×

NMB BANK
NIC ASIA

माछापुच्छ्रेको आँगन पोखरामा 'साग' खेल्ने विदेशी खेलाडीहरू दंग पर्दै फर्किए

मंसिर २५, २०७६

NTC
Premier Steels

निकै चासो चर्चा बहस र संशयका बीच पोखरामा १३औं सागअन्तर्गतका खेलहरु सम्पन्न भए । धेरैलाई शङ्का थियो पर्याप्त पूर्वाधारबिना कसरी खेल सम्पन्न हुन्छ भन्ने ।

Muktinath Bank

आशा र विश्वास राख्नेहरु खेल हुन्छ भन्नेमा ढुक्क देखिन्थे । यावत कुरा हुनु स्वाभाविक पनि थियो खेल शुरु हुने दिन मङ्सिर १५ गते बिहानसम्म पनि खेल मैदानका कामहरु भइरहेका थिए । खेलको औपचारिक शुभारम्भ मङ्सिर १६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मालगायत प्रदेशमन्त्रीहरु राखेप सदस्य एवं खेलप्रेमीहरुको उपस्थितिमा विभिन्न सांस्कृतिक झाँकी तथा आतसबाजीका साथ भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत फागुनमा शिलान्यास गरिएको पोखरा रङ्गशालाको काम तीन महिनाअघिदेखि मात्रै तीव्रता दिइएको थियो । पोखरामा नौ खेल हुने भनिए पनि प्याराग्लाइडिङमा टोली सङ्ख्या नपुगेका कारण हुन सकेन भने बाँकी आठ खेल सम्पन्न भए । खेलहरु खेलिँदै गए पूर्वाधारको काम पनि हुँदै गए ।


Advertisment
Nabil box
Kumari

समग्रमा पोखरा रङ्गशाला जे जति हुनुपथ्र्यो त्यो नभए पनि आन्तरिक कमीकमजोरीको समीक्षा थाती राखेर भन्नुपर्दा पोखरामा भएका खेलहरु भव्य र सभ्य रुपमा सम्पन्न भए । प्रकृतिले पनि उस्तै साथ दियो । मङ्सिर दोस्रो हप्तादेखि खुलेको माछापुच्छ«ेको दृश्यले अन्य कुरालाई गौण बनाइदियो ।

Vianet communication

रङ्गशालाबाट प्रत्यक्ष माछापुच्छ«ेसँग आँखा ठोक्ँिकदा खेलाडी त्यसै दङ्ग हुन्थे । खेल अभ्यासमा पनि माछापुच्छे«लाई पृष्ठभूमिमा पारेर सेल्फीसँग रमाइरहेका दृश्यले पनि यसलाई पुष्टि गर्दथ्यो । फेवातालमा विदेशी खेलाडीका अनुहार छचल्किरहँदा खेलाडीमा बेग्लै ऊर्जा देखिन्थ्यो ।

यसले पनि पोखराको माहौलमा थप रौनकता ल्याएको थियो । साग सम्पन्न गर्न सामाजिक विकासमन्त्री नरदेवी पुनको संयोजकत्वमा स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति गठन गरिएको थियो । उक्त समिति मातहतमा झण्डै दुई दर्जन विभिन्न विषयगत समितिहरु थिए । पोखरामा आर्चरी (धनुकाण), भारोत्तलन, ह्यान्डबल, महिला क्रिकेट, महिला फुटबल, ट्रायथोलन, विच भलिबल, ब्याटमिन्टनका खेलहरु दर्शकको उल्लेख्य सहभागितामा सम्पन्न भए ।

पोखरामा हुने आठ खेलका लागि ८४२ खेलाडी, प्रशिक्षक, रेफ्री र निर्णायक ४९४ गरी एक हजार ३०० भन्दा बढीको सहभागिता रहेको थियो । साग लक्षित पोखरा रङ्गशालाको फुटबल स्टेडियमका लागिमात्र एक अर्ब २८ करोड लगानी गरिएको थियो । कूल एक अर्ब ४० करोड हाराहारीमा पोखरा रङ्गशाला र अन्य खेलमैदानमा लगानी भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले जानकारी दिए ।

'हामीले साग लक्षित खेलका पूर्वाधारमा तत्काल जोड दिएर खेल सम्पन्न ग¥यौँ अब आगामी २०७७ फागुनमा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकूदका लागि पनि पूर्वाधार निर्माण गरिरहेको छौं,' उनले भने । साग सकिए पनि गुणस्तरीय भौतिक संरचनाका लागि निरन्तर रङ्गशाला अवलोकन गरिरहेको उनले जानकारी दिए ।

