×

NMB BANK
NIC ASIA

नेकपा राजनीतिक प्रतिवेदन – नेपाली भूभाग समेटेर भारतले नक्सा जारी गर्नु असह्य

मंसिर २९, २०७६

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा भारतले नेपालका भूभाग समेटेर नक्सा जारी गर्नु असह्य भएको उल्लेख गरिएको छ ।

Muktinath Bank

आइतवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतवार अपराह्न बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिवेदनमा हालसालै भारत सरकारले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्र, लिपूलेक र सिमा नदी महाकालीको महान लिम्पियाधुरालाई समेत आफ्नो भू-भागमा राखेको कुरामा नेपालका सबै राजनीतिक दल, नेपाल सरकार, बौद्धिक र विज्ञ समुदाय र सिंगो नेपाली समाजलाई असैह्य भएको उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘हाम्रो पार्टी, सरकार र आम नेपाली जनताले तत्काल राजनैतिक र कुटनैतिक सम्बाद मार्फत भारत सरकारसँग नक्सा सच्याउन, नेपाली भूमीबाट भारतीय सेना हटाउन नेपालको भूमि फिर्ता लिन पहल शुरू गरिसकेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो पार्टी र सरकारले सुगौली सन्धी अनुसार लिम्पियाधुरा मुहान भएको महाकाली नदी पूर्व नेपाल र पश्चिम भारत रहेको तथ्य स्पष्ट गरिसकेको छ ।’

Vianet communication

प्रतिवेदनले अन्तर्राष्ट्रिय परिस्थितिका उपरोक्त संकेतहरूले नेपालका अगाडि रहेका अवसर र चुनौतिहरूलाई देखाएका भन्दै राष्ट्रिय एकता एवम् परिपक्व राजनैतिक र कुटनैतिक पहलका आधारमा चुनौतिको समाना गर्न र अवसरहरूको सदुपयोग गर्नु नेपालको राष्ट्रिय जिम्मेवारी रहेको बताएको छ । 

यद्यपि सीमा विवादका सन्दर्भमा सरकारले आवश्यक कूटनीतिक र अन्य पहल गरिसकेकाले नेकपाको प्रतिवेदनमा यही विषय उल्लेख हुनु ठीक नभएको केही स्थायी कमिटी सदस्यले चर्चा गरेका थिए ।

‘सरकारले पहल गर्नुपर्ने विषयमा पार्टी बोलिरहनुपर्छ जस्तो लाग्दैन,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘महाकाली नदीबाट पूर्वका नेपालका भूभागहरू समेटेर भारतले नक्सा जारी गर्नु ठीक नभएको सर्वदलीय सहमति पनि भइसकेको छ । यस्तो अवस्थामा यो विषयलाई राजनीतिक प्रतिवेदनमा उल्लेख नगरेको भएपनि हुने थियो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x