अन्त्यमा यसरी खर्च देखाउने नाउँमा रकमान्तर गरिनु राम्रो होइन । यसबारेमा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग बसेर छलफल गर्छौं ।’ उनले सरकारका मन्त्रीहरुलाई स्पष्टिकरण सोध्न नभएर रकमान्तरबारे सूचना दिन बोलाइएको बताए ।

कहाँ कति भयो रकमान्तर

प्रदेश सभा सचिवालयले अर्थ विविध शीर्षकबाट  २ करोड ३३ लाख ५० हजार रुपैंया सवारी साधन शीर्षकमा रकमान्तर गरेको छ । मुख्यन्यायाधिवक्ताको कार्यलयमा ५५ लाख ७० हजार,  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भवनको संरचनात्मक सुधार खर्च ४० लाखलाई पनि सवारी साधन शीर्षकमा रकमान्तर गरिएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको प्रशासनिक खर्च अन्तर्गतको भवन निर्माण शीर्षकबाट ७० लाख, कार्यक्रम खर्च अन्तर्गतको भवन निर्माण, पशुधन तथा वागवानी विकास खर्च, पूँजीगत अनुसन्धान तथा परामर्श शीर्षकबाट २ करोड ७० लाख गरी ३ करोड ४० लाख रुपैंया सवारी साधन शीर्षकमा रकमान्तर गरिएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले मेसिनरी औजार शीर्षकबाट ३ करोड ४० लाख रुपैंया सोही शीर्षकमा रकमान्तर गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले  सशर्त चालू अनुदान शीर्षकबाट २ करोड ६० लाख रुपैयाँ सोही शीर्षकमा रकमान्तर गरिएको लेखा समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश लेखा नियन्त्रकको कार्यालयले ५९ लाख,  आन्तरिक मामिला तथा कानून मन्त्रालयले बाढी पीडितको पुर्नस्थापनाका लागि ८ करोड ७० लाख रुपैंया रकमान्तर गरेको छ । बाढी पीडित पुर्नस्थापनाका लागि बजेट निर्माण कै क्रममा खर्च पहिचान गर्न मन्त्रालयले नसकेको प्रतिवेदनमा उल्लेख छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कार्यक्रम खर्चअन्तर्गत भवन निर्माणका लागि विनियोजन गरिएको रकम मेसिनरी तथा औजार खरिदका लागि रु २ करोड ८४ लाख रकमान्तर गरिएको र आर्थिक वर्षको अन्त्यतिर मिति २०७६ जेठ १ गते  अर्थ विविध शीर्षकबाट  कार्यक्रम खर्चका लागि १ करोड २० लाख र सोही महिनाको १६ गते अर्थ विविध शीर्षकबाट  कार्यक्रम खर्च, भवन निर्माण, सडक तथा पुल निर्माण, सिंचाई संरचना निर्माणकालागि  १ करोड ३२ लाख रकमान्तर गरिएको छ । जुन बजेट खर्च गर्ने समय र रकमका हिसाबले अस्वाभाविक देखिएको प्रतिवेदनमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x