×

NMB BANK
NIC ASIA

चुनाव बहिष्कार गर्दै हिंडेका क्रान्तिकारी माओवादी नेता सीपी भन्छन् - सल्यानमा राणाकालको झल्को

मंसिर १९, २०७६

NTC
Premier Steels

मोहन वैद्य नेतृत्वको नेपाल क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम कर्णाली प्रदेश इन्चार्ज चक्रपाणी शर्मा सिपीले सल्यान जिल्लामा नेपाल प्रहरीले राणाकालको झल्को दिएको बताएका छन् ।

Muktinath Bank

सल्यान जिल्लाको कुमाख गाउँपालिकामा वडा नं. ५ मा उपचुनावको समयमा बहिष्कार गर्ने नीति अनुरुप प्रचार गर्दै हिंडेका बेला मंसिर १० गते जिल्ला प्रहरी कार्यालय सल्यानले शर्मा सहित केन्द्रीय सदस्य दिपक शाही, सल्यान जिल्ला कमिटि सचिव चक्र शाह, जिल्ला कमिटि सदस्य हिरालाल गोसाई लगायतलाई प्रहरीले ७ दिन हिरासतमा राखेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपाको सरकारले संविधानले दिएको अधिकारलाई कुल्चेर राणाकालीन व्यवहार प्रदर्शन गरिरहेको आरोप लगाएका हुन ।


Advertisment
Nabil box
Kumari

‘हामी शान्तिपूर्ण रुपमा आफ्नो प्रचार प्रसार गरिरहेका थियौं,' कर्णाली प्रदेश इन्चार्ज समेत रहेका नेता सिपीले भने, ‘संविधानको मुल मर्म र भावना भन्दा टाढा गइ हामीलाई हिरासतमा राखियो । हामीले शान्तिपूर्ण रुपमा प्रचार प्रसार गर्ने अधिकारबाट वञ्चित गराइयो ।’

Vianet communication

उनले भारतले सीमा मिच्दा भारतीय प्रधानमन्त्रीसँग चुइक्क बोल्न नसक्ने नेकपा सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्नेलाई हिरासत पठाउन सफल भएकोमा खुशी मनाइरहेको आरोप लगाए । उनले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट यो व्यवस्था आएपनि नेकपाले आफ्नो सम्पतीको रुपमा सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाए ।

‘दुईतिहाइ प्राप्त शक्तिशाली सरकारले जनभावना बमोजिम काम गरेको छैन,' उनले भने, 'गाउँमा सिंहदरबार भनिएपनि भ्रष्टाचार बढेको छ । सरकार तस्कर, विचौलिया र माफियाको सहयोगीको रुपमा देखा परेको छ । नयाँ धन्दा सरकारले चलाइरहेको छ ।’

उनले संगठन गर्न पाउने अधिकारलाई प्रहरीको बुट लगाएर नकुल्चन भन्दै सरकारको ध्यानाकर्षण गराए । सरकार प्रहरीको साथ लिएर दमनमा उत्रिएकोमा आक्रोश व्यक्त गर्दै उनले भने, 'हामीलाई सल्यानमा दमन गरियो । अराजनीतिक व्यवहार गरियो । हिजो पञ्चायत ढालियो, राजतन्त्र फालियो । यो सरकार विरुद्ध जनता सडकमा उत्रिएको छ ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x