×

NMB BANK
NIC ASIA

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं. ४ मा एउटा ठूलो ताल थियो, जसको नामबाट नै गाउँपालिकाको नाम रहन गयो । तर अहिले ताल पूर्ण रूपमा सुकेको छ । ताल सुकेपछि तालको आश्रय लिएर बस्ने चराहरू, पशुपंक्षीहरू पूर्ण रूपमा विस्थापित भएका छन् ।

Muktinath Bank

स्थानीय सरकारले ताललाई पर्यटकीय क्षेत्र बनाउने भनेर ताल वरिपरी डोजर चलाउँदै सडक बनायो । त्यसैको प्रतिफलस्वरूप ताल सुकेको हुनसक्ने स्थानीयको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा अध्यक्ष टेकबहादुर कठायत भन्छन्, ‘पखेटा नभएका चराहरू बस्ने मुख्य वासस्थान थियो, अहिले ति चराहरू कहाँ गए होलान ?’


Advertisment
Nabil box
Kumari

उनका अनुसार उक्त ताल २०७१ सालमा आएको बाढीका कारण केहि पुरिएको हो भने २०५४ साल देखि नै ताल जोखिममा पर्न थालेको हो । उतिबेला तालको बीचमा बराह देवताको स्थापना गरी पूजा गरेका कारण तालमा पानी फेरि भरिएको आफूले देखेको उनले बताए ।

Vianet communication

१६ बिगाहा जमिनमा फैलिएको उक्त तालमा अहिले एक थोपा पनि पानी छैन । तालको क्षेत्रमा बनमारा फैलिएको छ । गौचरनका ताल रुपान्तरण भएको छ । गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले पहिलेको जस्तो तालको अवस्था नरहेको बताए । ‘पहिले हामी आउँदा यहाँको तस्विर नै अलग थियो,' उनले भने, ‘तर अहिले बेताल भएको छ ।’

गाउँपालिकाले तालको संरक्षण गर्न बजेट विनियोजन पनि गरेको थियो । तर बजेट थोरै भएका कारण तालको संरक्षण गर्न हुन सकेन ।

‘तालमा पानी नै राख्न सकिएन, नजिकै भएका मुहानहरू पनि सुकेका छन्,' उनले भने, 'सानो बजेटले तालको संरक्षण गर्न समस्या भएको छ । अब यो तालको संरक्षण गर्न संघ, स्थानीय तह र प्रदेश सरकार मिल्नुको विकल्प छैन ।’

'क्लीन सुर्खेत ग्रीन सुर्खेत'का अभियान्ता डा. नवराज केसी तालमा पानी राख्ने भन्दा पनि यहाँको जंगल बचाउनेतिर ध्यान जानुपर्ने बताउँछन् । ‘तालमा कतैबाट पानी ल्याएर राख्न त सकिएला तर त्यो दीर्घकालीन रूपमा समस्या समाधानको उपाय होइन,' उनले भने, ‘तालको वरिपरि पहिले भएका घाँसहरू, बोट विरुवाहरू रोप्न सकेको खण्डमा आठ दश वर्षपछि पानीको मुहान निस्कने र त्यसले ताल संरक्षणमा टेवा पुग्ने मेरो बुझाइ छ ।’

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्यले सबैले सहकार्य गरेर ताल बचाउने अभियानमा लाग्नुपर्ने बताए । ‘आज हामीले यो तालको अवस्था नजिकबाट हेर्न पाएका छौं,' उनले भने, 'मन्त्रालयबाट ५० लाख जति बजेटको व्यवस्थापन गरेर भएपनि ताल जोगाउन प्रयास गर्नेछौं ।’

प्रदेश सरकारका प्रमुख सचिव केवल प्रसाद भण्डारीले ताललाई पुरानै अवस्थामा ल्याउन आवश्यक तयारी गरिने बताए । ‘जति सकिन्छ ताललाई पुरानो अवस्थामा ल्याउन प्रयास गर्नेछौं,' उनले भने, ‘त्यसका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम बनाई अघि बढछौं ।’

ताल सुकेपश्चात प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका प्रतिनिधिले शनिबार बराह ताल क्षेत्रको अवलोकन गरेका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x