×

NMB BANK
NIC ASIA

धान खरिद गर्न खाद्य संस्थानलाई भ्याइँनभ्याइँ

मंसिर १४, २०७६

NTC
फाइल फोटो
Premier Steels

सरकारले यस वर्ष समयमै धानको मूल्य निर्धारण गरेपछि नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई धान खरिद गर्न भ्याइँनभ्याइँ भएको छ । धान बिक्री गर्ने किसानको पनि उत्तिकै घुइँचो छ ।

Muktinath Bank

दैनिक धान बिक्रीका लागि आउने किसानले पालो पर्खिनुपर्ने अवस्था आएको छ भने निश्चित कोटा तोकेर खरिद खुला गरेको खाद्यमा किसानले ल्याएको धान व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ । खाद्यले मोटो र मध्यम किसिमको धान खरिद गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाद्यले ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरेर गत कात्तिक २७ गतेदेखि खरिद शुरू गरेको थियो । हालसम्म १० हजार क्विन्टल धान खरिद गरिएको खाद्यले जनाएको छ । यस वर्ष मोटो धानको २ हजार ५३२.८० रुपैयाँ र मध्यम धानको २ हजार ६७३.१६ रुपैयाँ प्रतिक्विन्टल तोकिएको छ ।


Advertisment
Nabil box
Kumari

यस वर्ष तोकिएको धानको मूल्य गत वर्षको भन्दा २०० रुपैयाँले बढी हो । धान बिक्रीका लागि खाद्य व्यवस्था तथा व्यापार लिमिटेड पुगेका किसान तीर्थराम कलवार सरकारले किसानको भावना बुझेर मूल्य निर्धारण गरेकाले आफूले उत्पादन गरेको धान खाद्यमा बिक्रीका लागि ल्याएको बताए ।

Vianet communication

उनीसँगै भेटिएका अर्का किसान शालिकराम कोरीले बाह्य व्यापारीको तुलनामा खाद्यले खरिद गर्ने धानको मूल्य किसानको हितमा भएकाले आफू बिक्रीका लागि आएको बताए । ४ वटा काँटाबाट तौल गरेर रातदिन खट्ने गरे पनि किसानले भने धान बिक्रीका लागि केही समय कुर्नैपर्ने बाध्यता देखिएको छ । 

व्यापारीले भन्दा सरकारले धानको मूल्य बढी निर्धारण गरेपछि धान बिक्री गर्ने किसानको घुइँचो लागेको छ । धान बिक्रीका लागि किसान राति १ः०० बजेदेखि संस्थान अगाडि लाइन लाग्ने गरेका छन् । डुडुवा गाउँपालिका–५ कम्दीका रामसेवक यादवले धान बिक्रीका लागि राति १ः०० बजेदेखि लाइनमा बसेको बताए । उनले पालो छिटो पाइने आशामा बिहानैदेखि ट्रयाक्टरलाई लाइनमा बसालेको बताए । ट्रयाक्टरमा धान ल्याएका किसानले २–३ दिनपछि मात्र पालो पाउने गरेका छन् । 

संस्थानले मूल्य बढी दिएपछि गाउँमा धानको खरिद–बिक्री कम भएको छ । गाउँमा फाटफुटरुपमा खरिद–बिक्री भएपनि किसानले सिधै खाद्यमा ल्याएर धान बिक्री गरेको राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका रामगोपाल चौधरीले बताए । उनले अघिल्लो वर्षजस्तो यस वर्ष गाउँमा धानको खरिद–बिक्री नभएको बताए ।

खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका प्रमुख भरतराज खनियाले खरिद खुला गरेपछि धान बिक्री गर्ने किसानको चाप बढ्दै गएको बताए । उनले दैनिक २५ जति ट्रयाक्टर र त्यही अनुपातमा लडियामा धान राखेर किसान आउने गरेका बताए । खाद्यले धान खरिदका लागि तोकिएको कोटा पूरा गर्न दुई महिना लाग्ने अनुमान गरेको छ ।

यस वर्ष ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्यले गत वर्ष पहिलो चरणमा २५ हजार र पछि थप १० हजार गरी ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य सरकारबाट पाएकामा ३३ हजार क्विन्टल धान खरिद गरेको थियो । यस वर्ष सरकारले बजार मूल्यभन्दा बढी मूल्य दिएकाले खाद्य संस्थानलाई धान खरिद गर्न सहज भएको प्रमुख खनियाले बताए ।

उनले गत वर्षभन्दा यस वर्ष छिट्टै लक्ष्य पूरा हुने बताउँदै भने, ‘गत वर्ष माघसम्म खरिद गर्नुपरेको थियो, यस वर्ष पुससम्म पूरा हुने अनुमान छ, गत वर्षभन्दा मूल्य बढेको छ नै यस वर्ष बजार मूल्यभन्दा सरकारले बढी मूल्य निर्धारण गरेको छ ।’ दैनिक सरदर ६ देखि ८ क्विन्टल धान तौल गर्न सकेको प्रमुख खनियाको भनाइ छ ।

उनले ४ ठाउँमा तौल गर्ने व्यवस्था मिलाएपनि प्रतिदिन १ ठाउँबाट २५० क्विन्टल मात्र तौल गर्न सकिएको बताए । उनले तौल गर्ने ठाउँ नहुँदा सर्वसाधारण किसानलाई मर्का परेको पनि स्वीकार गरे । मजदूर र तौल गर्ने ठाउँ अभाव भएको उनको भनाइ छ । – काशीराम शर्मा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x