×

NMB BANK
NIC ASIA

लाहुरेहरूले राजनीति गरे, मलाई ढुक्क बनाए भोट अर्कैलाई हाले – धर्मराज गुरुङ

मंसिर १६, २०७६

NTC
Premier Steels

कास्की क्षेत्र नम्बर २ मा समाजवादी पार्टीबाट उम्मेदवारी दिएका धर्मराज गुरुङले जमानत जोगाउन सकेनन् । समावेशिताको मुद्दालाई प्रमुख एजेण्डा बनाएर अघि बढिरहेको समाजवादी पार्टीले गुरुङ समुदायबाट भूतपूर्व गोर्खा सैनिक धर्मराज गुरुङलाई टिकट दिएको थियो । 

Muktinath Bank

गुरुङले १ हजार ९ सय २२ मत मात्र प्राप्त गरे । गुरुङ भएकै आधारमा उनलाई आफ्नो समूदायले भोट त दिएनन् नै, भूपू सैनिकहरूले पनि उनलाई मत दिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोकान्तरसँग कुरा गर्दै गुरुङले भने, 'तपाईं ढुक्क बस्नुस, भोट तपाईंलाई नै हो भनेर मलाई ढुक्क बनाए । यदि तपाईंलाई विश्वास गर्दैनौं भोट दिन्नौं भनेको भएपनि मलाई खुसी नै हुने थियो । म यता ढुक्क भएर बसें, भोट चाहिँ उनीहरूले अन्तै हाले ।'


Advertisment
Nabil box
Kumari

लामो समय भारतीय सेनामा काम गरेका गुरुङले भूपू गोर्खाहरूको हितमा लामो समय काम गरेको दाबी गरे । 'मैले जानेको कुराले देशलाई केही फरक पार्छु भन्ने थियो, तर भएन,' गुरुङले भने, 'मैले ४ दशकदेखि बाहिर बसेर यहाँ समाजसेवा गरेको हो, मलाई एकपटक चलाउने मौका दिनुपर्ने हो क्यारे । मैले सिस्टम नै बसाल्छु भन्ने कुरा गरेको थिएँ । मतदाताहरूले मेरो कुरा बुझ्नुभएन ।' 

Vianet communication

आफू हार्नुका कारणमध्ये २ वटा उल्लेख्य रहेको गुरुङले लोकान्तरलाई बताए ।

'मैले रिजल्टमा के देखें भन्दा, जनतालाई दुईवटा कुरा पर्‍यो,' 'पहिलो जम्मा दुई वर्षको अवधि हुन्छ, यो सांसद भएर के होला र भन्ने मानसिकता, अर्को चाहिँ मतदाताहरूले सोच बदल्न सकेनन् ।'

लाहुरेहरूले राजनीति नबुझेका हुन् त भन्ने प्रश्नमा गुरुङको जवाफ छ, 'होइन, उहाँहरूले राजनीति बुझ्नुभएको रहेछ । भोट तपाईंलाई नै हो भनेर भन्नुभयो । म सोझो मान्छे, मैले पत्याएर ढुक्क भएर बसें । तर छाप अन्तै हाल्नुभयो । यसलाई त राजनीति खेलेकै भन्नुपर्‍यो नि होइन ?'

गुरुङले आफूले अबको जीवन समाजसेवामा बिताउने बताए ।

'मेरो पूरै परिवार नै समाजसेवामा लागेको छ,' उनले भने, 'राजनीतिमा आएर केही परिवर्तन गर्ने सोच थियो । जनताले मलाई विश्वास गर्न सकेनन् । अब समाजसेवातिर नै लाग्नुपर्ला ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x