भ्रमण वर्ष २०२० को सङ्घारमा पोखरामा भएको सागले पर्यटनलाई समेत विश्व बजारमा पु¥याउन सफल भएको पर्यटन व्यवसायीहरुको भनाइ छ । नेपालबाहेक छ देशका खेलडीको जमघट र उनीहरुले प्रत्यक्ष पोखराको दृश्यवलोकन गरेर फर्कंदा आँखामा पोखराको सुन्दरता बोकेर गएको पर्यटन व्यवसायी एवं साग पोखराका आवास व्यवस्थापन समिति पोखराका संयोजक सूर्य भुजेलले बताए ।

उनले भने, 'पोखराका प्रत्यक्ष अवलोकन गरेर यहाँको वातावरणमा खेलाडी पाहुनाहरु निकै रमाएर फर्कनु भयो । हामीलाई निकै खुशी लागेको छ यसले अन्तर्राष्ट्रिय जगत्मा पोखरालाई थप चिनाउन सहयोग पुग्नेछ ।' भुजेलले पोखरामा खेलाडी, अफिसियल गरेर एक हजार ४ सय ६ जनालाई आवासीय व्यवस्थापन गरेको जानकारी दिए ।

खेलाडी र अफिसियलको सुरक्षा र मिटिङलाई मध्यनजर गरेर पोखराका लेकसाइडमा आवासीय व्यवस्थापन गरिएको थियो भने अन्य पाहुनालाई आफ्नो पायक पर्ने स्थलका होटलमा व्यवस्थापन गरिएको भुजेलले जानकारी दिए । उनका अनुसार सरकारी सेवा सुविधा एवं आंशिक सरकारी र केही निजी खर्चमा समेत खेलका पाहुनाहरु राखिएको थियो ।

उनले साग खेलबाट करिब सात करोडको हाराहारीमा आवासीय व्यवस्थापन भएको बताए । खेल शुरु हुनुभन्दा दुई दिनअघि देखिका खेलाडी पाहुनाको बसाइ बुधबार बिहान ११:३० को समयमा सबैलाई बिदाइ गरिएको थियो । खेलसम्बद्ध खेलाडी एवं पदाधिकारीको पोखरा बसाइ औसतमा आठदेखि ११ दिनसम्म रहेको जानकारी उनले दिए ।

खेल शुरु हुनु एक महिनाअघि देखि नै अभ्यासका लागि केही खेलाडी पोखरामा नै थिए । छोटो समयमा गरिएको तयारीले नेपालको खेल क्षेत्रमा उत्साहजनक रुपमा नतिजा ल्याएसँगै नेपालको पर्यटन र आर्थिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सफल भएको १३औँ साग पोखराका डेपुटी सेफ दि मिशन तेजबहादुर गुरुङले जानकारी दिए ।

त्यसैगरी १३औँ सागअन्तर्गत पोखरामा भएका खेलबाट करिब ३० लाखको टिकट बिक्री भएको पोखरा स्रोतसाधन परिचालन समितिका संयोजक सञ्जीवबहादुर कोइरालाले जानकारी दिए । उनले भने, 'सबै सङ्कलन हँुदैछ हाम्रो प्रारम्भिक अनुमान ३० लाखको टिकट बिक्री भएको गरेका छौँ ।'

पोखराको सुन्दरतालाई आँखामा राखेर निकै उत्साहका साथ फर्कन लागेको बङ्गलादेशका खेल पत्रकार आर्नव वापीले बताए । 'एउटा ठूलो रहर पोखरा घुम्ने र प्याराग्लाडिङ गर्ने थियो, पूरा भयो,' उनले भने । उनले बङ्गलादेशले १३ स्वर्ण, सात रजत र आठ कास्य गरी २८ पदक जितेको भन्दै पोखरा आफ्नो मानसपटलमा सधैँ ऐतिहासिक सम्झनामा रहने पनि बताए ।

पोखरामा सम्पन्न १३औँ सागमा भएको आठ खेलमा १ सय ५० पदकका लागि प्रतिस्पर्धा भएको थियो । जसमा नेपालले चार स्वर्णसहित कूल ३४ पदक जित्न सफल भएको १३औँ साग प्रचारप्रसार कमिटीका पोखरा संयोजक केशव पाठकले जानकारी दिए । भारतले १९ स्वर्ण, छ रजत र तीन कास्य गरी कूल २८ पदक जित्न सफल भयो भने बङ्गलादेश १३ स्वर्ण छ रजत र आठ कास्यका साथ कूल २७ पदक हात पा¥यो ।

त्यसैगरी श्रीलङ्काले छ स्वर्ण २० रजत र १२ कास्य गरी ३८ पदक प्राप्त ग¥यो । पाकिस्तान छ स्वर्ण, दुई रजत र पाँच कास्य जित्दै कूल १३ पदक प्राप्त गर्न सफल भयो त्यसैगरी भूटान पाँच रजत र चार कास्य गरी कूल नौ पदक माल्दिभ्स एक रजत प्राप्त गर्न सफल भएको भएको पाठकले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x