मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेता, ठेकेदार र कर्मचारीतन्त्रबीचको लगनगाँठो जब्बर बनिसकेको टिप्पणी गरेका छन् ।
गोरखाको दरौंदीमा नदीजन्य पदार्थको मनपरी दोहन तथा त्यही निर्माणाधीन सडकको बेहाल रहेको प्रसंग उद्धृत गर्दै बाबुरामले सोही क्षेत्रको जनप्रतिनिधि समेत रहेको आफूले केही गर्न सकेको टिप्पणी गरेका छन् ।
बाबुरामले नदी दोहनको तस्वीर समेत राख्दै ती तस्वीरमा देखिने बालुवा/गिट्टीको पहाड सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट ठेकेदारको भएको उल्लेख गरेका छन् ।
हेर्नुहोस्, यस्तो छ बाबुरामको स्टाटस :
गोरखाको दरौँदी फाँटमा एकातिर नदीजन्य पदार्थको मनपरी दोहनको यस्तो भद्दा रूप प्रस्ट देखिन्छ भने अर्कोतिर १२ वर्षदेखि निर्माणाधीन १२ किलोबाट दरौंदी किनार हुँदै बारपाकसम्म पुग्ने सडकको बेहाल हेरिनसक्नु छ !
राजनीतिक नेता-ठेकेदार-कर्मचारीतन्त्रको लगनगाँठो यति जब्बर छ कि त्यस क्षेत्रको प्रतिनिधिसभा सदस्य रहेको र भूपू प्रम भैटोपलेको म बबुरोको महिनौंदेखिको चिच्याहट अरण्यरोदन बनिरहेको छ !
(स्मरण रहोस्, पहिलो फोटोमा देखिने बालुवा/गिट्टीको पहाड प्रमुख प्रतिपक्षी पार्टीनिकट ठेकेदारको हो भने दोस्रो फोटोमा देखिने बालुवा/गिट्टिको पहाड सत्ताधारी पार्टी निकट ठेकेदारको हो !)
अब के गर्नुपर्ला ? स्थानीय सरोकारवाला जनसमुदाय र सबै नागरिकहरूको सुझावको अपेक्षा गर्दछु !
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...