×

NMB BANK
NIC ASIA

उद्यम

परिश्रमी पौड्याल : ८ लाख अलैंचीको बेर्ना तयारसँगै लाखौंको छुर्पी उत्पादन

मंसिर १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत- पछिल्लो समयमा स्नातक, स्नातकोत्तर वा शिक्षित युवा जनशक्ति विदेशिने क्रम बढेको छ । कर्णालीका अधिकांश युवा भारत तथा खाडी मुलुकमा श्रम बिक्री गरिरहेका छन् । काम गर्ने भन्दै हरेक वर्षको ६ महिना भारतका विभिन्न शहरमा ज्याला मजदुरी गर्ने कर्णालकिा युवाको संख्या लाखौं छ ।

Muktinath Bank

तर दैलेखका मोहन पौड्याल स्नातकोत्तर सकेर पनि कृषि पेशामा आबद्ध छन् र सबैको प्रेरणा बन्न पुगेका छन् । उनले अहिले अलैंचीको बेर्ना तयार पार्नुका साथै छुर्पी उत्पादन गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैलेख जिल्लाको भैरवी गाउँपालिका–७ मान्म निवासी मोहन पौड्याल अहिले ३५ वर्षका भए । २०६५ सालमा ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका पौड्याल हालसम्म विभिन्न गैरसरकारी संस्थाको परियोजनामा काम गरिसकेका छन् । उनी अहिले दैलेखकै गुराँस गाउँपालिकाको रोजगार संयोजक पदमा समेत कार्यरत छन् ।


Advertisment
Nabil box
Kumari

उनको गाउँमा ५० घरधुरी छन् । अहिले गाउँका प्राय:ले अलैंचीमार्फत मनग्ये आम्दानी गर्दै आइरहेका छन् । समाजमा कुनै एकजनाको अभियान र अन्यको समर्थनको कारण गाउँ समृद्ध बनेको छ । गाउँमा अहिले कालापहाड अर्थात पैसा कमाउन भारत कोही जाँदैनन् । सम्भावना अनेक बोकेपनि नेतृत्व गर्नेको अभावले गाउँ आयातमुखी थियो तर अहिले निर्यातमुखी बनेको छ ।

Vianet communication
Laxmi Bank

‘२०६२ सालमा पौड्याल स्नातक सकेर स्नातकोत्तरको लागि काठमाडौं गएँ । काठमाडौंमा पढाइ खर्च जुटाउनका लागि र केही नयाँ काम गरौं भनेर सुर्खेतमा रहेको चार लाखको घडेरी बेचेर काठमाडौंमा मोजा फ्याक्ट्री खोल्ने विचार गरेँ । चारवटा मेसिन राखेर काम शुरू गरेँ,' उनी भन्छन्, 'आफूले सोचेजस्तो फाइदा पनि हुन सकेन । देशमा जनआन्दोलन चलिरहेको थियो । चाइनिज मोजाहरूले गर्दा पौड्यालले उत्पादन गरको मोजा सस्तोमा उपलब्ध भएर विस्थापित हनु जाने स्थितिमा पुगेँ र मैले त्यो मासिक तीन हजारमा भाडामा दिएर आफूले स्नातकोत्तर पढ्न थालेँ ।’

विभिन्न सरकारी तथा गैरसरकारी निकायमा काम गरेर अनुभव लिइरहेका पौड्याललाई जागिरको आम्दानीबाट मात्रै जीवन यापन गर्न सजिलो लागेन । ‘दैलेख जिल्ला सदरमुकाममा रहँदा इन्टरनेटको पहुँच सहज भएकाले कृषि सम्बन्धी खोज र विभिन्न नयाँ-नयाँ व्यक्तिहरूको सम्पर्क भयो । त्यसपछि २०७२ सालमा इलामको कृषकसँग भेटेर सल्लाह सझुाव लिएर अलैची नर्सरी करीब डेढ लाखको लगानीमा शुरू गरेँ ।’

सानो लगानीबाट व्यवसाय शुरू गरेका उनले अहिले साढे दुई क्विन्टलभन्दा बढी अलैंची गाउँबाट बिक्री गरिसकेका छन् । उनको नर्सरीमा अहिले करीब आठ लाखभन्दा बढी अलैंचीका बिरुवा तयार छन् ।

 गाउँमा अलैँची उआफूले मात्रै लगाएका छैनन् । गाउकाँ प्राय:को बारीमा अलैंची छन् । भर्खरै मात्र गाउँबाट १५ लाख रुपैयाँ बराबरको बिरुवा निर्यात भइसककेको छ । 

उनले विसं २०७४ सालदेखि सहयात्रा परियोजनामा काम गर्न थाले । त्यसयता उनले केही नगर्ने र किसानले गरेनन् भन्ने धारणा भएकाहरूबाट विकल्प खोज्न शिक्षित युवा लाग्नुपर्ने देखे ।

