जीपको  ठक्करबाट बालिकाको मृत्यु,  वृद्धा घाइते

बर्दियामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका–१० स्थित बैदीमा भे१च १२१६ नंको जीपले ठक्कर दिँदा सोही गाउँकी ५ वर्षीया बालिका सामना थारूको मृत्यु भएको हो।


Advertisement

जीपको ठक्करबाट गम्भीर घाइते भएकी  राजेन्द्र थारूकी छोरी सामनाको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।   

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर उनी गम्भीर घाइते भएकी छिन् । उनको उपचार मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । 
चालक र जीपलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


Advertisement

कमेन्ट गर्नुहोस्