×

NMB BANK
NIC ASIA

गाउँपालिकाले आवासीय विद्यालय खोलेपछि विपन्न बालबालिकालाई राहत

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जुम्लाको हिमा गाउँपालिकाले शहीद, दलित र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दे आवासीय विद्यालय सञ्चालन गरेको छ । 

Muktinath Bank

सशस्त्र द्वन्द्वका क्रममा दुवै पक्षबाट मारिएका शहीद र विपन्न परिवारका बालबालिकालाई लक्षित गर्दै आवासीय विद्यालय स्थापना गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय सरकार गठन भएलगत्तै विक्रम संवत् २०७५ सालमा गाउँपालिकाको पहलमा आवासीय विद्यालय स्थापना गरिएको हो । विद्यालयमा ५२ बालबालिका अध्ययनरत छन् ।


Advertisment
Nabil box
Kumari

छिमेकी जिल्ला कालिकोटका ४ स्थानीय तहका ८ र जुम्लाका ३ स्थानीय तहका ४४ विपन्न र शहीद परिवारका छोराछोरी आवासीय विद्यालयमा पढिरहेका छन् । कालिकोटको तिलागुफा र खाँडाचक्र नगरपालिका तथा पलाँता र महावु गाउँपालिकाका ८ र जुम्लाका तिला, हिमा र सिञ्जा गाउँपालिकाका ४४ विद्यार्थी आवासीय विद्यालयमा पढिरहेका छन् ।

Vianet communication
Laxmi Bank

शहीद परिवार, अनाथ, विपन्न र अर्काको भरमा पालिएका बालबालिकाको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि आवासीय विद्यालय स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले बताए ।

घरपरिवारबाट राम्रो शिक्षा पाउन नसक्ने बालबालिकालाई लक्षित गरी विद्यालय स्थापना गरिएको उनको भनाइ छ । आवासीय विद्यालयमा अध्ययन गर्न आएका सबै बालबालिकालाई खान, बस्न, स्कूल पोशाकलगायत औषधि उपचारको सबै जिम्मेवारी गाउँपालिकाले लिएको अध्यक्ष शाहीले जानकारी गराए ।

आवासीय विद्यालयमा कक्षा २ सम्म अंग्रेजी माध्यमबाट पढाइहुने गरेको र उच्च शिक्षासम्मको जिम्मेवारी स्थानीय सरकारले लिने बताए । द्वन्द्वका क्रममा अभिभावक गुमाएकासहित तथा विपन्न परिवारका सदस्यलाई आफ्ना सन्ततिलाई शिक्षा दिन गाह्रो हुने भएकाले स्थानीय सरकारले बालबालिकाको जिम्मा लिएको शाहीको भनाइ छ ।

‘देशको शासन व्यवस्थापन परिवर्तन गर्न बन्दुक उठाएर धेरै व्यक्ति शहीद भए,’ शाहीले भने, ‘ती सहितका बालबालिकाले शिक्षा पाउने अधिकार स्थानीय सरकारले सुनिश्चित गर्नुपर्छ ।’

आवासीय विद्यालयले प्रत्येक वर्ष २० देखि २२ नयाँ बालबालिका भर्ना लिने गरेको छ । पहिलो वर्ष २४ बालबालिकालाई भर्ना लिएर पठनपाठन शुरूआत गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

स्थापनाको वर्षमा १० लाख रुपैयाँ, गत आवमा २० लाख रुपैयाँ र चालू आवमा २० लाख रुपैयाँ रकम विद्यालयका लागि विनियोजन गरिएको अध्यक्ष शाहीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x