नेपाली सेनाले भ्रमण वर्षमा विदेशी सेनालाई नेपाल घुमाउने

नेपाली सेना विश्वमा भएका सेनालाई भ्रमण वर्ष २०२० मा नेपाल अवलोकनको लागि ल्याउने भएको छ ।

नेपालसँग दैत्य सम्बन्ध भएका देशका सेना र नेपाली सेनासँग संयुक्त अभ्यास गर्ने तथा नेपाली सेनासँग समन्वय गर्ने देशका सेनलाई भ्रमण वर्ष २०२०मा देश विभिन्न स्थानमा भ्रमण गराउने भएको सोमवार पत्रकार सम्मेलन गर्दै जङ्गी अड्डाले जानकारी गराएको हो ।


Advertisement

नेपालका रहेका प्रसिद्ध ८ स्थानमा भ्रमणसँगै विभिन्न प्रतियोगिताको पनि आयोजना गरेको छ ।

सगरमाथा आरोहण तथा सरसफाई, प्याराग्लाइडिङ, लिगलिग दौड, जंगल सफारी, माउन्टेन ट्रेकिङ, नेपाल म्याराथन, शान्ति सेमिनार, १० किलोमिटरको हाइकिङ र र्‍याफटिङ गराउन लागेको निमित्त निर्देशक महासेनानी सुवास थापाले बताए ।


Advertisement

थापाले भने, नेपालले मनाउन लागेको भिजिट नेपाल २०२० लाई नेपाली सेनाको योगदान रहने भएकाले पर्यटन बोर्डको सहकार्यमा हामीले विदेशी सेनालाई भित्र्याउन लागेका हौं ।'’

सेनाले चितवन राष्ट्रिय निकुन्ज,बर्दिया राष्ट्रिय निकुन्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष र शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा जंगल सवारी गराउने छ ।

यस्तै पोखरा र लमजुङमा प्याराग्याइडिङ हुनेछ भने जोमसोममा एक सय मिटर रक क्लाइम्बिङ, माउन्टेन बाइकिङ लगायतका प्रतियोगिता अयोजना सेनाले गर्न लागेको पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता साहयक रथी विज्ञानदेव शर्माले जानकारी गराए ।

‘नेपाल एकीकरणको महत्त्व रहेको गोरखाको लिगलिग दौडमा पनि विदेशी सेनालाई सहभागी गराउँदैछौं, यसले नेपालको इतिहासको बारेमा विदेशीलाई जानकारी हुने विश्वास लिएका छौं,’ साहयक रथी शर्माले भने ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्