'जागिर गर्नेबाट पनि केही नमुना काम गरिदिउँ, अरूलाई पनि हौसला हुन्छ भन्ने सोचेर आफ्नै ठाउँबाट विभिन्न कार्य शुरू गर्ने सोच गरेँ,’ उनले सुनाए ।

छुर्पी उत्पादन गर्ने सोचबाट व्यवसाय शुरू गरेका पौड्यालले इलाममा दुई जनालाई यस विषयमा तालिम लिन पठाए । मेसिन खरीद गरे । इलामकै एकजना दक्ष व्यक्तिलाई दुई महिनाको लागि करीब ५० हजार रकम दिएर बोलाए । छुर्पी कसरी बनाउने भन्ने अनुसन्धानकै लागि उनले करीब एक लाख रकम खर्च गरे । छुर्पीको बजार पठाउने ठाउँमा पठाउन नसकेर चार महिनामा झण्डै १२ क्विन्टल गोदाममा थन्किन पुग्यो ।

‘आफ्नो जागिरको तलब बुझेर किसानलाई दूधको पैसा दिन बाध्य भएँ । तलबले पनि किसानलाई दिने दूधको पैसा पुर्‍याउन हम्मेहम्मे हुन थाल्यो । ऋण गरेर पनि किसानलाई भने दूध खरीद गरेको पैसा दिएँ,’ उनी भन्छन्, ‘त्यो छुर्पीलाई स्थानीय बजारमा पनि पुर्‍याउने निधो गरेँ । शुरूमा आफ्नो जागिर सँगसँगै १० किलो छुर्पी लिएर दैलेख सदरमुकामका पसलमा जान थालेँ । पहिले पहिले त्यसबारे बुझाउन र बिक्री गर्न गाह्रो पर्‍यो । दिउँसो जागिर गर्ने र साझँ बिहान छुर्पी बेच्न निस्किन्थें म ।’

 

विस्तारै स्थानीय बजारमा उनको छुर्पी बिक्री हुन थाल्यो । विस्तारै होलसेल पनि बिक्री हुन थाल्यो र विस्तारै सुर्खेत पनि पठाउन थाले उनले । विस्तारै चार महिनामा बेचेर सके । ‘गतवर्ष नै २१ लाख रकम किसानलाई दूधको भुक्तानी दिएँ । अहिले दूधको मात्रा पनि बढाएको छु । नजिकैको गाउबाँट घोडामा दूध खरीद गरेर ल्याउने गरेको छु ।’ तीन जनालाई रोजगार दिएका पौड्यालको उद्योगमा प्रतिदिन ४०० लिटर दूध खपत हुन्छ । उनको उद्योगमा हजार लिटर दूध खपत गर्नसक्ने क्षमता छ । तर पर्याप्त मात्रामा दूध उपलब्ध नहुँदा समस्या छ ।

उद्योगपति भनेर हौसला दिएकै कारण आफू अहिलेको स्थानमा आइपुग्न सकेको उनको बुझाइ छ । ‘सधैंभरी अरूको सामान बेच्नुभन्दा आफूले उत्पादन गरेको सामान बेच्नुमा मलाई गर्व लाग्छ,’ उनी भन्छन्, ‘सरकारले पनि शुरू नै नगरेकालाई अनुदान दिनुभन्दा शुरू गरेकालाई सहयोग गर्नुपर्छ ।'

प्रत्येक घरमा अधिकृत स्तरको कर्मचारी बराबर मासिक ४० हजार कमाइ गरुन् भन्ने आफ्नो चाहना रहेको उनको भनाई थियो ।

त्यसका लागि सरकारले किसानलाई अनुदान देओस् भन्ने चाहन्छन् । उनले विस्तारै गाउँलाई ‘एग्रो टुरिजम’को रूपमा विकास गर्ने सपना देखेका छन् । सबै किसिमका विरुवाको नर्सरी स्थापना गर्ने योजना राखेका छन् । किवी रोपनी गर्ने योजना छ । ‘उत्तीसको मुडाबाट च्याऊ खेतीको विकास गर्ने, बोयर बाख्रा, माछापालन जस्तो व्यवसाय गर्न सकिन्छ,’ उनी भन्छन्, ‘व्यवसायमा चुनौती देखेर भाग्नु हुँदैन । जसले कमाइ गर्छ, उसले उद्योग खोल्नपुर्ने उनको भनाइ छ ।'

गरे के हुन्न र भन्ने मानसिकता बोकेका पौड्याल उदाहरणीय व्यक्ति त हुन् नै प्रशंसायोग्य व्यक्ति पनि हुन् । जिल्ला कृषि विकास कार्यालयबाट पुरस्कृतसमेत भइसकेका पौडेलको एक मात्र लक्ष्य छ, आफू बसेको गाउँलाई कृषि पेशामा अब्बल बनाउने र यहाँका युवालाई बाहिर जान नदिने मात्रै ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x